केहो थाइराइड रोग ?

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५       | 239 Views   ||

थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौं कोष मिलेर बनेको हुन्छ । ती कोषको बिकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोन विना बाँच्न नै असम्भव हुन्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ ।
शरीरमा आवश्यक भन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर) कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो ।
मानिसका लागि अत्यावश्यक थाइराइड हर्मोनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ ।
जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउँन थाल्छ, तब समस्या देखिन थाल्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपर थाइरोइडिजम भनिन्छ । त्यस्तै, कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम हो ।

थाइराइडलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरीु भनिन्छ । पिट्युटरीको नियन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोनु (टिएसएच) का कारण थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ ।

शरीरलाई आवश्यक परेमा ‘टिएसएचुका साथै ‘टि–थ्री’ र ‘टि–फोर’ बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा ‘नेगेटिभ फिड ब्याकु पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जस अनुसार पिट्युटरीले ‘टिएसएचुकम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि–थ्री’ र ‘टि–फोर’ कम उत्पादन गर्छ ।
थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ ।

पुरुषको तुलनामा महिलालाई ‘हाइपर थाइरोडिथजमुवा ‘हाइपोथाइरोडिजमु हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुबैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।
थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको बिशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढि हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउछिन,त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ ।
हाइपर थाइराइडिजमले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ, जसका कारण उपचारमा समस्या आउन सक्छ ।
लक्षण
ड्ड तपाईंले खाने खाना र खानाको प्रकार एकै भएमा अकस्मात शरीरको तौल बढ्ने हुन्छ ।
ड्ड मुटु धेरै धड्किने, एक मिनेटमा एक सय भन्दा धेरैपटक धड्किने, असामान्य मुटुको धड्कन ।
ड्ड नर्भस हुने, तनाव लिने र झर्किने ।
ड्ड हात र औँलामा समय,समयमा कम्पन हुने ।
ड्ड पसिना आउने ।
ड्ड महिलामा महिनावारी समयमा परिवर्तन ।
ड्ड तातो कुरा प्रति बढी संवेदनशील ।
ड्ड थाइराइड ग्रन्थी सुनिने ।
ड्ड थकित हुने र मांशपेशी कमजोर हुने ।
ड्ड निदाउन गाह्रो हुने ।
छाला पातलिने ।

कारण
टक्सिक एडेनोमास ः थाइराइड ग्रन्थीमा गाँठा बन्छन र थाइराइड हर्मोनलाई प्रभाव पार्न सक्छ । यसले शरीरको केमिकल सन्तुलनलाई बिगार्न थाल्छ । केही भागमा यस्ता धेरै गाँठा हुन्छन् ।
सब एक्युट थाइरोइडाइटिस ः
थाइराइडमा हुने जलनले ग्रन्र्थीबाट धेरै हर्मोन चुहावट हुन थाल्छ, जसले अस्थायी रूपमा हाइपर थाइरोइडिजम सिर्जना गर्न सक्छ । सामान्यतः यो केही हप्तामा समाप्त हुन सक्छ तर कहिलेकाही महिनौंसम्म पनि भइरहन सक्छ । पिट्युटरी ग्रन्थीमा समस्या वा थाइराइडमा क्यान्सर ः कमै मात्रामा भए पनि हाइपरथाइरोइडिजम यी कारणले पनि हुन सक्छ ।
हाम्रो शरीरमा ऊर्जा उत्पादनका लागि केही मात्रामा थाइराइड हर्मोन चाहिन्छ । हर्मोन उत्पादनमा कमी हुना साथ शक्तिको मात्रा कम हुन्छ ।

हाइपोथाइरोइडिजम हुनुको कारण ः

हासिमोतोको थाइरोइडिटिस ः रोग प्रतिरोधात्मक क्षमता तलमाथि हुँदा शरीरले थाइराइड तन्तुलाई आक्रमण गर्छ । बिस्तारै तन्तु मर्छ र हर्मोन उत्पादन रोकिन्छ ।

थाइराइड ग्रन्थी हटाउने ः थाइराइड ग्रन्थी शल्यक्रिया गरेर हटाइएको वा केमिकल प्रयोग गरेर नष्ट गरिएको हुन सक्छ ।
आयोडाइडमा अत्यधिक असर पर्नु ः रुघाखोकी र साइनसका औषधी, मुटुको औषधी लगायतले हाम्रो
शरीरमा हुने आयोडिनमा अत्यधिक मात्रामा असर पारेको हुनसक्छ । विगतमा पनि थाइराइडको समस्या भएमा हाइपोथाइरोइडिज्मको जोखिम बढ्छ ।
लामो समयसम्म उपचार नगरे हाइपोथाइरोइडिजमले कोमामा लैजान सक्छ, जसले निकै घातक अबस्थामा पु¥याउन सक्छ, जसका लागि तत्काल हर्मोन सन्तुलन गर्नुपर्ने हुन्छ । जीवनको प्रारम्भिक उमेरमा थाइराइड हर्मोनको कमिले मानसिक रुपमा अवरोध र शारीरिक रुपमा पुड्को बनाउन सक्छ ।

त्यसैले अचेल धेरै बालबालिकाको थाइराइडको मात्रा उनीहरु जन्मनासाथ जाँच गरिन्छ । यदि उनीहरुमा हाइपोथाइरोइडिज्म भएमा, उपचार तत्काल शुरु हुन्छ । वयस्कमा जस्तै बालबालिकामा पनि हाइपोथाइरोइडिजम पिट्युटरी ग्रन्थीमा समस्या भएमा थाइराइडग्रन्थीले काम नगरेमा वा ग्रन्थीनै नभएमा देखिन सक्छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *