दाङमा तोरी ‘सुपर जोन’ कार्यक्रम

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५       | 130 Views   ||

दाङ, सरकारले थालनी गरेको कृषि आधुनिकरण परियोजना अन्र्तगत तोरी सुपर जोन पश्चिम दाङमा शुरु हुने भएको छ । दाङलाई खाने तेलका लागि आत्मनिर्भर बनाउन तोरी सुपर जोन कार्यक्रम पश्चिम दाङमा संचालन गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
आगामी आर्थिक बर्ष २०७५÷७६ देखि लागू हुने गरी पश्चिम दाङको शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा तोरीसुपर जोन कार्यक्रम शुरु गर्ने कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन काठमाण्डौ र जिल्ला कृषि विकास कार्यालय दाङले सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हुन् । पश्चिम दाङ तोरी उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको भन्दै तोरी सुपर जोन कार्यक्रम सफल हुने उनीहरुले बताएका थिए । उक्त परियोजना संचालनसँगै अन्न भण्डारण, एकीकृत मूल्य निर्धारण गरिनुपर्ने किसानले माग गरेका थिए ।
पश्चिम दाङ तोरी उत्पादनको प्रचुर सम्भावना भएको बताउँदै सुपर
जोनसँगै अन्नभण्डारण व्यवस्थापन नभए किसानले त्यसको फाइदा लिन नसक्ने शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । सुपर जोन कार्यक्रमले प्रशोधित उपकरण, मूल्य निर्धारण, बजारीकरणको व्यवस्थापनका लागि उपयुक्त कार्य गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुगमन योजना अधिकृत तथा जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दिपककुमार शर्माले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीको अध्यक्षता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *