दिपक बोहरा, तुलसीपर÷ केही समय पहिले कक्षा कोठाको अगाडि सबै बिद्यार्थीले देखिने गरी बोर्ड राखिएको हुन्थ्यो, तर अहिले कक्षा कोठाको अगाडि डेसटप हुन्छ । कक्षा कोठामा अब शिक्षकले भट्टयाइरहन पर्दैन्, भिडियोको माध्यामबाट पढाउन सकिन्छ । बिज्ञान र प्रबिधिको बिकाससँगै दाङका केही सामुदायिक विद्यालय प्रविधि मैत्री भएकाछन् । पछिल्लो समय सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कदैं गएको भन्दै शैक्षिक गुणस्तर बढाउन दाङका केही सामुदायिक विद्यालयले मल्टीमिडियाको माध्यामबाट पठनपाठन शुरु गरेकाछन् ।
दाङका २० भन्दा बढी सामुदायिक बिद्यालयले मल्टिमिडियाको माध्यामबाट पठनपाठन गराइरहेको दाङका शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख रमेश मैनालीले बताए । ‘पछिल्लो समय दाङका सामुदायिक बिद्यालयले पनि मल्टिमिडियाको माध्यामबाट पठनपाठन शुरु गरेकाछन्’ उनले भने(‘ अहिले सम्म २० भन्दा बढी सामुदायिक बिदालयले कम्प्युटरको माध्यामबाट पठनपाठन गराइरहेकाछन् ।’ सामुदायिक बिद्यालयको शैक्षिक सुधार तथा विद्यार्थीको आर्कषण बढाउन यो पद्धतिले मद्धत पु¥याउने उनले बताए ।
शिक्षकले पढाउने तर बिद्यार्थीले नबुझ्ने समस्याले गर्दा पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको भन्दै प्रविधिको प्रयोगले शैक्षिक गुणस्तर बृद्धि हुने दाङका शिक्षा इकाई प्रमुख मैनालीले बताए ।‘शिक्षकले पढाएको नबुझ्ने र सोध्न पनि डराउने विद्यार्थीहरु थुप्रै छन,यसले गर्दा विद्यार्थीको सिकाई उपलब्धी बढ्न सकेको थिएन । मैनाली भन्छन(‘मल्टीमिडियाको प्रयोग गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीहरुले पुनः हेर्न सक्छन, यसले उनीहरुको शैक्षिक गुणस्तरमा बृद्धि हुन्छ ।’ मल्टिमिडियाबाट पढाउन थालेपछि विद्यार्थीहरुको आकर्षण पनि बढ्ने भएकाले पढाई प्रभावकारी हुने मैनालीको भनाई छ ।
बिद्यार्थीलाई बिज्ञले तयार पारेका सामाग्रीबाट मनोरञ्जन सहित पठन पाठन गराउने हुँदा बिद्यार्थीको ध्यानाकर्षण हुने र बुझ्न पनि सहज हुने मैनालीको भनाइ रहेको छ । मल्टीमिडियाको माध्यामबाट विद्यार्थीहरुले नबुझेपछि जति पटक पनि हेर्न सकिने र समयको पनि सदुपयोग हुने मैनालीको भनाई छ ।अहिले तुलसीपुरको ज्ञानज्योति प्राबि,घोराहीको मावि रझेना, सुप्रभाव मावि, वालविकास मावि लगायत २० भन्दा बढि सामूदायिक बिद्यालयले मल्टीमिडियाको माध्यामबाट पठनपाठन गराइरहेकाछन् । मल्टीमिडियाको माध्यामबाट पढाई हुने विद्यालयमा कम्प्युटर, आइसिटी,इन्टरनेट, भर्चिअल क्लास,ई( लाइब्रेरी सञ्चालनमा ल्याएका छन् ।