किन बदलिराख्छ हाम्रो राष्ट्रियताको रङ ?

  
  प्रकाशित मितिः बिहिबार, जेष्ठ ३, २०७५       | 226 Views   ||

विशेषगरी नेपाल र भारत बीचको प्रसङ्ग उठ्दा राष्ट्रियताको सवाल जोड्ले उठ्ने गर्छ । चाहे नेपालका प्रधानमन्त्री भारत भ्रमण जाँदा होस वा भारतका प्रधानमन्त्री नेपाल आउँदा होस् । जनताको मनमा यहि राष्ट्रियताको सवालमा चिसो परिराख्छ । जनताको चासो आपसी हितका कुरामा भन्दा बढि राष्ट्रियता माथि आँच पुग्ने कुनै गतिविधि भए कि भएनन भन्नेमा जाने गरेको छ । भारतको विगतको असमान सुगौली सन्धिदेखि २ बर्ष अघिको नाकाबन्दी र देशको हित विपरित पटक–पटक भारतपरस्त सम्झौता गदैं आएका शासक वर्गको चरित्रका कारण जनताको चिन्ता र आशंका मिथ्या भन्दा बढि तथ्य र बस्तुपरक छ । फेरि सत्तासिन शासकहरुले आफू अनुकूल फेरिराख्ने राष्ट्रियताको परिभाषा र व्याख्याका कारण पनि यो विषय बढि संवेदनसिल र गम्भिर बन्ने गर्छ ।
केही दिन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गरेर फर्किए । नेपालको संविधान बारे असन्तुष्टि राखि २ बर्ष अघि उनले लगाएको नाकाबन्दीको पीडा यहाँका जनताले भुलेका छैनन् तर सरकारले भने उनीलाई नागरिक अभिनन्दन गरेर ठुलो सम्मान ग¥यो । राष्ट्रियताको सवालमा ठुलो अडान लिएर वाह, वाही कमाएर पार्टी समेत ठुलो बनाएर अहिले शतिmशाली प्रधानमन्त्रीमा दरिएका केपी वली समेत सम्बन्ध सुध्रिएको भनेर लथ्रकिएका देखिन्छन् । सरकारले सम्बन्ध सुध्रारिसक्यो तर जनताकोस्तरमा सम्बन्ध सुध्रिएको छैन् । अनि कसरी जनताको प्रतिनिधित्व र भावनाको कदर गरेको हुन्छ त सरकारले ? यस्तै दुरी बढ्नाले नै जनता र सरकारको सम्बन्ध टाढा बन्दै जाने गर्छ । शासन चलाउने हाम्रा नेता गणहरुको मानसिकतानै परमुखी हुँदा परकाले त झन च्याप्ने नै भए । परस्परिक हितका आधारमा नेपालले आर्थिक साहायताको अपेक्षा राख्नु वा माग्नुलाई अन्यथा मानिदैन तर अधिकार दिलाइदिने कुराको हार, गुहार मागेर लम्पसारवाद पर्नु भनेको हस्तक्षेपलाई आमन्त्रण गर्नु नै हो । जनकपुरमा मोदीलाई सम्मान गर्दा २ नं. प्रदेशका मुख्यमन्त्रीले जे अभिव्यतिmको गुहार मागे त्यो राष्ट्र र जनताको स्वाभिमान र सार्वभौमिकता विपरित छ । बाहिरबाट आउने विदेशीराष्ट्रका प्रमुखलाई राम्रो आतिथ्यता प्रदान गर्नु सरकारको दायित्व हो । तर मोदीले उतैबाट सेना ल्याएर यहाँ हर्कत देखाउनु र कार्यक्रमहरुमा भारतीय मिडियालाई प्रवेश गराएर नेपाली मिडियालाई रोक लगाउनु र सरकारले मौनता दर्शाउनु शोभनिय कुरा होइन । सरकारले मोदीको यो भ्रमणबाट असमझदारी हटेको भनेपनि त्यो असमझदारी नेपाल र भारतका बीचमा भन्दा प्रधानमन्त्री ओली र मोदी बीचमा मात्रै हटे्को देखिन्छ ।
प्रधानमन्त्री फेरिदा होस वा नफेरिदा सरकारमा रहदा होस वा नरहदा राष्ट्रियता र स्वाभिमानको कुरा र अडान एउटै हुनुपर्छ । सतmामा रहदा एउटा नरहदा अर्को परिभाषा लगाएर राष्ट्रियताको रङ बदल्लिराख्नु हुँदैन । सतmाको बागडोर सम्माल्नेहरुले बाहिर रहँदा जनताको भावनाको ब्याकमेलिङ गरेर महान राष्टूवादीको पगरी गुथ्ने तर सरकारमा पुगे राष्ट्रियताको सम्बन्ध सुध्रिएको परिभाषा लगाउने कुराले नै देश भारतीय पक्षबाट थिचोमीचोमा पदंै आइरहेको यथार्थलाई आत्मसाथ गरौं र पहिला आफूनै बलियो बन्ने दिशामा लागौं । संघीय सरकारले अन्र्तराष्टिूय कूटनीति सम्बन्धलाई प्रष्ट पादैं प्रदेश सरकारलाई सोहि अनुरुप निर्देशित गर्न सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *