प्रतिस्प्रर्धामा दंगाली जुत्ता

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५       | 156 Views   ||

सन्तोष अधिकारी
घोराही, दाङमा उत्पादन भइरहेका छालाका जुत्ताको माग धेरै रहेको जुत्ता उत्पादक व्यवसायीहरु बताउँछन् । विदेशी तथा फेन्सी जुत्तासँग दाङमा उत्पादन हुँदै आइरहेका जुत्ताले प्रतिष्प्रधा गर्न सकेकोमा आफूहरु सन्तुष्ट रहेकोे उनीहरु बताउँछन् । स्कूल तथा पार्टीमा लगाइने छाला जुत्ताको माग पछिल्लो समय बढ्दै गइरहेको उनीहरुको भनाई छ ।

बिगत दश बर्षदेखि घोराहीमा छाला जुत्ताको उत्पादन तथा बिक्री गर्दै आइरहेको सेभेनस्टार शुसेन्टरमा उत्पादित जुत्ताको माग बजारमा बढिरहेको सन्चालक शोमराज रैदासले बताए । बिगतमा प्रतिस्प्रर्धा गर्न कठिनाई भएको भएपनि अहिले यहिबाट उत्पादित जुत्ताको माग बढ्दै गएकाले व्यापार सजिलो बन्दै गएको रैदाशले बताए । पहिला बजारका फेन्सी पसलहरुले हामीले उत्पादन गरेका जुत्तापनि काठमाण्डौबाट ल्याउने गरेकोमा अहिले दाङमै खरीद गर्ने गरेको रैदासले बताए ।

अहिले उनको जुत्ता कारखानामा २० जना कालीगढहरुले काम गरिरहेकाछन् । ४ जना महिला तथा १६ जना पुरुष कालीगढले काम गरिरहेको रैदासले बताए । २० जना मध्ये केही कामदार मासिक तलवमा र केही कामदार ठेक्कामा राखिएकाछन् ।
जुत्ता प्रतिजोर १ सय ४० देखि २ सय रुपैयाँसम्म कालिगढले लिने गरेको रैदासको भनाई छ । रैदासको जुत्ता कारखानाबाट दैनिक ५० देखि ८० जोर जुत्ता उत्पादन भइरहेको छ भने दाङ लगायत रुकुम, सल्यान, बाँके र बर्दियासम्मको बजारमा बिक्री भइरहेको छ । ४ सय ५० रुपैयाँ देखि ११ सय ५० रुपैयाँ होलसेल दरमा जुता बिक्री
भइरहेको रैदास बताउँछन् । जुत्ता बनाउने मेटेरियल काठमाण्डौ, विरगञ्ज तथा भारतबाट ल्याउने गरेको रैदास बताउछन् । रैदासले दाङमा काँचो छाला खरीदको काम पनि गरिरहेकाछन् ।
घोराहीमै जुत्ता उत्पादन गरिरहेको एवन प्रोड्क्सन प्रालिले पनि छाला जुत्ताको माग अत्याधिक रहेको बताएको छ । बिगत ४ वर्षदेखि दाङमा जुत्ता उत्पादन गरिरहेको प्रालिले अहिले दाङका सबै बजार तथा सल्यान रुकुम तथा बर्दियासम्म बजार विस्तार गरिसकेको जनाएको छ । दाङमा दक्ष कालीगढ भएपनि धादिङका ३ जना कामदारहरुबाट दैनिक ३० देखि ४० जोरजुत्ता उत्पादन गरिरहेको सञ्चालक खुसलराम डिसीले बताए ।बाहिर जिल्लाका ३ जना कामदारका साथै जिल्लाकै अरु ३ जना कामदारहरुले रोजगारी पाइरहेको उनको भनाई छ । दक्षिण कोरियामा ७ बर्ष बसेर फर्किएका दीर्घराज भारती र खुसलराम डिसीले कारखाना सञ्चालनमा ल्याएको बताउँछन् ।

दिर्घराज भारतीले दक्षिण कोरियामा रहँदा छाला सम्बन्धि काम गरेको अनुभवमा उनीहरुले कारखाना सञ्चालनमा ल्याएको बताए । मेटेरियल धेरै जसो काठमाण्डौबाट ल्याइएपनि केही सामान बुटवल तथा भैरहबाट पनि ल्याउने गरेको उनको भनाई छ । काठमाण्डौमा जस्तो जुत्ताको नयाँ डिजाइन गर्ने डिजाइनरको कमी भएपनि जुत्ता बनाउने कालीगढको भने कमी नरहेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *