पढाई खर्चको जोहो काफल

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५       | 219 Views   ||

दाङ,  रोल्पा रुम्टीगढी गाउँपालिका ३ का धनसरी पुरीको हातमा काफल भरिएको डालो छ । काफलको बुटामुनि बसेकी धनसरी काफल बटुल्नमा व्यस्त थिइन् । धनसरीसँगै उनका साथी पनि बुटामा काफल टिप्दैं थिए । काफल पाकेपछि पढाई खर्चको जोहो गर्न आजभोलि रोल्पाका अधिकांश वालवालिकाले काफल बेच्ने गरेकाछन् ।

रोल्पा जुर माविमा कक्षा ७ मा अध्ययन धनसरीले काफल बेचेरै पढाई खर्च जुटाउदंै आएकिछिन् । पढाई छाडेर काफल टिपेर बेच्नु आफ्नो बाध्यता भएको उनले धनसरीले वताइन् । ‘प्रत्येक बर्ष काफल बेचेर कापीकलम र विद्यालय पोशाकको जोहो गर्दै आएको छु’ धनसरीले भनिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा बा,आमालाई पढाई खर्च जुटाउन समस्या भएपछि आफै काफल टिप्न हिडे्को उनको भनाई छ ।

पहिले रहरै,रहरमा काफल टिप्न हिडे,आज आएर बाध्यतानै बन्यो धनसरीले भनिन्  । टिपेको काफल ल्याएर रोल्पाको सुर्पाल र होलेरी बजारमा बेच्दै आइरहेको धनसरीले बताइन् ।
धनसरीसँगै काफल टिप्न हिडे्की माया घर्तीले पढाई खर्चसँगै घरको नुन,तेलको जोहो समेत गर्दै आएको बताउँछिन् । सिजनमा काफल बेचेर २० देखि ३० हजारसम्म आम्दानी गरेको बताउने माया घर्तीले बर्षदिनको पढाई खर्च त्यसबाटै टार्ने गरेको बताइन् ।

आमा, बाको पढाउन सक्ने अवस्था नभएपछि आफू काफल बेचेर गुजारा चलाउँदंै आएको मायाको भनाई छ । गरिवीका कारण पढाई छाडेर भएपनि बर्षभरीको पढाई खर्च जुटाउनु आफनो बाध्यता भएको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *