नेकपाको केन्द्रिय समितिमा दाङबाट १५ जना

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ८, २०७५       | 345 Views   ||

घोराही । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा दाङबाट १५ जना परेका छन् ।
कुल ४ सय ४१ केन्द्रिय समितिमा दाङबाट मात्रै १५ जना परेका हुन् । यी मध्ये दुई जना स्थायी समितिमा परेका छन् । दाङबाट युवराज ज्ञवाली र शंकर पोखरेल स्थायी समितिमा परेका छन् ।

केन्द्रिय समितिमा तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’, जगप्रसाद शर्मा ‘अपार’, रेखा शर्मा, जीवन गौतम, निर्मल आचार्य ‘विमल’, हेमराज शर्मा ‘डायमण्ड’, इन्द्रजीत थारु ‘व्राइन’, नारायणी शर्मा ‘प्रतिक्षा’ र दामा शर्मा परेका छन् ।

तत्कालिन नेकपा एमालेको तर्फबाट दुई जना स्थायी समिति बाँहेक मेटमणि चौधरी, भागवत विश्वासी, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रिय समितिमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *