ऐतिहासिक कम्युनिष्ट एकता

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 213 Views   ||

चुनावी सहकार्यसँगै जोडिएका माओवादी र एमाले अन्ततः एउटै पार्टीमा विलय भएर बलियो कम्युनिष्ट पार्टीको रुपमा उदाएकाछन्। एकताको नेपाली समाजमा दुरगामी महत्व राख्ने यो एकता असाधारण छ र यसले नेपालको राजनीति,अर्थतन्त्र र संस्कृतिमा प्रभाव नयाँ प्रभाव राख्ने छरु।

अनेकन टुटफूट र विभाजनको पर्या बन्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन यहाँ आएर इतिहास बदलेको छ र एकीकृत भएर जनतालाई खुसी र सुखद सन्देश दिन सफल भएको छरु। यो एकता निर्माण गरेर सबैमा खुसी भर्न सफल सारथीहरु इतिहासमा धन्यवादको पात्र बनिराख्नेछन्रु। स्थायित्व र स्थिरताका लागि दुईतिहाई बहुमत कम्युनिष्ट पार्टीको सरकार भएपछि अब विकास र समृद्धि हुन्छ भनेर जनता विश्वस्त हुने आधार बनेको छरु।

दुई फरक धारको स्कूलिङबाट आएका एमाले र माओवादी बीचको पार्टी एकता एउटा ऐतिहासिक कोशेंढुङ्गा त हो नै कम्युनिष्ट धु्रविकरणको उत्कर्षका रुपमा पनि यसलाई लिन सकिन्छरु। किनकि २ धारका ठुला कम्युनिष्ट पार्टीहरु मिल्नु भनेको साना कम्युनिष्ट पार्टीहरु पनि अन्ततः मुलप्रभाहमा आउँनु होरु। यो पार्टी एकताको तरङ्ग देशमा मात्र नभई विदेशमा समेत परेको छरु। एकीकृत बनेको नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै शतिशाली कम्युनिष्ट पार्टी बनेर उदाउनु भनेको संसारभरका कम्युनिष्टहरुमा आशा भर्नु होरु। तर त्यो आशालाई विश्वासमा परिणत गर्नुपर्ने कुरा चाहि अबको महत्वपूर्ण पक्ष र पाटो हो।

अबको नेकपाको चुनौती भनेको नै पार्टीपंतिmलाई विधि,सिस्टमको तरिकाले सही व्यवस्थापन गर्नु र विकास र समृद्धि मार्फत समाजवादको बाटो तय गर्नु होरु। यसका लागि जनताको चाहना मुताविक निर्धक्क भएर काम गर्नुको अर्को विकल्प छैनरु। विकृतिको भासमा जकडिएको नेपाली समाजलाई माथि उकासेर सुशासन सहित जनताको दैनिकीमा परिर्वतन ल्याउने कुराले मात्रै नेकपाको भविष्य झाङ्गिन्छ नत्र ५ बर्षमा मात्र सिमित रहन्छ भन्ने कुरालाई हेक्का राखेर अघि बढ्न जरुरी छरु। स्थानीयदेखि केन्द्रीय सरकारसम्मको नेतृत्व गरिराखेको अत्यधिक जनसर्मथन पार्टी नेकपाले आर्जन गरेको शति,सामथ्र्य र उर्जालाई जनताकै सेवामा लगाउन आवश्यक छ र सोहि अनुरुप पार्टीलाई जनताको सच्चा कम्युनिष्ट पार्टी बनाउनमा बढि मेहनत लगाउनुपर्ने आवश्यकता रहेको छ।

छद्म रुपमा रहेका दलाल नोकरशाही र गरिव,सर्वहाराको पंति एउटै झण्डामा बसिराख्न सक्दैनन्। नयाँ एकीकृत पार्टीलाई गतिसिल र क्रान्तिकारी बनाइराख्ने कुराले नै जनता र जनता वर्गको कार्यकर्ताको प्रतिनिधित्व हुन सक्छरु। र एकता प्राकृतिक रुपले बलियो हुँदै जान्छ।

पार्टी एकता भन्दा अघि २ नेतृत्वका बीच कति सहमति भएकाछन ? ती,त कार्यान्वयनमा आउँलान नैरु। तर २ अध्यक्ष रहेको यो विशाल कम्युनिष्ट पार्टीमा सरकार र पार्टीलाई बलियोसँग हाँक्ने गरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने हुन्छरु। अहिलेको जनमतलाई हेरेर भन्दा धेरैपछि सम्मपनि यसलाई विशाल बनाइराख्न सरकारबाट सेवाप्रदायक काम गर्ने र पार्टीलाई विधि र पद्धति सम्मत तरिकाले चलाउने र चल्ने कुराले मात्र यसको भविष्य दुरसम्म सुरक्षित र उज्यालो हुने छ, नत्र केही भन्न सकिने अबस्था हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *