सतिसाल झैं ठिङ्ग उभिएका,यी २ क्रान्तिकारी आर्दश

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 4872 Views   ||

अजयदीप शर्मा
कम्युनिष्ट कितावका पाना पल्टाउनेले नेत्रलाल अभागी र कृष्ण सेन, इच्छुकको नाम कहि न कहि भेट्टाउने गर्छ । राजनीतिमा होस वा पत्रकारितामा, शैक्षिक क्षेत्रमा होस वा साहित्य सिर्जनामा जो कोही कम्युनिष्ट सदस्य कृष्ण सेन र नेत्रलालको निष्ठा र आर्दशबाट प्रभावित नरहि सक्दैन् । सेन र अभागी सेन र अभागी फरक उमेर र फरक पारिवारिक संस्कारका व्यतिmहरु हुन् । र उनीहरु वेग्ला, वेग्लैं कम्युनिष्ट धार र संगठनमा जोडिएका एउटै क्रान्तिकारी हुन् ।

दंगाली भूमिमा यी २ सपुतले मूल्यको राजनीतिमा आफनो जीवनको पसिना मात्र खर्चेका छैनन,आफनो आस्थामा रतिmभर नझुकि बरु आफूलाई मृत्युको सुलिमा चढाएकाछन् । निरकुंश सामन्ती अत्याचारको अन्त्य गरेर जतताको उज्यालो स्वतन्त्र र स्वाभिमानी राज्यको स्थापना गर्ने सपना दुबैले वाल्यकाल देखि देखे र त्यो लक्ष्यका लागि कठिन भन्दा कठिन अप्ठ्यारा र दुःखलाई झेल्न तयार भए र क्रान्तिको सुदुर यात्रामा निस्किएका थिए ।

दाङको धर्नामा २०१ मा जन्मिएका नेत्रलाल र गरिवीका कारण काम गर्न भारतमा रहेका बुवाआमाबाट सेनको जन्म २०१३ मा भारतको देहरादुनमा भएको थियो । ठकुरी र बाहुन परिवारका दुबैजना आफनो परिवारको अन्धविश्वासी र कूसंस्कार परम्पराको बिरोधी थिए । घरको कठिन आर्थिक समस्याले गर्दा दुबै जनाले सानै उमेरमा जागिर खानु परेको थियो । समाजमा व्याप्त गरिवी, थिचोमिचो, अन्याय र अत्याचारले उनीहरु दुबैलाई क्रन्तिकारी कम्युनिष्ट बन्ने चेतना जागृत भएको बुझिन्छ ।

यी सबै अन्धकारलाई हटाउन उनीहरु जागिरको पारिवारिक दायित्व सहित जनतालाई संगठिन गर्ने संगठकको अभिभारा पुरा गर्न थाले । सेनले कोइलावासको साल्टटेडिङमा जागिर खाँदा होस वा नेत्रलालले नारायणपुर स्कूलमा मास्टर साप बनेर पढाउदा होस् । दुबैले जागिर भन्दा बढि ध्यान संगठनलाई दिन थालेका थिए ।

पार्टीलाई पूर्णकालिन जीवन दिएका यी दुबैको सोच, विचार र लगावमा धेरै कुरामा सामिप्यता देखिन्छ । उमेरका हिसाबले सेन पछाडिका हुन् । उनीहरु बीचमा धेरै लामो भेटघाट र सहकार्यको अवसर नजुटेपनि क्रान्तिलाई माथि उठाउने संकल्प भने एउटै देखिन्छ । शान्त, भद्र र शालिन स्वभावका दुबै सत्यका पक्षपाती र विचारका कठोर दृढ र स्पातिला देखिएकाछन् । बहुआयामिक व्यतिmत्वका यी पात्रहरुले राजनीतिबाट मात्र होइन साहित्य र पत्रकारिताको माध्यामबाट पनि देशलाई ठुलो योगदान पु¥याएकाछन् । आफनो आस्थालाई केन्द्रमा राखेर सिर्जना गरेका उनका रचना र कर्महरु कालजयी छन ।

राजनीति, साहित्य र पत्रकारिताका यी ३ आयाममा यिनको प्रखरता र प्रभावशालिता बलियो गरी झल्किराखेको छ । पन्चायतकालका संगीन घडीहरुमा यी २ बीच भेट् भएर कम्युनिष्ट विचारका बारेमा गम्भिर विर्मश भएको देखिन्छ । नेत्रलालको क्रान्तिकारी रुझानबाट सेन धेरै प्रभाहित भएको कुरा उनले धेरै कार्यक्रमहरुमा नाम उल्लेख गरेबाट बुभःन सकिन्छ ।
उज्यालो ल्याउन घनघोर अँध्यारोलाई फाल्न चेतनाको राँको सल्काएका यी २ पात्र मध्ये सेनले १० पटक त जेल जीवन गुर्जानु प¥यो भने नेत्रलालले १४ बर्षको भूमिगतकाल । र पनि आफनो उदेश्यमा रतिmभर नझुकेर लागिराखे । अन्ततः उनीहरु मारिनु प¥यो ।

४१ बर्षको उमेरमा नेत्रलाल को बाट कसरी मारिए भन्ने त्यसको तथ्य अहिलेसम्म फेला पर्न सकेको छैन । भने पत्रकारिताको कलम बोकेका सेनलाई आंतककारीको बिल्ला भिराएर त्कालिन शाही सतmाले जेलमा कुटी,कुटी हत्या गरिएको थियो । २०४२ सालमा देवीकोटको जङ्गलमा जेठ ६ गते नेत्रलाल अभागीको हत्या गरिएको थियो भने सेनको ०५९ जेठ १३ गते काठमाण्डौंको सेन्टर जेलमै यातना दिएर हत्या गरिएको थियो ।

कृष्ण सेन र नेत्रलाल दाङको कम्युनिष्ट आन्दोलनमा मात्र नभई सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनमा ठुलो लगानी र योगदान दिएकाछन । र आफूलाई वेग्लै ढंगले चिनाएर गएकाछन् । राजनीतिमा उनका बिचार, आचरण र व्यवहारहरु मूल्यवान छन भने उनका कृत्रिहरु क्रान्तिकारी उर्जाले ओतप्रेत छन र अमर र अजर छन् । सेन र नेत्रलाल जस्ता क्रान्तिकारी पिलरहरुले सिर्जेको कम्युनिष्ट आन्दोलन आज यो शिखरमा पुगेको छ ।

सेन र नेत्रलालले योगदान दिएका पार्टीहरु आज एउटै कम्युनिष्ट पार्टी भएर उदाएको छ । तर सेन र नेत्रलाल जस्ताका निष्ठा,आर्दश र सोच,विचार अनि शैली व्यवहारहरु क्रमशः स्खलित हुँदै गइरहेकाछन् । यस बारेमा आत्मसमिक्षा र मनन गर्ने फूर्सद समेत नेतामा नहुनु आजको कम्युनिष्ट आन्दोलनको दुःखदपूर्ण बिडम्बना कुरा भने अबस्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *