रोग लाग्न नदिन यी कुरामा ध्यान दिऔं

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 189 Views   ||

गर्मी र बर्षायामको समय शुुरु हुन थालेको छ  । यतिवेला विभिन्न रोगको संक्रमणको भय रहन्छ । शरीरको प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । खासगरी शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा यस्ता संक्रमण हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन नदिन यी उपायहरु अपनाउन सकिन्छ ।

पानी
पानी आफैमा प्राकृतिक औषधी हो । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जमेको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने गर्छ । तर पानी खाँदा सकेसम्म सादा पानी वा उमालेको पानी खानुपर्छ । फ्रिजमा राखेको पानीले शरीरमा हानी पु¥याउने गर्छ ।

फलफूल
मौसम,सुन्तला लगायतका रसिलो फलफूलमा भिटामिन सी का साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफुल सिधै,काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यस्ता फलफुल नुन वा चिनीको विनानै सेवन गर्नु उपर्युक्त हुन्छ ।
टुसा उमारेको खानेकुरा
मुङ्गको दाल, चना, केराउ लगायतका टुसा उमारेको खाने कुरामा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुँदा यस्ता खाने कुरालाई धेरै भन्दा धेरै खानु उपयुक्त हुन्छ ।

सलाद
खानामा सलादको सेवन जति धेरै गर्यो स्वास्थ्यका लागि त्यति राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ । काँक्रो,टमाटर, मुला, गाजर,प्याज, चुकन्दर सलादमा पर्छ । यसमा नुनको मात्रा पर्याप्त हुने भएकाले थप नुनको आवश्यक्ता पर्दैन् ।
चोक्कर युक्त अनाज
गहु,मकै लगायतका अनाजमा प्रशस्त मात्रामा चोक्कर पाइन्छ । चोक्करको सेवन गर्नाले कब्जियतको समस्या हुँदैन र रोग प्रतिरोधी क्षमता पनि मजबुत हुन्छ ।

तुलसी
बहु गुणयुक्त तुलसी आफैमा एउटा औषधी हो । तुलसीमा एन्टीवायोटिक तत्व हुन्छ, जसले गर्दा यसले दुखाई कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । दिनमा ३ देखि ५ वटा पत्ता तुलसीको सेवन गर्न शरीरमा रोगको संक्रमण हुने सम्भावना न्युन हुन्छ ।

योग
योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोग मुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

खुशी रहने
स्वस्थ शरीरका लागि हास्न जरुरी छ । हाँस्नाले शरीरमा रक्तप्रवाह प्रभावकारी रुपमा हुने गर्छ । त्यस्तै, शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई समेत कम गर्दछ । त्यति मात्र हैन, यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हँुदा दिनमा धेरै भन्दा धेरै हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

दिनचर्या बदलौं
आयुर्वेद भन्छ, आफ्नो दिनको शुरुवात घाम उदाउनु अघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने बताएको छ । यसका लागि अल्लार्मको भर पर्नु हुँदैन् ।

लामो श्वास लिने
ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलाएर सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।
मनतातो पानी पिउने
नियमित रुपमा दिनमा दुई÷चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।

नास्ता गरौं
आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहन्छ । इनर्जी लेभल बढ्छ ।

सही खानपान गरौं
हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक९पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउन ुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।
खाना अघि पानी पिउनु हुँदैन
खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ ।
खाना खाएपछि नुहाउन हुन्न
खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन् ।

केहि समय घाममा
हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ ।

सोझो पोजिसनमा बसौं
झुकेर,खुम्चिएर बस्नु हुँदैन् । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ ।
गहिरो निन्द्रा आवश्यक
हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ । सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन ।
अनलाइन खवरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *