महिलाको नाममा जग्गा दर्ता बढ्यो

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 255 Views   ||

नौलो जनउभार दाङ,

महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम ह्वातै बढेको छ । महिलाको नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत राजश्व छुट हुने भएपछि महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको हो ।
महिलाको नाममा जग्गा दर्ता गर्ने महिलाको संख्यामा बृद्धि भएको मालपोत कार्यालय तुलसीपुरले जानकारी दिएको छ । चालू आर्थिक बर्षमा चार हजार भन्दा बढी जग्गा महिलाको नाममा दर्ता भएकाछन् । यस्तै चालू आर्थिक बर्ष २०७४÷०७५ को चैतसम्ममा ७ हजार ७ सय ४३ वटा जग्गा दर्ता गरेको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले जानकारी दिनुभयो ।
मालपोत कार्यालयको तथ्याङकलाई हेर्दा पुरुषको तुलनामा महिलाको नाममा बढि जग्गा पास हुने गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । त्यस्तै आर्थिक बर्ष २०७२÷०७३ नौ हजार तीन सय दुई मध्ये चार हजार तीनसय ४२ महिलाको नाममा जग्गा दर्ता भएको थियो ।
आर्थिक वर्ष २०७३ ÷०७४ मा १० हजार तीन सय ७० जग्गा दर्ता भएको मध्य ५ हजार दुई सय ६३ महिलाको नाममा जग्गा दर्ता गरेका थिए । महिलाहरुमा सचेतना बढ्नु, बैदेशिक रोजगारमा श्रीमान विदेश जाँदा श्रीमतिले जग्गाको कारोबार गर्नु जस्ता कारणले महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको कार्यालय प्रमुख खड्काले बताउनु भयो । कानुनलेनै उमेर पुगेका छोरीले अंश प्राप्त गर्नु, श्रीमान÷श्रीमति बीचको वेमेलका कारण अंशबण्डा गर्नु, सम्बन्ध विच्छेद गर्दा अंशबण्डा लिएर जानु जस्ता कारणले महिलाको नाममा जग्गा दर्ता बढेको खड्का भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *