बजार व्यवस्थित गर्दै उपमहानगर

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       | 177 Views   ||

सन्तोष अधिकारी
तुलसीपुर उप–महानगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सडक र फुट्पाथ अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउने अभियानलाई तिब्रता दिएको छ । तुलसीपुरको मुख्य चोकलाई व्यवस्थित गरेको उप–महानगरपालिकाले अहिले बसपार्क जाने बाटोलाई फराकिलो बनाउन थालेको हो ।
व्यवसायीहरुले सडकपेटी अतिक्रमण गरेर संरचना बनाउदा यातायात आवागमनमा असजिलो भएकाले हटाउन थालिएको तुलसीपुर उप–महानगरपालिकाले जनाएको छ । ‘बसपार्क पिपलबोटमा रहेका पसललाई तत्काल भत्काउन निर्देशन दिईसकेका छौ,तुलसीपुर उप–महानगरपालिकाका बित्तिय अधिकृत ललितबहादुर घर्तीले भने । उनले तुलसीपुर बजारको बसपार्कका बारेमा सोहि क्षेत्रबाट गुनासो आएकाले त्यतातिरको बाटो फराकिलो गराउन लागेको घर्तीले बताए । उप–महानगरपालिकाले सडक र फुटपाथ कब्जा गरेर बनाइएका सबै संरचना भत्काउन व्यवसायीलाई आब्हान गरेको छ । ‘घरधनी तथा व्यवसायीलाई अतिक्रमित संरचना भत्काउन लागि हामीले अनुरोध गरेका छौं, त्यसो भएन भने हामीलेनै भत्काउछौ,’ वडानम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले बताए ।
पटक–पटक अनुरोध गर्दा पनि संरचना भत्काउन अटेर गर्नेहरुको संरचना भत्काउने तयारी भएको उप–महानगरपालिकाका प्रवक्ता श्याम डाँगीले बताए । ‘हामीले पटक–पटक गरेको अनुरोधलाई अटेर गरेर संरचना नभत्काउनेलाई सजाय सहित संरचना भत्काइने छ’ डाँगीले भने । तुलसीपुरको उद्योग वाणिज्य संघ चोकमा सडक अतिक्रमण गरेर बनाइएका घर समेत भत्काउन लागिएको डाँगीले जानकारी दिए । कसैले पनि सडक मिचेर व्यवसाय तथा संरचना बनाउन पाउदैन, बनाएको पाइएमा कारवाही गरिने डाँगीले बताए । त्यसैगरी तुलसीपुर उप,महानगरपालिकाले बजार व्यवस्थित गर्न जथाभावी रुपमा गुडाउदैं व्यापार गर्ने ठेला व्यवसायीहरुलाई कारवाही गरिरहेको जनाएको छ ।
अनुगमनका क्रममा तुलसीपुर वजारमा रहेका अधिकांश ठेलाहरु ठेक्कामा चल्ने गरेको उप–महानगरपालिकाले जनाएको छ । ठुला व्यापारीले भाडामा दिएर बजारमा ठेला गुडाएको पाइएको वित्तिय अधिकृत घर्तीले बताए । बजार क्षेत्रमा देखिने अधिकांश ठेलाहरु ठुला व्यापारीले भाडामा सञ्चालन गरेका ठेला हुन् घर्तीले भने– बजार व्यवस्थापनका लागि ठेलानै ठूलो अवरोध भएको बताउँदै घर्तीले पटक–पटक ठेला जफत गर्दा पनि सुधार आउन नसकेको बताए । ्बजार व्यवस्थापनको टोलीले गत सोमवार सडक र फुटपाथ अतिक्रमण गरेर व्यापार गर्नेहरुको सामान र ठेला जफत गरेको छ । टोलीले तुलसीपुर वसपार्कबाट सडकमा व्यापार गर्ने व्यापारीहरुको फलफुल र ठेला जफत गरेकोछ भने सितलपुर चोकको सिरकडसना पसल र ग्याँस पसलबाट पनि अतिक्रमण गरेर राखिएका सामान जफत गरिएको घर्तीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *