भरतको हरियाणको एउटा राँगो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसको मुल्य २१ करोड भारु हो । यो राँगोले हरेक साँझ रक्सी समेत पिउने गरेको छ । यसको रक्सी पिउने बानीबाट मालिक दिक्क छैनन् ।
यसको नाम सुल्तान हो । मालिकका अनुसार सुल्तान रक्सी पिउन मन पराउँछ । रक्सी पिएपछि ऊ खुसी हुन्छ । ८ वर्षको यो राँगोको लम्बाई ६ फिट र ओजन एक हजार किलो छ । यो राँगोको शुक्राणु बेचेर यसका मालिकले वर्षको एक करोडसम्म आम्दानी गरिरहेका छन् ।
राँगोको रेखदेखमा मालिकले पनि कुनै कञ्जुस्याँई गरेका छैनन् ।