समयमै काम पुरा नगर्ने ठेकेदार पक्राऊ

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ११, २०७५       | 148 Views   ||

दाङ, ११ । सम्झौता अनुसार काम नगरेको भन्दै दाङका दुईजना निर्माण व्यावसयीलाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनमा उनिहरु पक्राउ परेका हुन । प्रहरीले विहीवार निर्माण व्यावासायी पदम शर्मा र प्रकाश महतरालाई प्रहरीले पक्राउ गरेको हो ।२०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको फोर लेन सडक र कटुवाखोला पुल निर्माणमा लापरवाही गरेकोे भन्दै प्रहरीले पक्राऊ गरेको हो

दाङका प्रहरी प्रमुख दुर्गा सिंहले सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण दुवैलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । शर्मालाई घोराही र महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको सिंहले जानकारी दिनुभयो । विहीवार भएको निर्माण व्यवासायी प्रहरी र सडक डिभिजन कार्यालयको छलफलले असार मसान्त सम्म काम सम्पन्न गर्नै सहमति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिह चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *