नौलो जनउभार
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले यसवर्षको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार नौलो जनउभारका प्रधान सम्पादक अजयदीप शर्मालाई प्रदान गर्ने भएको छ ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले दुई दशक देखि पत्रकारिता क्षेत्रमा कृयासिल शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
शर्मा २०५५ सालदेखि पत्रकारितामा आवद्ध छन् । उनी १० वर्षे जनयुद्धमा भुमिगतरुपले युद्ध पत्रकारको रुपमा कृयासिल रहेका थिए । उनी नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य तथा तत्कालिन अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको संस्थापक सदस्य हुन् ।
त्यसैगरी प्रेस सेन्टर दाङले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
महासंघले चिन्तामणि–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रियासनले जानकारी दिए ।
सेनको १६ औं स्मृति दिवस यहि जेठ १३ गते विहान ७ बजे पत्रकार महासंघ, प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा पत्रकार महासंघको सभाकक्षमा मनाउने भएका छन् ।