इच्छुक स्मृति पुरस्कार शर्मा र पीडितलाई

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ ११, २०७५       | 683 Views   ||

नौलो जनउभार
दाङ । यसवर्षको कृष्ण सेन इच्छुक स्मृति पुरस्कार पत्रकार अजयदीप शर्मा र केएल पीडितलाई प्रदान गरिने भएको छ ।
पत्रकार महासंघ दाङले शर्मालाई र प्रेस सेन्टर दाङले पीडितलाई पुरस्कृत गर्न थालेको हो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले दुई दशक देखि पत्रकारिता क्षेत्रमा कृयासिल शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । शर्मा २०५५ सालदेखि पत्रकारितामा आवद्ध छन् । उनी १० वर्षे जनयुद्धमा भुमिगतरुपले युद्ध पत्रकारको रुपमा कृयासिल रहेका थिए । उनी नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य तथा तत्कालिन अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको संस्थापक सदस्य हुन् ।

त्यसैगरी प्रेस सेन्टर दाङले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नौलो जनउभारका पूर्व कार्यकारि सम्पादक तथा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई प्रदान गर्ने भएको छ ।

पीडित पनि दुई दशक देखि पत्रकारिता क्षेत्रमा कृयाशिल छन् । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत रहेका पीडित पत्रकारिता, साहित्य, संगित तथा कला, चलचित्र निर्देशन लगायतका क्षेत्रमा राम्रो दख्खल राख्छन् । उनी जनयुद्धको समयमा पत्रकारिता गर्ने क्रममा भूमिगत समेत भएका थिए । उनलाई तत्कालिन नेपाली शाहि सेनाले गिरफ्तार गरेर चरम यातना दिएको थियो ।

महासंघले चिन्तामणि–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रियासनले जानकारी दिए । सेनको १६ औं स्मृति दिवस यहि जेठ १३ गते विहान ७ बजे पत्रकार महासंघ, प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा पत्रकार महासंघको सभाकक्षमा मनाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *