जनक नेपाली
दाङ १३ जेठ÷ सहिद कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवस मनाइएको छ । पत्रकार महासंघ दाङ, प्रेस सेन्टर, प्रेस चौतारी र अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा सेन स्मृति दिवस मनाइएको हो ।
सेनको स्मृति दिवसलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दाङका संस्थापक एवं प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले समाज परिवर्तनका लागि इच्छुकले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताउनु भयो । कृष्णसेन सर्वहारावर्गको प्रतिमूर्ति भएको बताउँदै शर्माले पत्रकारितामा उहाँको विचारमा सबै अडिग हुनुपर्ने वताउनुभयो । पछिल्लो समय सेनको आर्दश र विचारलाई भुल्दै गएको भन्दै शर्माले समाज रुपान्तरणका लागि उहाँको बिचार महत्वपूर्ण भएको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द«ीय सदस्य जीवन गौतमले समाजमा ढोंगी प्रवृति भित्रिएको र त्यस्तो प्रवृतिबाट माथि रहेर सेनले समाजमा योगदान पु¥याएको बताउनु भयो । सेन क्रान्तिकारी विचार,आर्दश र मूल्य,मान्यतामा रहेर समाज रुपान्तरणमा लागेको उल्लेख गदैं गौतमले गलत प्रवृतिबाट सबै सचेत भएर लाग्नुपर्ने धारणा व्यतm गर्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मी, पत्रकार महासंघ केन्द्रका निर्वतमान केन्द«ीय सदस्य एवं पुरस्कृत व्यक्तित्व अजयदीप शर्मा,महासंघका सल्लाहकार एवं पुरस्कृत व्यतिm के.एल.पीडित, सल्लाहकारहरु सुदीप गौतम, दुर्गालाल केसी, अखिल नेपाल जनसाँस्कृतिक महासंघका प्रमोद धिताल, रामप्रसाद जैशी, लगायतकाले बोल्नु भएको थियो ।
प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संन्चालन प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गर्नु भएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस सेन्टरका का.वा. अध्यक्ष प्रकाश चौधरीले गर्नु भएकोे थियो ।
तीन पत्रकार पुरस्कृत
दाङ, १३ जेठ । सहिद कृष्ण सेन इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ । पत्रकार महासंघ दाङले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका निवर्तमान केन्द«ीय सदस्य एवं नौलो जनउभार साप्ताहिकका प्रकाशक÷सम्पादक अजयदी शर्मा, प्रेस सेन्टर दाङले स्थापना गरेको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका पुर्व अध्यक्ष के. एल. पीडितलाई सम्मान गरिएको छ । त्यस्तै पत्रकार महासंघ दाङले स्थापना गरेको चिन्तामणी÷जमुना स्मृति पत्रकारता पुरस्कारबाट नागरिक दैनिक एव रेडियो स्वर्गद्धारीका देवेन्द्र बस्नेतलाई पुरस्कृत गरिएको हो ।