झाडापखालाको कारण ‘कोलिफर्म’ जिवाणु

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५       | 152 Views   ||

जनक नेपाली दाङ ,  केही दिनदेखि शान्तिनगर गाउँपालिकामा महामारीको रुपमा फैलिएको भाडापखाला विस्तारै नियन्त्रणमा आउँदै गएको भएपनि गाउँमा संन्त्रास भने कायमै रहेको छ । शान्तिनगरका २ र ३ वडामा ‘कोलिफर्म नामक जीवाणुका कारण झाडापखाला फैलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिनु भएको छ । पानी परिक्षणका क्रममा कोलिफर्म जिवाणु भेट्टिएपछि झाडापखाला फैलिएको पुष्टि भएको हो ।

पानीको मुहानमा कोलिफर्मका किटाणु १५ प्रतिशत भन्दा बढि भेट्टिएको पुनले बताउनु भयो । कोलिफर्म हानिकारक किटाणु भएकाले गाउँमा महामारीको फैलिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो । पानीमा ‘कोलिफर्म’ भेटिएपछि अहिले धाराको पानी बन्द गरी ट्यांकरबाट खानेपानी वितरण गरिरहेको जानकारी उहाँले गराउनु भएको छ ।

खोलाको पानी सिधै रिजर्भ ट्यांकीमा जोडेर वितरण गरेपछि झाडापखाला फैलिएको न्यौपानले बताउनु भयो । मुहानदेखि धारासम्म प्रदुर्षण भएकाले अहिले मुहान, ट्यांकी र पाइपलाइन शुद्धिकरण गर्ने काम भइरहेको निमित्त प्रमुख न्यौपानेले बताउनु भयो । शुरुमा ‘कोलिफर्म’ मिसावट पानीसेवन गर्दा टाउको दुख्ने, पेट फोल्ने वाकवाकी लाग्ने तर बिस्तारै झाडापखाला लाग्ने हुन्छ, न्यौपानेले भन्नुभयो–‘कोलिफर्म’ नियन्त्रणका लागि पानीको मुहानदेखि उपभोक्ताको धारासम्म पाइप र धारा सफा गर्र्ने काम भइरहेको उहाँले बताउनु भयो ।
झाडापखालाका कारण १६ सय विरामी

शान्तिनगर गाउँपालिकाका वडा नं. २ र ३ मा फैलिएको झाडापखालाबाट मंगलवार बेलुकासम्म बिरामी पर्नेको संख्या १६ सय ४ पुगेको छ । मंगलबार मात्र बेलुका १ सय २८ जना विरामी थपिएपछि २ वटै वडामा विरामी हुनेको संख्या १६ सय ४ पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले जानकारी दिनुभएको छ । झाडापखालाका कारण सबैभन्दा धेरै १ हजार १५ जना महिला र ४ सय ६१ जना पुरुष विरामी परेको उहाँले जानकारी दिनुभयो ।

अधिकांश पुरुष रोजगारको सिलसिलामा घर बाहिर भएका कारण पनि महिलाहरु बढि प्रभावित भएको पुनले बताउनु भएको छ । हालसम्म ५५ जनालाई स्वास्थ्य चौकीबाट रिफर गरिसकिएको र स्वास्थ्य चौकीबाट रिफर गरिएकाहरुको तुल्सीपुरस्थित राप्ती अंचल अस्पताल, तुलसीपुर सीटी, राप्तीलाइफ के.एर हस्पिटलमा उपचार भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

त्यस मध्ये एकजनालाई नेपालगंज रिफर गरिएको पनि स्वास्थ्य चौकी प्रमुख पुनको जानकारी दिनुभयो । झाडापखाला विस्तारै कम हुँदै गएपनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार विहान देखि बिरामी आउने क्रम जारीनै रहेको पुनले जानकारी दिनुभयो । बेड अभाव हुँदा विरामीलाई भुईं,बरण्डा र खुलाचौरमा राखेर उपचार गर्नु परिरहेको पुनले वताउनु भयो ।
तीन सदस्य छानवीन कमिटी गठन
शान्तिनगर गाउँपालिकाको दुई वडामा फैलिएको झाडापखालाको महामारी बारे विस्तृत अध्ययन गर्न ५ नं.प्रदेश सरकारले तीनसदस्य छानवीन समिति गठन गरेको छ । प्रदेश सरकारले उप सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा डि.एस.पी कमलप्रसाद नेपाल र खानेपानी डिभिजन कार्यालय दाङका निमित्त प्रमुख तिलक न्यौपाने सदस्य सचिव रहेको तीन सदस्य छानवीन समिति गठन गरेको हो ।

समितिले शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि काम गरिरहेको र अनुसन्धान पनि गरिरहेको बताउनु भयो । हामीले यसको विस्तृत अध्ययन गरेर एउटा प्रतिवेदन ल्याउँछौ र त्यसकै आधारणमा खाने पानीको शुद्धिकारणका विषयमा वृहत योजना अगाडि ल्याउछौ न्यौपानेले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *