गणतन्त्रलाई जनताको दैलोसम्म पु¥याऊ

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५       | 243 Views   ||

देशमा विधिवत रुपले गणतन्त्र स्थापना भएको पनि १० बर्ष पुरा भएको छ । २ सय ५० बर्ष पुरानो राजतन्त्रलाई फालेर संविधान सभाको पहिलो बैठक मार्फत गणतन्त्र घोषणा गरेको दिन जेठ १५ लाई सरकारले विशेष ऐतिहासिक दिनका रुपमा मनाउँदैं आएको छ । गणतन्त्र स्थापनाको १० बर्षको यस अवधिमा २ वटा संविधान सभा गठन भए । ततपश्चात संविधान जारी भयो । संघीय संविधान अनुसार देशका तीनवटै तहका निर्वाचन सम्पन्न भए । र जनादेश अनुसार अहिले ३ वटै तहमा सरकार संन्चालन भइरहेको छ ।यो बीच संक्रमणकालको अवधि निकै पेचिलो र जनताका लागि निसासिदो रह्यो ।

यतिसम्म कि गणतन्त्र आएपछि त जनताले झन दुःख पाउने रहेछ भन्ने अवस्थासम्म आयो । यद्यपि जनतामा त्यो मनस्थिति अध्यावधि कायमै छ । खाली जनताको संविधान जारी पछि स्थायित्वको सरकार बनेको छ अब केही हुन्छ कि भन्ने आशा मात्र पलाएको अवस्था छ ।

गणतन्त्र स्थापना पछिको एक दशकको समय सानो होइन । विकास र समृद्धिका दृष्टिले निकै महत्वपूर्ण समय खेर फालिएको छ । २ बर्षमा बन्ने संविधानलाई ६ बर्ष लगाएर दल त्यसका नेताहरुले व्याप्त वेथिति,अराजकता र भष्टूाचारलाई मौलाउने अवसर दिए । जसका कारण जनतामा निराशा छायो भने विकृतिले फष्टाउने मौका पायो । तर अब सबै मेकानिजमले लिग पक्डेर र बाटो सोझिएको अवस्था छ । अब लक्ष्य पक्डेर हिड्नुपर्ने छ ।

कुरा कम काम धेरै गर्नुपर्ने वेला आएको छ । किनकि गणतन्त्रको प्रत्याभूति जनताको दैलोसम्म पु¥याउनु छ । समृद्धिको सपनालाई अब व्यवहारको कार्यान्वयनमा लैजानु छ । सुशासन र स्थायित्वको नारा सहित समृद्ध नेपाल सुखी नेपालीको श्लोगान बोकेर वर्तमान सरकार अघि बढेको छ । ठुलो वामपन्थी जनमत भएकाले पनि यो सरकार प्रति जनताको आशा चुलिदैं गएको छ । सरकार बनेको सय दिन पनि नाघिसकेको छ र हिजो जेठ १५ गतेनै बजेट पनि आएको छ ।

प्रतिपक्षले आलोचनामा उभिएपनि यो अवधिमा सरकार केही नतिजा देखाउदैं सकारात्मक कामको गतिले अघि बढिरहेको मूल्याङ्गकन सबैतिरबाट भइरहेको छ ।
२००७ सालदेखि जनताले गरेको दुःख,संघर्ष र वलीदानबाट यो गणतन्त्र आएको हो । र यो गणतन्त्रलाई नेतामुखी होइन जनतामुखी बनाउनुपर्ने छ । जबसम्म जनताका दैनिक आधारभूत आवश्यकताहरु सजिलै परिपूति हुन सक्दैनन तवसम्म गणतन्त्रको जग बलियो हुन सक्दैन् । गणतन्त्रको संस्थागत विकास हुनका लागि पनि विकास र समृद्धि हुन आवश्यक छ । जति छिट्टो गतिमा देशले प्रगति र उन्नतीको बाटो पक्डन्छ उतिकै छिट्टो संघीय गणतन्त्र संस्थागत रुपमा बलियो हुँदैं जाने छ ।

यातायात क्षेत्रमा मात्र होइन सर्वत्र अझ राजनीतिमा जरा फैलाएको सिन्डिकेटलाई तोडेर सुशासन र पारदर्शी शासन व्यवस्थाको पद्धति बसाल्न सके मात्र पनि देशले स्वतः विकसित मार्ग समात्ने छ । जनतालाई आर्थिक र सुविधा सम्पन्न बनाउने कुराबाट मात्र समृद्धि हुँदैन् । पुराना व्यवस्था देखिका आचरण,व्यवहार, कार्यशैली, संस्कार र संस्कृतिमा परिवर्तन आउन नसके यो गणतन्त्र जतताको गणतन्त्र बन्ने कुरामा शंका रहन्छ । देशलाई नयाँ युगमा हिडाउने यानको चाँपी समातेका चालकहरु नै पुराना प्रतिफूल प्रवृत्तिहरु मुतm भएर मुलुकलाई जरैदेखि माथि उकास्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *