चन्द्रवीरको कथा ओडारदेखि घरसम्म

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५       | 315 Views   ||

जनक नेपाली,

चन्द्रवीर वलीको घर तुलसीपुर उप–महानगरपालिका ३ स्थित जंगलको बीचमा पर्छ । बीच जंगललाई आश्रयस्थल बनाएका वली परिवार झण्डै ६ महिना एकाएक हरायो । गाउँबाट हराएका उनीहरुको खोजतलास थालियो तर कतै भेटिएनन् । एका एक हराएको घटना रहस्यमय बन्दै गयो । यो परिवार हराएको केही समय पछि मध्यरातमा मात्र देखिन थाल्यो । यो कुरा थाहा पाएपछि स्थानीय गाउँलेहरुले वलीको परिवारको पिछा गर्न थाले ।

घरमा खाने अन्तपात र बस्ने थलो नहँुदा वली परिवार ओडारमा बस्न थालेको थियो । धेरैपछि गाउँलेलाई थाहा भयो चन्द्रवीरको परिवार मध्यरातमा गाउँबाट मकै,कोदो, गहँु ल्याउने र ओडारमै बस्ने,खाने गर्न थालेको । आर्थिक अभावले नराम्रोसँग घेरिएपछि वासको विकल्प खोज्दै ओडारमा पुगेका उनीहरुको शरीरमा एक सरो कपडानै थिएन । चन्द्रवीरको परिवार जंगली मान्छेझै ओडारमा बस्न अभ्यस्त बन्दै जान थाल्यो । तर यो कुरा गाउँलेका लागि राम्रो भएन र स्थानीयहरुको सक्रियतामा चन्द्रवीरको परिवार ओडारबाट गाउँ फर्कियो । वली परिवार ओडारबाट फर्किएसंँगै बीच जंगलमै टहरो बनाएर बसेको चन्द्रवीरले बताए ।

अहिले त्यहि भिरमुनिको टहरोमा परिवारका ११ जनाले गुजारा गर्दै आएकाछन् । जसमध्ये ८ जनाले त आँखै देख्नदैनन् । यो परिवारलाई घर बाहिर हिड्डुल गर्न उस्तै समस्या छ । भिरको बाटो बजारदेखि घर पुग्न वली परिवारलाई निकै मुश्किल छ । श्रीमती छोरा,छोरीलाई भिरको बाटो हिड्न धौ होला भनेर दुई बर्ष लगाएर बल्ल,तल्ल वलीले दुई किलो मिटर बाटो खने ।
खमारी गाउँको परे खोला आफ्नो घरदेखि राप्ती राजमार्गको दाङ(सल्यान सडक खण्डको सात तलेसम्म बाटो पु¥याए । त्यहि दुई किलो मिटर बाटोले चन्द्रवीरको जीवननै फेरिदियो  । घरसम्म बाटो पुगेपछि त्यहि सडकनै यो परिवारको आम्दानीको श्रोत बन्न पुग्यो । ओडारबाट घरमा फर्किएपछि खानका लागि अन्नपात नभएको भन्दै स्थानीय गाउँलेको सहयोगले बाचेको उनको भनाई छ ।

घरमा चन्द्रवीरकी श्रीमती खुमा वली,छोरा जोगबहादुर,लोकराज,विपीन बुहारी जीवना निमा,नाती केशर विमला मुस्कान, सविन वलीसंगै ८ जना दृष्टिूविहीन रहेको वलीले बताए । ‘अहिले कसरी बाँच्ने समस्या छ, उनले भने– दैनिक गुजारा गर्न समस्या परेको यो जीवन कसरी धान्नु’ । घरमा कहिले कसो कोहि भेट्न आयो भने एक, दुई माना धान,चामल ल्याइदिन्छन् त्यसैबाट पेटपाल्दै आएका छौ, चन्दूवीरकी श्रीमति खिमाले भनिन् ।

सम्पतिको नाममा एउटा पाखो मात्र रहेको यो वली परिवारको जीवन पालिन निकै धौ,धौ परिराखेको छ । त्यसमा पनि आँखा नदेख्नेहरुको बाहुल्यता रहेकाले चन्द्रवीरलाई निकै सन्ताप बोकेर बाँचिरहनु परेको छ । छोराहरु गीत गाए मागि आफना बालबच्चा पाल्ने भएपनि बुढाबुढीको अवस्था दयनीय बन्दै गएको छ ।

विरामी हुँदा औषधीउपचारको जोहो छैन । खेति गरेर खाने ठाउँ छैन । घरमुनिको पानी घट्टपनि अर्कोले लगेर चलाउन थाल्यो चन्द्रवीरकी श्रीमति खुमाले दुःख पोख्द्रै भनिन– ‘हाम्रा लागि त बाँच्न नै नसकिने अवस्था भयो’  । केही सहयोग उपमहानगरपालिका गदैं आएको भएपनि त्यो परिवारका लागि पर्याप्त छैन । स्थानीय सरकारले उनको परिवारलाई रोजगारीको व्यवस्था गरिदिएर उनीहरुको बाँच्न पाउने हकको सम्मान गर्न आवश्यक छ । जनताले ल्याएको गणतन्त्र चन्द्रवीरको घरसम्म पुग्न सक्नुपर्छ, यसतर्फ सबै तहका सरकारको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *