चराहरु

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५       | 245 Views   ||

कविता
पुरुषोत्तम खनाल

चराहरु आकाशमा
कावा खाँदै
माथि झन माथि
उडिरहेछन्
हामीहरुले हेर्दाहेर्दै
क्षितिजपारि
विलिन हुन्छन्
फेरि गोधुलीको बेला
हाम्रा आँखाले देख्नेगरी
नजिकिदै–नजिकिदै
आप्mना बचेरा भएका गुँडमा
टुप्लुक्क आइपुग्छन् ।
तालचरीजस्ता चराहरु
कहिले उत्तर सागरमा
त कहिले दक्षिण सागरमा
आप्mनो यात्रा जारी राख्छन्
स्वार्थी मान्छेले बनाएका
सीमारेखालाई
चराहरुले कहिल्यै मान्दैनन्
कपर्निकसले भन्दा पहिल्यै
चराहरुले पृथ्वीलाई घुमिसके
न्यूटनलेभन्दा पहिल्यै
गुरुवाकर्षण भोगिसके ।
साना चरा हुन् वा ठूला
चारो खोज्न नौडाँडापारि गए पनि
आप्mनो भूगोललाई कहिल्यै बिर्सन्नन्
ब्याधाले जति बन्दुक पड्काए पनि
बिहानपख
चराले सुरिलो भाकामा
गीत गाउन छोड्दैनन्
मान्छेले जति उपद्रो मच्चाए पनि
डाँफे र मयूर नाच्न छोड्दैनन्
चराहरु धेरै बोल्दैनन्
चराहरुले धेरै बुझ्छन्
मान्छेले गर्नै नसकेको भूकम्पको पूर्वसूचना
चराहरुले दिन सक्छन्
प्रलयका बखत
सबै चराले एकसाथ
आ–आप्mना स्वरमा बिगुल फुक्छन्
चराहरुमा एकता छ
स्वार्थी मान्छेजस्तो
तेरो र मेरो भन्न जान्दैनन्
सगोलमा बस्छन्
सगोलमा घुम्छन्
सबैको अस्तित्वलाई
बराबर स्वीकार्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *