झाडापखालाबाट कसरी जोगिने ?

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५       | 319 Views   ||

झाडापखालाको समस्या त तपाई हामीले भोग्दंै आएछौं । पेट कटक्क खान्छ, घरीघरी दिसा लाग्छ, थाम्नै सकिँदैन् । वाकवाकी पनि लाग्छ । यो त भयो पखाला लाग्दा हुने सास्ती । दिनमा तीन चार पटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकी समेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ । गर्मीमा खाना छिटो बिग्रने, धुलो धुँवा,फोहोर, हुरी बतासका कारण रोगका किटाणुले मानिसमा यस्ता रोग सार्ने गर्दछन् ।
मुख्य कारण दुषित पानी र खाना

झाडापखाला भएका विरामीले दिसा गरेको ठाउँमा रोगका किटाणु हुन्छन् । जुन पानीकै माध्यमबाट अर्को ठाउँमा जान्छन् । जस्तै ढल, खोला यसका माध्याम हुन् । कतै चर्पी र पानीको इनार जोडिएको भएमा पनि किटाणु सर्न सक्ने डाक्टर पुनले वताउनु भयो ।
त्यसैले पिउने पानी राम्ररी उमालेर सेलाएपछि मात्र पिउनु सबैभन्दा राम्रो उपाय हो । नङ पाल्ने बानी छ भने खाना खाँदा रोगका किटाणु शरीर भित्र जान्छन र झाडापखाला लाग्न सक्छ । त्यसैले हातका नङ समय,समयमा काटी रहनु पर्छ । कामले घर बाहिर निस्केपछि शरीर फोहोर र गन्ध हुने भएकाले सरसफाईमा ध्यान दिनुपर्छ ।

झाडापखालाका लक्षण

१. पेट दुख्ने तथा पातलो दिसा हुने ।
२. शरीरमा तरलमात्राको कमी भई जलवियोजन (डिहाइडूेसन) हुन्छ, ओठ,मुख सुक्छ अनि छिन छिनमा तिर्खा लाग्ने हुन्छ ।
३. वाकवाक लाग्ने तथा शरीर कमजोर र शिथिल हुन्छ ।

झाडापखालाका प्रकार
आकस्मिक झाडापखाला केही घण्टादेखि २ र ३ दिनसम्म हुन्छ भने दिर्घ झाडापखाला २ हप्ता वा त्यो भन्दा बढी समयको हुन्छ । झाडापखाला लाग्नुका धेरै कारणहरु मध्ये मुख्य तीन कारणमा जीवाणु, विषाणु र परजीवीहरु पर्दछन् ।
झाडापखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रसस्त पानी,नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पूर्ति गर्न नसक्दा विरामीको ज्यानै समेत जान सक्छ ।

झाडापखालाबाट बच्ने उपाय
खाना र पानीमा ध्यान दिन सके यो रोगबाट बच्न सकिन्छ । पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं । फिल्टर गरेको पानी पिउँदा कस्तो फिल्टर हो ध्यान दिनुपर्छ । किनभने साधारण फिल्टरमा रोगका किटाणु फिल्टर हुन सक्दैन् ।
हामीले सफा भनेर किनेर खाने जार र मिनरल वाटरमा पनि दुषित खोलाको पानी भरेको खण्डमा झाडापखालाका किटाणु हुन सक्छन् । जार र मिनरल वाटरमा सिल प्याक छ छैन राम्ररी हेरेर र बुझेर खान र उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ नखान डाक्टरको सुझाव छ । खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुन,पानीले धोएर खाना खाने बानी राम्रो हो । फलफूल,सागपात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं । दिसा पिसाबलाई धेरै बेर रोक्नु राम्रो हुँदैन् ।
त्यस्तै घरपालुवा जनावर र चरा,मुसा जस्ता जीवजन्तुलाई खाना पकाउने ठाउँमा आउँन नदिन ध्यान पु¥याऔं । विशेषगरी बालबच्चा,वृद्ध तथा विरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाउनुपर्छ ।

झाडापखाला लागेपछि गर्नुपर्ने कुरा
मौसममा आएको परिवर्तनले शरीरको तापक्रम सन्तुलन हुन नसक्दा र हामीले खाने खाना र पानीमा ध्यान नदिदा झाडापखाला लाग्ने गर्छ । गर्मीमा खाना छिट्टैं विग्रने र लामो समय राख्दा ढुसीपर्ने र नमिठो बास्ना पनि आउने हुन्छ । भोक लाग्यो भन्दैमा जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्य बिग्रन्छ ।
त्यस्तै पाचन शक्तिले पचाउन नसक्ने खाने कुरा खाएमा पनि यो रोग लाग्छ । अति धेरै भयो भने हाम्रो शरिरले पचाउन सक्दैन् । शरीरलाई अनावश्यक अथवा अति धेरै तेलमा तारेका खाना जस्तै तारेको भुटेको मासु,भट्मास खानु हुँदैन् । त्यस्तै धेरै नुनिलो,धेरै पिरो र मसलायुक्त खाने कुरा नखादा बेस हुन्छ ।

झाडापखाला लागि हालेमा के खाने त ?
१. जीवनजलको पानी सकेसम्म पिउने ।
२. भात, दाल, दही अथवा नरम खाना खाने ।
३. झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडीको रस र फलफूलको जुस खानुपर्छ ।
४. कागती,अनार,मौसम,सुन्तलाको रस जस्ता रसिला खाने कुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
५.जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ ।
के–के नखाने ?
फोहोर खाना र दुषित पानी रोगका कारण भएकाले विरामी मात्र होइन स्वस्थ व्यक्तिले पनि खानु हुँदैन् । तनाव र थकान हटाउँन भन्दै रक्सी पिउनु राम्रो होइन । त्यस माथि विरामीले खानै नहुँने कुराहरु
१. बिरामीले रक्सी,चिया,कफी र दुध नखादा बेस हुन्छ ।
२. यदी फ्रिजमा राखेको खानेकुरा छ भने बाहिर निकाल्ने वित्तिकै नखाने ।
३. तेलमा तारेका खाना, अमिलो अचार, आलु, भान्टा गोवी पनि नखाने ।
४. पहिल्यै देखि काटेर राखेको सलाद नखाने ।
५. झिंगा बसेको र नछोपिकन राखेको फोहोर खाने कुरा नखाने ।
६. बासी,सडेगलेका खानेकुराहरु नखाने ।

झाडापखालाको समस्या त तपाई हामीले भोग्दंै आएछौं । पेट कटक्क खान्छ, घरीघरी दिसा लाग्छ, थाम्नै सकिँदैन् । वाकवाकी पनि लाग्छ । यो त भयो पखाला लाग्दा हुने सास्ती । दिनमा तीन चार पटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकी समेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ । गर्मीमा खाना छिटो बिग्रने, धुलो धुँवा,फोहोर, हुरी बतासका कारण रोगका किटाणुले मानिसमा यस्ता रोग सार्ने गर्दछन् ।

झाडापखालाको रोकथाम कसरी गर्ने ?

घरेलु उपचार प्रक्रियाले पनि झाडा पखाला रोक्न सकिन्छ । सामान्य जलवियोजन भएको अवस्थामा बच्चालाई आमाको दूध खुवाउन सकिन्छ । त्यस्तै जीवन जलको सही प्रयोग गरी जुनसुकै बिरामीले खान सकिन्छ ।
बच्चा भएमा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने । बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ । सरसफाईमा परिवारका सम्पूर्ण सदस्यहरुले ध्यान दिने र शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नुपर्छ । रोगको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *