सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ १८, २०७५       | 208 Views   ||

तुलसीपुर १८ जेठ ÷ तुलसीपुर उप–महानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण बुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयले विभिन्न बहानामा शिक्षा ऐन बिपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण वुझाउन आग्रह गर्ने निर्णय गरेको हो । बैठकले विद्यालयमा शुल्क उठाउने आधार,शिर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्न समेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसूची २२ वमोजिम प्रक्रिया पु¥याएर जानकारी दिनका लागि आग्रह गरिएको छ ।

यसैगरी कतिपय संस्थागत विद्यालयहरुले पारदर्शी विना शुल्क लिएकोमा आपत्ति जनाउँदै सम्पूर्ण शुल्कको विवरण वुझाउन समेत आग्रह गरिएको छ । वैठकले छात्रवृत्ति वितरण गर्दा पारदर्शी रुपमा गर्नुपर्ने कुरा समेत उल्लेख गरेको छ । हरेक बर्ष संस्थागत विद्यालयहरुले छात्रवृत्ति घोषणा गर्दा जनप्रतिनिधिको रोबहरमा मात्रै घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले सम्पूर्ण संस्थागत विद्यालयहरुलाई जेठ ३० गतेसम्म यो आर्थिक बर्षको शुल्क विवरण बुझाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *