विवेकशीलका जिल्ला अध्यक्ष सहितको समुह नेकपामा प्रवेश

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ २२, २०७५       | 236 Views   ||

काठमाडौं, २२ जेठ । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्ष सहितको समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो । अध्यक्ष पाण्डे जनयुद्ध कालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *