प्रकृतिको सुन्दरतामा कुपिन्डे दह

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 350 Views   ||

जनक नेपाली,

सल्यानको कुपिण्डे दह प्राकृतिक रूपले निकै सुन्दर देखिन्छ । वरपर पहाडका बीच अवस्थित कुपिण्डे दहले कसकोे मन पो नलोभ्याउला र । पहाडको बीच भागमा आकाशझैँ फैलिएको निलो ताल अनि उत्तरमा देखिने हिमश्रृंखला र हरियालीले त्यहाँ पुग्ने जो कसैको मनलाई नलोभ्याइरहन सक्दैन् । हाँस, जलेवा, मालश्री जस्ता चरा जल क्रिडामा मग्न भएको देख्दा जो कोहीलाई पनि उनैको आनन्द चोर्न मन लाग्छ ।

रङ बदलिरहने कुपिन्डे तालको पानीमा माछाको गतिविधिलाई नियाल्दा आनन्दको बेग्लै अनुभूति लिन पाइन्छ ।
ठूला(ठूला पहाडहरूको बीचमा । निलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म उभिएका सल्लेरीरुख चारैतिर हराभरा तर पनि सुनसान छ कुपिन्डेको अर्काे विशेषता हो । प्राकृतिक, सांस्कतिक तथा ऐतिहासिक महत्वका हिसाबले भने यो जिल्ला असाध्यै धनी छ ।

चैत्रदेखि जेठ अन्तिमसम्म आउने पर्यटक कुपिन्डेको सुन्दरताभित्र हराउँछन र उसको निर्मल र शान्त अनुहारलाई मनमा कैद गरेर फर्किछन् । सल्यानको बनगाँड कुपिन्डे नगरपालिकापर्ने यो ताल आजभोलि ग्रामीण पर्यटन केन्द्र रुपमा विकास भएको छ । जैविक विविधता युक्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण कुपिन्डे दह मनोरम र आकर्षक गन्तव्य बन्दै गएको छ । भौगौलिक असहजताले केही कठिन भएतापनि कुपिण्डे दहको मनमोहकताले पर्यटकहरूलाई तान्दै लगेको कुपिण्डे ताल संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कंवर बताउँछन् ।

सल्यानबाट मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढ्दै गएको अध्यक्ष कंवरले बताउनु भयो । चारैतिर हरियाली रुख अनि सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महशुस गराउँछ । २३.५३ हेक्टरमा क्षेत्रफलमा फैलिएको कुपिण्डे दह ८ सय ३४ मिटर चौडाइ र ५ सय ३८ मिटर गहिराईमा रहेको छ । दहलाई धार्मिक दृष्टिले हेर्दा परापूर्वकालमा गाउँमा एकदिन साँधु बास आएका थिए रे । साँधुलाई कसैले बाँस बस्न दिएनन् । निराश हँुदै ती साधु एक वृद्धको घरमा पुगेछन । वृद्ध गरिव भएको थाहा पाएपछि भोलिपल्ट साँधुले ती वृद्धालाई भनेछन, ‘म कैलुवराह हुँ’ अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिन भरमा डुबाइदिन्छु भनेर गाउँनै डुवाइदिएर दह बनाएको भन्न किम्वदन्ती रहेको छ ।

पर्यटक गन्तव्यका रूपमा रहेको यस दहमा घुम्न आउने पर्यटकको संख्या बढे पनि आवश्यक सुविधा दिन भने कठिन भएको ताल संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कंवरले बताए । कंवरका अनुसार कुपिण्डेमा पर्यटकहरु बाँस बस्न भने खलंगामा जानुपर्ने बाध्यता रहेको छ । कुपिण्डे क्षेत्रमा राम्रो होटेलको व्यवस्था गर्न सकिए पर्यटकको संख्या अझ बढ्ने उनको विश्वास छ ।

संरक्षण समितिले दहमा डुङ्गा समेत सञ्चालनमा ल्याएको छ । स्थानीय समूदायको कला,संस्कृति भेष(भूषा, भाषा, धर्म, रीतिरिवाज,चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यवलोकन गर्दा सल्यानको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुगेको कुंवर वताउनु हुन्छ । कुपिन्डे तालमा पर्यटकलाई बिजुली बत्ती र इन्टरनेटको सुविधान दिने पर्याप्त होटल सञ्चालन गर्न सके त्यहाँको पर्यटन विकासमा धेरै सम्भावना भएको कंवर बताउनु हुन्छ ।

कुपिण्डे ताल हेर्न आउँनेको संख्या अघि पछिको भन्दा दशैं तिहारको बीचमा अत्यधिक हुने कंवर वताउनु हुन्छ ।अहिले विशेषगरी शनिबारको दिन तीन÷चार सय भन्दा बढि पर्यटक आउने गरेको त्यहाँका डुङ्गा चालक धनबहादुर पुन बताउनु हुन्छ । विशेष गरी सुर्खेत,जाजरकोट, रूकुम,दाङ,बाँके र बर्दिया लगायत देशका अन्य विभिन्न ठाउँबाट ताल हेर्न आउने संख्या अत्याधिक रहेको धनबहादुर बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *