खाँग्रा नाकामा पुग्यो गाडी, स्थानीय भन्छन् ः पचास वर्षको पखाई पुरा भयो

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 266 Views   ||

भुपेन्द्र वली, दाङ । पाँच दशक लामो पर्खाइपछि दाङको सीमावर्ती क्षेत्रका जनताको गाडी चढने सपना पुरा भएको छ । जिल्लाका सबैजसो स्थानमा गाडी सञ्चालन भएतापनि दाङको सीमा क्षेत्रमा भने बल्लतल्ल सडकको टूयाक खोलेर गाडी संन्चालनमा ल्याइएको छ ।

२०२० साल वरिपरी सो क्षेत्रमा बस्ती स्थापना भएतापनि स्थानीयले नेपाली गाडी चढ्न पाएका थिएनन् । नेपाली नै भएतापनि सामान्य दिनचर्याका लागि पनि पूर्ण रmपले भारतमा निर्भर रहनुपर्ने बाध्यता व्यहोदैं आएकाछन् । सामान्य किनमेलका लागि भारत जानुपर्ने भएपछि त्यहाँका स्थानीय भारतीय गाडी नेपाली भूमिसम्म मगाएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै राजपुर गाउँपालिकाले प्राथमिकतामा राखेर वडा नम्बर ६ खाँग्रा नाकामा जेठ ७ गते गाडी पु¥याएको हो ।
खाँग्रा नाकामा गाडी पुगेपछि छिमेकी कल्याणपुर,गौरिया,बैरहवा र अरबरुवा नाकाका जनताहरु समेत लाभान्वित भएकाछन् । यसअघि आफनै भूमिमा आउँन पनि सीमाका नेपालीले करिब ६ घण्टा लामो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो ।यता नेपाल तर्फबाट भने १८ किलोमिटर सडक बनाएरनै सीमासम्म सड्क पु¥याइएको हो । यद्यपी नियमित सवारी सञ्चालन भने बर्खा बितिसकेपछि अर्को बर्षबाट हुने बताइएको छ ।

स्थानीय जनतामा खुसीयाली
६ दशक लामो सवारी चढ्ने सपना पुरा भएपछि स्थानीयमा खुसीयाली छाएको छ । गाडी पुगेको जेठ ७ गते खाँग्रामा भव्य कार्यक्रमको आयोजना गरी त्यहाँँका जनप्रतिनिधि तथा सवारी सञ्चालकलाई स्वागत गरिएको थियो ।

लामो संघर्ष पश्चात यो सफलता प्राप्त भएको राजपुर गाउँपालिका ७ निवासी स्थानीय चक्रबहादुर खड्काले बताए । सवारी पुगेसँगै सरकार भएको अनुभुति आफूहरुले गरेको उनले बताए । ‘स्थानीयको नेपाली सवारी चढ्ने सपना पुरा भएको छ’ खड्काले भने– ‘सरकार भएको अनुभुति भएको छ ।

भारतसँगको परनिर्भरता हट्ने अपेक्षा नेपाली सवारी पुगे सँगै सो क्षेत्रका स्थानीयको भारतसँँगको परनिर्भरता हट्ने अपेक्षा गरिएको छ । दैनिक जिविकोपार्जनका लागि पुर्ण रुपमा भारत निर्भर हुँदै आएका स्थानीयले गाडी पुगेपछि आत्मनिर्भर बनाउने उद्येश्यले प्राथमिकतामा राखेर गाडी पु¥याइएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । हाल टूयाक खोलेर गाडी पु¥याइएको र आउँदो आर्थिक बर्षमा नियमित रुपमा सवारी सञ्चालन गर्ने गरि तयारी गरिरहेको केसीले जानकारी दिए ।
अन्य नाकामा पनि गाडी पु¥याउने योजना भारतसँग सीमा जोडिएका २३ वटा नाका राजपुर गाउँपालिकामा रहेकाछन् ।

यस्तै ५ वटा नाका अर्को गढवा गाउँपालिकामा रहेकाछन् । खाँग्रा नाका सँगै सुनपत्री नाकामा पनि गाडी पु¥याउने तयारी लगभग पुरा भएको अध्यक्ष केसीले जानकारी दिए । खाँग्रा र सुनपत्री नाकामा ५०÷५० लाख लगानी गरेर सडकको टूयाक खोलिएको हो । यस्तै ड्गमारा नाकामा पनि सड्क खन्ने काम भइरहेको जानकारु अध्यक्ष केसीले दिए । ‘सकेसम्म सबै नाकालाई सुविधा हुने गरी सडक पु¥याउने प्रयास गरिरहेका छौं ।

त्यसका लागि सर्वप्रथम छिमेकी नाकाका स्थानीयलाई पनि सुविधा हुने नाकाहरुमा सड्क पु¥याउनेछौं ।’ केसीले भने–‘विकासको आधारभुत शर्तनै सड्क रहेछ । त्यसैले सडक निर्माणलाई प्राथमिकता दिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *