हरेक व्यक्तिले राजनीति सिक्नुपर्छ र गर्नुपछर्,

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 162 Views   ||

साजिदा सिद्धिकी सामाजिक अभियन्ता

तपाई लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय हुनुहुन्छ । अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले म महिला अधिकार र वालवालिकाको संरक्षणको क्षेत्रमा बढि ध्यान केन्द्रित गरेर काम गरिरहेको छु । त्यसैगरी सिंगो मानव अधिकारको क्षेत्रमा क्रियासिल छु । महिलाभित्र हिंसा पीडित महिलालाई न्याय दिलाउने कुरामा लागेको छु । वालवालिकाको शिक्षा, खानपान र वानी,व्यहोरा कसरी ठिक ढंगले अघि बढाउन सकिन्छ भन्ने कुरामा म बढी गम्भिर छु । दाङमा बिशेष गरेर मुश्लिम, यादव र चौधरी समूदायका महिलामा बढी काम गरिरहेका छौं । त्यसमा पनि बाहिर निस्किएर आफ्नो अधिकारको बारेमा वकालत गर्न सक्ने र आफ्नो अधिकार के हो भनेर बुझाउने कोशिसमा म लागेको छु । अहिले त्यहि अन्र्तगत महिला माथि भइरहेका हिंसा न्यूनीकरणका लागि हामी लागिरहेका छौं । गढवा गाउँपालिका वडा नं ६ लाई हामीले भर्खरै लैंगिक हिंसा मुक्त क्षेत्र भनेर घोषणा गरिसकेका छौं ।

त्यसका साथै पुरुषलाई पनि जनचेतना आवश्यक छ । महिलालाई सहयोग गर्न पुरुषलाई पनि सचेत बनाउन जरुरी छ । हिजोका दिनमा घरमा सुकाएको कपडा राख्दा समेत श्रीमतिको पछाडी लाग्यो भने खिसी उडाउने चलन थियो । अब बिस्तारैं समाजमा सचेतना समेत फैलिदैं छ । घरको काममा पनि पुरुषहरुले सहयोग गर्ने वातावरण तयार भइरहेको छ । हामीले पुरुष समुहनै गठन गरेर काम गरिरहेका छौं । महिलाको प्रगतिका लागि पुरुषको पनि साथ चाहिन्छ । हामीले महिला,पुरुष दुबैलाई साथमा राखेर जनचेतनाको काम गरिरहेका छौं ।

तपाई सामाजिक अभियन्ताको रुपमा लागेको करिब दुई दसक भइसकेको छ । यो बीचमा समाजको चेतनास्तर कत्तिको बदलिएको पाउनु भएको छ त ?

यो बीचमा धेरै फरक भएको छ । पहिले र अहिलेको तुलना गर्दा हामीले धेरै उपलब्धी भएको मान्नुपर्छ । २० बर्ष पहिले कुनै महिला घर बाहिर निस्कदा समाजले
जस्तो नजरले हेर्दथ्यो अहिले त्यस्तो नजरले हेर्दैन् । त्यतिवेला महिलाहरु कुनै केटा मान्छेसँग बोलेमा मात्रै पनि उसलाई छाडा
भयो भनेर भन्ने गरिन्थ्यो । मैले त्यस्ता कुरा भोगे । थुप्रै मान्छेले मलाई बदनाम गर्ने कोशिष पनि गरे । पढ्नु हुन्न है भन्ने यहि समाज थियो । बिहे दर्ता गर्नु हुँदैन भनिन्थ्यो । किन चाहियो विवाह दर्ता भनेर समाजलेकुरा उठाउथ्यो । तर,आज आएर पढ्नुपर्छ । नागरिकता चाहिन्छ । पढ्नुपर्छ र समाजमा प्रतिष्प्रर्धा गर्नुपर्छ भनेर चेतना पैदा भएको छ । विहे दर्ता सबैको हुन्छ । बच्चा जन्मेपछि जन्मदर्ता गर्नुपर्छ भनेर पनि थाहा भएको छ । हिजो सानो कुरामा घरेलु हिंसा हुने गथ्र्यो । महिलाले तरकारीमा नुन कम हालेको रहेछ भने पनि पुरुषले तरकारी फालिदिने सम्मको हिंसा हुन्थ्यो । श्रीमतिलाई यहि कारणले कुटेको कुरा आउँथ्यो । दाइजोकै कारण महिलालाई जलाएर हत्या भएका केशहरु धेरै आउँथे । सानासाना कुरामा पनि सम्वन्ध बिच्छेद हुने गथ्र्यो । अहिले थुप्रै कुरा हिजो भन्दा फरक छ । हिजो मान्छेहरु कानूनी कठघरामा जाँदा इज्जत गयो भन्थे तर आज मान्छेहरु आफ्नो अधिकारका लागि कानूनी उपचारमा जान तयार छन् । विगतमा महिलाले आफ्नो अधिकार नपाएपछि आत्महत्या गर्ने सम्मका केश हुन्थे तर अहिले महिलाहरु कानुनी लडाईं लड्छन् तर,आत्महत्या तर्फ जाँदैनन् । हिजोको भन्दा आज र आजको भन्दा भोलि त अवश्य परिवर्तन हुन्छ नै ।

तपाई विशेष गरेर हिंसापीडित दलित, मुश्लिम, गुप्ता र चौधरी समुदायमा काम गरिरहनुभएको छ । उनीहरुको अवस्थालाई हेर्दा लैंगिक सवालमा अहिले नेपाली समाजको चरित्र कस्तो पाउनु भएको छ ?

हिजो महिलालाई कुनै पनि जिम्मेवारी दिइदंैन थियो । अहिले हरेक काम महिलाको सहभागितामानै हुने गरेकाछन् । अहिले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सुनिश्चिता कायम भएको छ । अहिले हरेक क्षेत्रमा आधा हिस्साको कुरा उठेको छ । अहिले चाहेर नचाहेर पनि प्रतिशत पु¥याउनैं पर्छ । यदि कानून बनायो भने जसरी भएपनि कार्यान्वयन गर्नुपर्ने वाध्यता हुँदोरहेछ । हिजो जुन तरिकारले महिलालाई बदनाम गर्ने कोशिस गरिन्थ्यो अथवा चरित्र माथी औंला उठाउने काम गरिन्थ्यो । आज महिलाले पनि काम गर्नुपर्छ भनेर सहयोगी हात बढेकाछन् ।
तपाई सामाजिक अभियन्ताको साथै राजनीतिमा प्रवेश गर्नु भएको छ । यति लामो समय सामाजिक अभियन्ताको रुपमा क्रियासिल व्यक्ति किन दलिय राजनीतिमा प्रवेश गर्नुप¥यो ?

राजनीति भनेको राज्यको नीति हो । राज्यको नीति पढ्नु पर्छ, जान्नुपर्छ र सिकाउनु पर्छ । सकेको खण्डमा नेतृत्व पनि लिनुपर्छ । मैले राजनीतिमा प्रवेश गरेर नराम्रो गरेको छैन । म गैरसरकारी संस्थामा प्रवेश गर्दा धेरैलाई गैरसरकारी संस्थाको बारेमा केही जानकारी थिएन। यो वीचमा सहयोगी कार्यकर्ताहरु धेरै आउनु भयो । जो मान्छेले राजनीति जान्दैन, त्यस माथि धेरै ‘कु’ राजनीति गर्छन् । हरेक व्यक्तिले राजनीति गर्नुपर्छ भन्ने मेरो भनाई हो । हरेक व्यक्तिले राजनीति गर्नुपर्छ । हरेक व्यक्तिले राज्यमा पहँुच पु¥याउनुपर्छ । राज्यले दिएको सेवा सुविधालाई सबैले उपभोग गर्नुपर्छ । कसले कुन पार्टीमा काम गर्छ भन्ने कुरालाई ध्यान नदिऔं । सबैका आफ्ना आस्था र बिचार हुन्छन् । त्यसको आधारमा राजनीति गर्ने हो । म अहिले नेपाल कम्युनिष्ट पार्टी दाङको सदस्य हुँ । राजनीतिमा रहेर साँच्ची जनताको काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जनताको चाहना अनुसार काम गर्नु नै हाम्रो प्रमुख दायीत्व हो । राजनीति र सामाजिक अभियान एक अर्काका परिपुरक हुन् ।

राजनीति र सामाजिक क्षेत्र एकअर्काका परिपुरक त भन्नुभयो तर, तपाईले आफ्नो व्यक्तिगत जीवनमा राजनीति र सामाजिक अभियानमा काम गर्दा के फरक पाउनु भयो ?

म सामाजिक क्षेत्रमा १९ बर्ष काम गरे । यहाँ कामगर्दा स्वतन्त्र ढंगले सबैले सहयोग गर्नु भएको थियो । तर, म राजनीतिमा आउँदा साजिदा सिद्धिकि यो दलको मान्छे भनेर व्यवहार गर्नु हुन्छ । हुँ त अहिले पनि मलाई सबैले सहयोग गरिरहनु भएको छ । हेर्ने दृष्टिकोणमा केही फरक पाए । म एउटा व्यक्ति हो । म एउटा व्यक्ति थुप्रै पार्टीमा लाग्न सक्दिन् । सबैले आफ्नो आस्थाको एउटा पार्टी रोज्ने हो । मैले मेरो आस्थाको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई रोजे । म पार्टीमा बसेर गलत काम गर्छु भने मलाई त्यहि ढंगले बुझनु पर्छ । तर, म पार्टीमा इमान्दार भएर लाग्छु भने मेरो मूल्यांकन पनि त्यहि ढंगले हुनुपर्छ । म पार्टीमा लाग्दा जनताको बीचमा काम गरेको छु । जनता आफंै कम्युनिष्ट र कांग्रेस हुँदैन् । काम गर्दा कांग्रेस र कम्युनिष्ट छुट्टाएर गर्नु हुँदैन् । मैले त्यसरी हेरेको छैन । सामाजिक क्षेत्रमा काम गर्दा पार्टी हेर्ने भन्ने हुँदैन् । मेरो संस्था सिसा नेपाललाई तपाईले हेर्न सक्नु हुन्छ । सिसा नेपालमा विभिन्न पार्टीमा आबद्ध भएका साथीहरुले काम गरिरहनु भएको छ । पार्टीमा आबद्ध नभएका साथीहरु पनि हुनुहुन्छ ।तर, मैले कहिले पनि दलको आधारमा विभेद् गरिन् । म कामसँग कहिले पनि सम्झौता गर्दिन् । म आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिदैन् । तर, पार्टीमा काम गर्ने वेला जनताको पक्षमा काम गर्छु । म कुनै व्यक्ति विशेषलाई बोकेर हिड्दंैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *