साग बोकेर तुलसीपुर–हापुरे यात्रा

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 364 Views   ||

दिपक बोहोरा,तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ५६ बर्षीय हेमकुमार चौधरी सधै बिहान उठ्छन् । नित्य कर्म सकेसँगै उनको दैनिकी शुरु हुन्छ । अरु भन्दा भिन्न छ उनको दैनिकी । ५६ बर्षको उमेरमा पनि उनी पैंदल हिडेर तुलसीपुरदेखि पश्चिम हापुरेसम्म खोले साग बिक्रीको व्यापार गर्दै आएकाछन् । बिहान उनले सबैको घर,घरमा साग पु¥याउँछन र साँझ गोजामा पैसो बोकेर घर फर्कन्छन् ।

भट्टामा वरपर छिट्वा र त्यसमा साग राखेर दैनिक पैदल तुलसीपुर–हापुरे गर्छन हेमकुमार । १२ बर्ष भयो उनले यो काम गर्न थालेको तर उनलाई कहिल्यै थकान महशुस भएन र त उनले व्यापारलाई निरन्तरता दिन सकिरहेकाछन् । ‘दैनिक तुलसीपुरदेखि खोले सागको व्यापार गदैं बबई पुग्छु’ उनले भने– ‘यो कामदेखि म सन्तुष्टि छु ।’ हेमकुमारले सिजनमा खोले सागको खेती गर्छन र आफैले उत्पादन गरेको साग बेच्दै तुलसीपुरदेखि हापुरे पुग्छन् । मंसिरदेखि बैशाखसम्म उनले भट्टामा राखि खोले सागको व्यापार गर्छन् । पछिल्लो समय हराउँदै जान थालेको भट्टा बोकेर गरिने व्यापारलाई उनले जोगाई राखेकाछन् ।

दैनिक डेढसय मुठा खोले सागको व्यापार गर्ने गरेको उनले बताए । जसबाट दैनिक ५ सयदेखि ६ सयसम्म आम्दानी गर्ने गरेको उनले बताए । ‘दैनिक करिब डेढ सय मुा बिक्री हुन्छ’ –उनले भने –‘त्यसबाट ५ सय देखि ६ सयसम्म आम्दानी हुन्छ ।’उनले एक सिजनमा खोले साग बेचेरै करिव ६० हजार रुपैयाँ आम्दानी गदै आएको बताए ।थोरै जमिनबाट राम्रो आम्दानी गर्न सकिने भएपछि यो सागको व्यापार गर्न थालेको उनले बताए । पछिल्लो समय परिश्रम गर्नेहरुको कमि भएकाले पनि एउटा उदाहरणको पात्र बन्न आफूले यस्तो पेसा अंगालेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *