छोरी

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       | 334 Views   ||


दह्रो मुटुका साथ क्लिनिक पसेकी थिइन दूर्गा देवी । गोरो अनुहार, अग्लो कद भएकी दुर्गादेवीको मुहार सँधै उज्यालो देखिन्थ्यो तर यदिबेला उनको मनमा आक्रोश थियो । पीडा थियो । र थियो हिनताबोध । अवसाद र पीडाले छटपटाइरहेकी एलिजा दुर्गादेवीको काँधमा अडेस लागेकी थिइन् ।
डा. सरितासँगको व्यक्तिगत चिनजानका आधारमा ‘गोप्यता’ भंग नहुने गरी एलिजालाई क्लिनिक लिएर गएकी थिइन् दुर्गादेवी ।
‘पार्टिकल्स बाँकी रहेछ । सफा गरिदिएका छौं । आराम गर्ने । केही दिन गह्रौं काम केही नगर्नु ।’ डाक्टरको सल्लाह थियो एलिजाको लागि ।
श्रीमान् डम्बरजंगलाई यसबारेमा केही कुरा थाहा थिएन, थाहा कसरी दिनु ? के बताउनु ? दूर्गा देवीलाई सबैभन्दा ठूलो चिन्ताले सताइरहेको थियो घर फर्किदाँ ।
०००
रमावती की छोरी शाखा अधिकृतमा सिफारिस भएकी थिइन् । रमावती– दुर्गादेवीको मिल्ने छिमेकी । पार्टीमा निम्तो हुने नै भयो । दुर्गादेवीका मनमा पनि आफ्नी छोरीका लागि ठूलो सपना थियो । छोरीका लागि आमाले सपना देखेकी थिइन्– डाक्टर पढाउने । त्यसैले एलिजाले विज्ञान विषय पढिरहेकी थिइन् ।
भोज खाएर घर फर्किदा एलिजा आप्mनै कोठामा थिइन् । उनको अनुहार निन्याउरो थियो, पीडा र अवसादले क्लान्त थियो । उनी दुखाईमा छटपटाइरहेकी थिइन् । पेटलाई दुई हातले च्यापेर घोप्टो परी रुँदै थिइन् ।
‘के भयो नानु ? छोरी के भयो ?’ स्नेहले भरिएका शब्दमा छोरी झनै छटपटाउँदै रोइन् । दूर्गादेवीले छोरीका गाला छामिन्, निधार छामिन्, काखमा नजिकै राखिन । ‘के भएर यसरी दुख्यो तिम्रो पेट छोरी ? पहिला त कहिलै यस्तो भएको थाहा भएन मलाई !’
एलिजा बोलिनन्, रोइरहिन् छटपटाउँदै ।
‘जौ, डाक्टरलाई चेक गराएर आउँ ।’ आमाले छोरीको सिर सहलाउँदै भनिन् । छोरीले फेरी पनि कुनै प्रतिक्रिया दिइनन् ।
दुर्गादेवीले एम्बुलेन्सलाई फोन गरिन् । फोन लागेन । ‘चाहिएको बेला यो एम्बुलेन्समा कहिलै फोन लाग्दैन ।’ उनी फत्फताइन् । ‘टेक्सी बोलाएर ल्याउँछु है नानु ! न आत्तिनु ।’ यति भनेर उनी बाहिर निस्किइन् ।
०००
ट्याक्सीलाई बाहिर पर्खिन लगाएर उनी हतार हतार भित्र पसिन् । छोरी उसै गरी रुँदै थिइन् । उनले छोरीका कपडा ठिक्क पारिन् । र बिस्तराबाट उठ्न सघाइन् । छोरीलाई कपडा फेर्न सघाउँदै थिइन् कि सिरानीमुनी ‘मेरी प्रिस्टन’को खोलहरु देखेर एकछिन अलमलमा परिन् । उनलाई औषधिबारे धेरै जानकारी छैन । तर, पनि उनको मन झस्कियो सिरानीमुनिको औषधिको खोल देखेर । छोरीले प्रयोग गरेका सेनेटरी प्याड पूरै भिजेका थिए ।
‘यत्ति धेरै रगत !’ दुर्गादेवी फेरि गहिरो सोचमा परिन् । तर सोच्ने फुर्सद कहाँ थियो र उनलाई !
छोरीलाई आड दिदै बाहिर टेक्सीसम्म पु¥याइन । सिटमा छोरीलाई सजिलो गरी बसालिन् । डूाइभर गाडी स्टार्ट गरी हिँड्नै लागेको बेला कुनै कुराको सम्झना आए जस्तो गरी भनिन्– एकछिन पर्खनु त ! उनी घरभित्र गइन् । दराजको सेफमा रहेको पैसाको एक बन्डल आप्mनो झोलामा राखिन्, छोरीको सिरानीमुनिको औषधिको खोल पनि राखिन् । दराज खुल्लै छोडेर बाहिर निस्किइन्, गेटमा ताल्चा लगाइन् र फेरि गाडीमा आएर बसिन् ।
गाडी केहीबेर गुडिरह्यो– आमा छोरी कोही बोलेनन् । दाहिनेतिरको झ्यालबाट बाहिरतिर हेरिरहेकी दुर्गादेवी सोचमग्न थिइन् । एलिजाले आप्mनो पेट उसैगरी च्यापेकी थिइन् दुई हातले । दुवै मौन थिए र दुवैका मनमा आँधी चलिरहेको थियो ।
‘कहिलेदेखि हो तलाई यति धेरै रगत पर्न थालेको ?’ दुर्गादेवीका शब्द कठोर थिए ।
एलिजा बोलिनन् । ट्याक्सी ड्राइभरले एकपटक ‘लुकिङ ग्लास’ मिलायो र आमाछोरीलाई ऐनामा हे¥यो ।
‘ऐ भाई ! गाडी ठिक ढङ्गले चलाऊ है ।’ झर्किएको आवाज थियो दुर्गादेवीको ।
ड्राइभर केही बोलेन । अलि अगाडि ट्राफिकमा केहीबेर रोकियो ट्याक्सी ।
‘औषधि खाएपछि ‘ब्लिडिङ’ भएको हो ।’ एलिजाको बक बल्ल फुट्यो । रुँवासी आवाज । डराएको, काँपेको बोली ।
‘किन खानु परेको तँलाई औषधि ?’ दूर्गा देवीको अन्तःस्करणलाई थाहा थियो, छोरीले औषधि खानुको कारण तर उनी आपूmलाई बारम्बार सान्त्वना दिँदै थिइन, छोरीले अरु नै कारणले औषधि खाएको हुँ भन्दिए हुन्थ्यो भनी ।
‘मि…मिन्स नभएको…।’
दुर्गादेवीले एकोहोरिएर छोरीलाई हेरिन् । फेरि झ्यालबाहिर हेरिन् । अनि भनिन्– ‘के भनिस् तैले ?’
‘दुई महिनादेखि मिन्स नभएपछि औषधि खाएकी हुँ ।’ डराएको बोली । त्रस्त आँखा । काँपेका ओठ ।
दुर्गादेवीले दाहिने हात निधारमाथि लिइन्, आँखा–मुख छोपिन् नदेखिने गरी आँसु खसालिन् । भर्खर बुढ्यौलीका निसानझैं लाग्ने चाम्रिदै गएका आँखाका किनार किनारबाट आँसुका ढिक्का खसे । हत्केलाले पुछिन् । एलिजाले आमाको मुख हेरिनन् । दुर्गादेवीले झोलाबाट मोबाइल झिकिन्, डा. सरितालाई फोन गरिन् । फोन काटियो । म्यासेज लेखेर पठाइन्– ‘अति जरुरी छ ।’
‘किन भएन तँलाई मिन्स दुई महिनादेखि ?’ सोध्न अरु नै मन थियो । तर उस्तै उत्तरको अपेक्षा थियो दुर्गादेवीलाई ।
एलिजाको ‘सुक्क’ ‘सुक्क’ को आवाज ।
‘छोरीले राम्रो पढिरहेकी छ, बुझ्ने भइसकेकी छ । आप्mनो भविष्य, बा आमाको इज्जत राख्न सक्छे भनी सोच्ने मेरै गलती हो यो ।’ नाकको टुप्पासम्म बग्दै आएको पातलो सिँगान सानो रुमालले पुछिन् तर आँसु त रोकिएनन्– बर्रर झरे । आँसु पुछ्दै एकपटक मोबाइल हेरिन् र फेरी बन्द झ्यालबाट बाहिर ।
‘मम्मी ! आइ एम सरी ! मैले बिराएँ ममी !’ अघिसम्म सुक्क सुक्क गरी रोइरहेकी एलिजा एक्कासी हिक्का छोडेर आमाको काखमा घोप्टो परी रुन थालिन् । निस्पृह मनका साथ बाहिर हेरिन् दुर्गादेवीले– शून्यतामा ।
फोनको घन्टी बज्यो ।
‘छोरीले बाउआमाको इज्जत सम्झिइन । ‘गु’ मा गाडियो हाम्रो नाक ।’
‘के भयो र ?’
‘रगत बगिरहेको छ, औषधि खान मरिछे ! के गर्नुपर्छ ? तपाइँको हातमा छ अब ।’ दुर्गादेवीको विवश बोली, आक्रोश र घृणा भरिएको ।
‘आउनुहोस्, म हेरुँला ।’ उताबाट आवाज आयो ।
सरकारी हस्पिटल नजिकै पुगेको ट्याक्सीलाई फर्काएर एक कोश परै छुटेको डा. सरिताको निजी क्लिनिक जान भनिन् ड्राइभरलाई ।
०००
भिडियो एक्स–रे पछि एलिजालाई ‘भित्र’को कोठामा लिइयो । दुर्गादेवी बाहिर बसेर पर्खिदै थिइन् । संगिनी सहकारीमा काम गर्ने साथी सुशीलालाई देखेर उनी एकछिन सकसमा परिन् । एक–अर्काले क्लिनिक आउनुको कारण सोधिन् ।
‘छोरीको पेट दुख्ने समस्या छ बाहिर भएको बेला । त्यही चेक गराउन आ’को ?’ दुर्गादेवीलाई कारण बताउन गाह्रो भयो ।
‘मेरो एक जना अन्टीकी छोरीको पनि यस्तै समस्या थियो । बिहेपछि सबै ठिक हुँदै गयो ।’ दुर्गादेवीले बुझिनन् यो समस्याको समाधान थियो या कुनै जानकारी  । कुराकानी अझै लम्बिन्थ्यो होला, बिचैमा एक जना नर्स आएर दुर्गादेवीलाई बोलाएपछि उनी भित्र गइन् ।
भाव शून्य । रसिला आँखा । बेडमा पल्टिएकी ओइलाएको पूmलजस्ती एलिजा नजिकै उभिएर डा. सरिताले सल्लाह दिइन्– ‘मिन्स रोकिएको ३ महिना बढी भइसकेछ । यस्तोमा औषधि खानु हुँदैनथ्यो । त्यही गल्ती गरेकी हो नानुले । अब जे भयो भयो । पार्टिकल्स बाँकी रहेछ । सफा गरिदिएका छौं । आराम गर्ने । केही दिन गह्रौं काम केही नगर्नू ।’
दुर्गादेवी केही पनि बोलिनन् । छोरीले आमाको आड लिएर खोजिन उठ्न । उनले सहारा दिइनन् । बरु उनी बाहिर निस्किन् हतार हतार र शौचालय पसिन् । एउटी नर्सले एलिजालाई उठ्न र चप्पल लगाउन सघाइन् ।
०००
घर फर्कदा अँध्यारो भइसकेको थियो । बाटोभरि आमाछोरी मौन रहिन् । ट्याक्सी पछाडिको दुई झ्यालनेर दुवैजना बाहिरतिर मात्रै हेरिबसे– चुपचाप । निःशब्द उनीहरुले एक–अर्कालाई धेरै कुरा भनिरहेका थिए ।
वरपर छिमेकका घर आँगन बिजुली बत्तिमा चम्किला देखिन्थे । दुर्गादेवीको घरको मूल ढोकामा ताल्चा झुण्डिएको थियो । मूल गेटमा जेलिएको बोगनबेलिया तन्किएको थियो अलिकति । ‘सन्ध्या फूल’ को बासना पैmलिएको थियो परपरसम्म । ट्याक्सीबाट ओर्लेर दुर्गादेवीले ताल्चा खोलिन् र सरासर भित्र पसिन् । एलिजा सडकमा ठिङ्ग उभिइन् एकछिन । गिज्याएको अनुभूति भयो उनलाई त्यस घरले । उनलाई लाग्यो एकपलका लागि आपूm उभिएको भुइँ च्यातियोस् र त्यसैमा समाहित भई कायाको अन्त्य गरिदिउँ ।
‘किन उभिएकी छ यो त्यहाँ यतिबेला ? भित्र आ !’ कठोर शब्दले झस्किएकी एलिजाका पाइला बिस्तारै घरभित्र घिस्रिए ।
कोठाका बत्तीहरु बले । घर उल्यालो भयो । बन्द रहेका झ्याल खुले ।
एकैछिनमा ‘दिदी’ पुकार्दै मानव एलिजाको हात समात्न आइपुग्यो । उसको पिठ्युमा स्कुल झोला थियो ।
‘कहाँ थिइस् तँ ?’ दुर्गादेवीले सोधिन् । ‘सुरज दाइको घरमा ।’
‘किन जानुपरेको तँलाई त्यो सुरजकहाँ ?’ दुर्गादेवीलाई सूरजको नाम सुनेर नै झोंक चल्यो । झोक्किएर सोधेकी थिइन् उनले छोरालाई ।
‘तपाइँ हुनुहुन्थेन । ढोकामा ताल्चा लाग्या थियो । अनि म के गरुँ ?’ छोराले स्पष्टीकरण दियो । र, सरासर आप्mनो कोठामा पस्यो । दुर्गादेवी केही बोलिनन् । एलिजा ओछ्यानमा सिरानीको आड लागेर बसिन् । आँखा चिम्म गरिन् । उनी पनि केही बोलिनन् । दुर्गादेवीले ढोका बन्द गरिन् । झ्याल बन्द गरिन् । ढोकानेर रहेको सानो कुर्सी ल्याएर एलिजा सुतिरहेको बेड नजिकै बसिन् ।
‘को सँग कालो मुख गरिस् तैंले ?’ उनको बोली कठोर थियो ।
एलिजाले आँखा चिम्म गरिन् । आँखाको कोस कोसबाट आँसुका ढिक्का निस्किए ।
‘पहिला काम बिगार्ने अहिले रुने ! छिटो भन् को हो त्यो ?’
एलिजाले सानो आवाजमा तर ठूलो आँट गरी नाम लिइन्– ‘सुरज !’
०००
एक वर्ष अघि बसाइसरी आएको थापा परिवारको छोरा सुरज एलिजाको कलेजमा एक ब्याच अगाडि पढ्छ । बाबा एनजिओको जागिरमा अति व्यस्त र ममी सहकारीको कामबाट फुर्सद नपाउने । भाइ बिहान १० बजे स्कुल निस्केको साँझ सात बजे मात्र ट्युसन पढेर फर्किने । भर्खर १६ वर्ष पुगेकी एलिजाको लागि नजिकको साथी सुरज भइदियो । दिउँसो सिनेमा हेर्न वा पार्क घुम्न जानबाट रोक्ने कोही थिएन । एक दुई पटक दुर्गादेवीले सुरज र एलिजालाई आफ्नो घरमा भेटाएकी थिइन् तर पढिरहेको अवस्थामा । सोचिन्– सँगै बसेर पढाइ गर्दा रहेछन्, ठिकै छ । छोरीमाथि उनको गहिरो विश्वास थियो ।
सुरजले मानवसँग पनि राम्रो सम्बन्ध राखेको थियो । छुट्टीको दिन मानवलाई आप्mना साथीहरुसँग खेलाउँथ्यो । घुम्न जाँदा बोलाउँथ्यो । मानव उसलाई दादा भन्थ्यो ।
र, यो सामिप्यतामा एलिजा र सुरज धेरै नजिक भएको चाल उनीहरुले आपैmले पनि पाएनन् ।
दुर्गादेवीलाई उनीहरुबीचको सम्बन्धबारे थोरै मात्र पनि जानकारी थिएन । सुरजको नाम सुनेर उनका दाँत किट्किटाए । बसिरहेको कुर्सीबाट उनी जुरुक्क उठिन् । हुत्तिदै बाहिर गइन् । गेट खोलिन्, तर अर्को पल उनका पाइल त्यही अडिए ।
फर्केर भान्सामा पसिन् । चामल बसालिन् । र, पानी लिएर छोरीको कोठामा पसिन् ।
‘बा आमाको इज्जतको ख्याल राखिनस् तैंले  । बाबालाई मैले यो कुुरा कसरी भनुँ ?’

०००
दुई महिनामा घरको रुपरेखा पूरै बदलिन् दुर्गादेवीले । अगाडितिरका दुईवटा कोठा एउटा परिवारलाई भाडामा दिइन्  । श्रीमान् कलेज पढाउने, श्रीमती संस्थानमा लेखापाल । छोरीले कलेज पढ्ने । उनी एलिजाको साथी भएकी थिइन् । माइती गाउँबाट एक जना घरको काममा सघाउने तेह्र÷चौध वर्षकी किशोरी पनि ल्याएकी थिइन् । एलिजा अब एक्लै थिइनन् ।
गाउँबाट आफन्तहरु आएकै साँझमा श्रीमान डम्बरजंग पनि आइपुगे । जानु अघि दुर्गादेवीको जेठानी पर्नेले सुनाएकी थिइन्, ‘छोरीका लागि राम्रो केटा छ । इञ्जिनियर सक्यो । एक्लो छोरा । घरबाट चाँडै बिहे गर कि गर भनिरहेका छन् । एक पटक हेराउने कि ?’ भाउजूको कुरा सुनेर श्रीमान डम्बरजंग हाँसे र भने, ‘छोरीले पढिरहेकी छ भाउजू । अहिले त्यस्तो सोच्दै नसोचौं । भर्खर १६ की त भई ।’
‘मान्छे त हेरौं, त्यसपछि कुरा गरौंला ।’ दुर्गादेवीको टिप्पणी थियो । डम्बरजंग केही बोलेनन् ।
पाहुनाहरु गइसकेपछि, दुर्गादेवीले कुरा उठाइन् ।
‘तँ बौलाइस् कि के हो ? पढ्दै गरेकी छोरीको भविष्य बिगार्ने !’ फिल्म हेरिबसेका डम्बरजंगले ठाडै हकारे ।
‘तपाइँकी छोरीको चर्तिकला थाहा छ तपाइँलाई ?’
‘के गरी त्यस्ले र ?’
‘के नै बाँकी रह्यो र अब ?’
‘पढाइमा राम्रो छे, पढाउने हो त्यसलाई । तँ आपैmले त डाक्टर पढाउने भन्थिस् त के भयो ?’
दुवै जना मौन । टिभीको स्क्रीनमा आँखा थिए डम्बरजंगका । आँखापुछिरहेकी दुर्गादेवीलाई देखेर जंगिए–
‘के भयो फेरि ?’ छुट्टीको आनन्द खराब गरेकोमा ‘इरिटेट’ भइरहेका थिए डम्बरजंग ।
‘अस्ति सफाई गरी फ्याँक्नु परेको थियो । अब फेरि के गर्ने हो छोरीले । तपाइँ डाक्टर बनाउने कुरा गर्नुहुन्छ ।’ एकै सासमा सुस्तरी भनिन् दुर्गादेवीले ।
‘के भन्छे यो ?’ डम्बरजंगले टिभी अफ गरे, टाउकोमा हात राखे र श्रीमतीलाई एकोहोरे हेरे ।
दुर्गादेवीले कुनै जवाफ दिइनन्, भित्तामा एकोहोरे हेरिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *