पुस्तकायमा अध्यक्ष कोष बृद्धि अभियान

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ २६, २०७५       | 181 Views   ||

दाङ, २६ जेठ ।
सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीले आजीवन सदस्यका लागि सार्वजनिक आब्हान गरेको छ । पुस्तकालय व्यवस्थापन समितिको बैठकले आजीवन सदस्यता शुल्क १ हजार पाँच सय कायम गर्दै सदस्यका लागि सार्वजनिक आव्हान गरेको हो ।बैठकले अक्षयकोष बढाउने अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै स्रोत पहिचान तथा ब्यवस्थापन समितिका सदस्य नरेन्द्र केसीलाई प्रचार संयोजक तोक्ने निर्णय गरेको छ ।

अक्षयकोष बृद्धि अभियानमा शनिवार थप सहयोग घोषणा भएको छ । जसअनुसार पुस्तकालय ब्यवस्थापन समिति सदस्य तुलसी रानाबाट ५ हजार ५ सय ५५, सदस्य शारदा शर्माबाट ५ हजार एक सय पाँच, सदस्य पदमप्रसाद शर्माबाट ३ हजार १ सय १५, सदस्य सुशीला आचार्यबाट ३ हजार एक सय पाँच र फ्रेण्डस बाल क्लबका सल्लाहकार नवीन श्रेष्ठबाट २ हजार १ सय पाँच रुपैयाँ सहयोग घोषणा गरिएको छ । बैठकले दाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले पुस्तकालय भवन निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट रकम उपलब्ध गराउन सभामुख कृष्णबहादुर महरासहित यस क्षेत्रका सबै सांसदहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी पछाडिको जग्गामा ई–लाईव्रेरि संचालन गर्न ट्रष्ट निर्माणको लागि घोराही उपमनपालाई अनुरोध गर्दै अहिले आइरहेको एक लाखलाई ब्यवस्थापन खर्चलाई दुइ लाख गराउन पनि बैठकले माग गरेको छ ।ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा बसेको बैठकले जग्गादाता टेकनाथ गौतमको सम्मानस्वरुप पुस्तकालयमा उहाँको तस्विर राख्ने र बजार क्षेत्रका साइनबोर्डमा लेखिने भाषा शुद्ध बनाउन भाषा सुधार अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *