विश्वकप शुरुवातको कथा

  
  प्रकाशित मितिः बुधबार, असार ६, २०७५       | 400 Views   ||

विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्र्तराष्टिूय फुटबल महासंघ फिफासँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्टिूय फुटबल संघहरूको विकाससँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्टिूय फुटवल संघको रूपमा इङल्याण्ड फुटवल एसोशियसन गठन भइसकेको थियो । केही वर्ष पछि अरू देशमा पनि धमाधम राष्टिूय फुटबल संघहरू स्थापना हुन थाले ।

यसरी फुटबल खेल र त्यसका राष्टिूय संघहरूको बिस्तार हुँदै गएपछि एउटा अन्र्तराष्टिूय फुटबल संघको आवश्यकता सर्वत्र महशुस हुन थाल्यो । यहि खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्विडेन र स्विजरल्यान्ड समेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भएरु। यहि भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था अन्र्तराष्टिूय फुटबल महासंघ (फेड्रेशन इन्टरनेशनल(डे फुटबल एसोसियसन) फिफाको औपचारिक गठन भयोरु।

ईङल्याण्ड दुई बर्ष पछि फिफा सदस्य बन्योरु। त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सय भन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल शुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलो पटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्र्तराष्टिूय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सिमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चुलिदैं जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफाले युगान्तकारी निर्णय ग¥यो ।

हरेक चार÷चार बर्षको अन्तरालमा फिफा सदस्य देशहरू बीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकाल्यो । अनि अर्को बर्ष सन् १९२९ को बार्सिलोना फिफाले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान ग¥यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एकलाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारियोमा १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिको बीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देश संख्या जम्मा ४१ थियो । त्यो बेला छनोटचरण प्रतियोगिता पनि भएको थिएनरु। विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा १३ देश मात्र सहभागी थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकाले उनीहरू बीच छनोट चरण प्रतियोगिता गराइएको थियो र फाइनल प्रतिष्पर्धाका लागि १६ देश छनोट भएका थिए ।

त्यसपछि लामो समयसम्म छनोटचरण र त्यहि १६ देश बीचनै फाइनल प्रतिष्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महशुस हुन थाल्योरु। फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पु¥याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पु¥याइएको हो । हाललाई यहि
संख्या कायम राखिएको छ ।
रुस २०१८ वल्र्डकप
२०१८ फिफा विश्वकपको २१ औँ संस्करण एक अन्र्तराष्टिूय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ देखि (जेठ ३१ देखि असार ३० सम्म) जुलाई १५सम्म रसियामा सञ्चालन भइरहेको छ । जसको फाइनल खेल २०१८ जुलाई १५ (असार ३० मा ) खेलिने छ ।

रसियाले पहिलोपटक विश्वकप फुटबलको आयोजना गर्न लागेको हो । यसपटकको विश्वकपमा ब्राजिल, अर्जेन्टिना,जर्मन,स्पेन,फ्रान्सलाई प्रमुख दावेदारको रुपमा लिएको छ । अहिलेससम्म प्रथमचरणको खेलमा फ्रान्स,जर्मनी, स्पेन,पोर्चुगल अर्जेन्टिना,आइसल्याड,ब्राजिल,स्विजरल्याड लगायतका देश बीचको खेल भइसकेको छ । अहिले प्रारम्भिक खेलहरुमा मान्छेले अनुमान गरे भन्दा फरक नतिता देखिएकाले पछिका खेलहरु अझ रोचक बन्ने देखिएको छ ।

यो इतिहासकै सबैभन्दा खर्चिलो विश्वकप प्रतियोगिता हुने अनुमान गरिएको छ । ब्राजिलमा आयोजना भएको २०१४ फिफा विश्वकपलाई पछि पार्दै यस विश्वकप प्रतियोगिता आयोजनाको लागि ११.८(१४ बिलियन अमेरिकी डलरको बजेट छुट्याइएको छ । यस विश्वकप फुटबलका लागि ३२ राष्टूका टिमहरू मुख्य प्रतियोगितामा सहभागी छन ।

जस मध्ये ३१ छनौट भएर आएका छन भने १ आयोजक राष्टू हो । जर्मनीमा आयोजना भएको २००६ विश्वकप पछि युरोपमा आयोजना हुन लागेको यो पहिलो विश्वकप हो ।समग्रमा युरोपमा आयोजना भएको यो ११ औँ विश्वकप प्रतियोगिता हो । रसियाका ११ शहरहरूका १२ स्थानहरूमा जम्मा ६४ वटा म्याच खेलिने छ । विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर रहेको छ । यो राशी सन् २०१४ को तुलनामा १२ प्रतिशतले वढि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *