दाङमा सहकारी आकर्षण

  
  प्रकाशित मितिः बुधबार, असार ६, २०७५       | 167 Views   ||


रिता लामा, दाङ ÷समूहमा काम गर्नका लागि भन्दै जिल्लामा धमाधम सहकारी खुल्ने क्रम जारी छ । पछिल्लो समय जिल्लामा सहकारीको स्थापना र त्यसमा लगानी पनि बढ्दो छ । सहकारी कार्यालयको तथ्याङ्क अनुसार दाङमा सक्रिय भएर काम गरिरहेका करिब साढे ६ सय सहकारी छन् । जसमा पौंने तीन अर्वको लगानी रहेको बताइन्छ । जिल्ला सहकारी डिभिजन कार्यालयका अनुसार अहिले जिल्लामा ६ सय २७ सहकारी सक्रिय भएर काम गरिराखेको अवस्थामा छन् ।

गत असारदेखि कार्यालयले नयाँ सहकारी दर्ता गरेको छैन । सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गरे पछि मात्र सहकारी दर्ताको काम अघि बढाइने कार्यालयले जनाएको छ । अब असारपछि मात्र सहकारी स्थानीय तहमा हस्तान्तरणको काम गरिने बताइएको छ । जिल्लामा हाल बचत तथा ऋण सहकारी,बहुउद्देश्यीय सहकारी, कृषि सहकारी, दुग्ध सहकारी, उपभोक्ता सहकारी, तरकारी उत्पादन, विद्युत, माहुरी, स्वास्थ्य, पशुपंक्षीपालन, सुचना तथा संचार, मत्स्यपालन, शिक्षा, सामाजिक उद्यमी तथा जडीबुटी सहकारीहरु सक्रिय रहेकाछन । जसमा २ अरव, ८२ करोड, ५७ लाख, ८८ हजार लगानी रहेको डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

डिभिजन सहकारी कार्यालयका प्रमुख विनोदकुमार पौडेलका अनुसार जिल्लामा स्थापना भएका सहकारीहरु मध्ये सबै भन्दा धेरै बचत तथा ऋण सहकारीमा १ अर्ब ८४ लाख रुपैंयाँ लगानी रहेको छ भने ४१ करोड सेयर पूँजी रहेको छ । यस्तै कृषि सहकारीमा पनि मोटो रकम लगानी गरिएको छ । जसमा ६० करोड, ९४ लाख लगानी र १६ करोड, ७२ लाख सेयर पुजि रहेको भने बहुउद्देश्य सहकारीमा १८ करोड, ५७ लाख लगानी र ५ करोड, ७४ लाख सेयर पूँजी रहेको छ । यस्तै विद्युत सहकारीमा १२ करोड २९ लाख लगानी १८ लाख ९५ हजार सेएर पुजी रहेको छ । तर शिक्षा, स्वास्थ्य र जडिबुटीमा भने केही रकम शेयर पुँजीमा राखिएपनि लगानी शुन्य छ ।

ऐन अनुसार उपमहानगरमा १० प्रतिशत, नगरपालिकामा ७ प्रतिशतका दरले आम्दानी बुझाउनु पर्ने व्यवस्था गरिएको छ । दाङमा करिव १ लाख ४८ हजार ७ सय ७८ जना सहकारीमा आबद्ध छन । जसमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । तथ्याङ्क अनुसार दाङमा ८२ हजार १५ महिला र ६६ हजार ७ सय ६३ पुरुषहरु सहकारीमा आबद्ध रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *