भूमि पुज्दैं नाँचिने भूमे नाँच

  
  प्रकाशित मितिः बुधबार, असार ६, २०७५       | 205 Views   ||

जनक नेपाली  दाङ, अघिपछि त्यति चहलपहल नदेखिने घोराही बसपार्क केहिदिन यता निकै चहलपहल देखिन्छ । उमेरले डाँडा काटेका बुढाबुढीदेखि नौजवान ठिटा(ठिटीको एकै ठाउँको जमघटले वातावरणलाई रोचक बनाइराखेको छ । फागुन,चैत्रमा फुल्ने गुँरासझै राता गुन्यो चोलीमा युवतीहरु सजिएका हुन्छन् । गीत मार्फत माया प्रेमका कुरा एक आपसमा साटेर विगतको सम्झना गर्छन र अन्नवाली सप्रियोस भनेर भूमे पुजा गर्छन् ।

विशेषगरी मगर समुदायले हरेक बर्ष असार १ मा भूिमको पुजा गरेर प्राकृतिक विपत्त आइनलागोस् र लगाएको वाली सप्रियोस भन्ने मनोकांक्षा राख्छन् । यहि सन्र्दभमा गाउँका सबै जम्मा भएर भोज चलाइन्छ र खुसी मनाउगदैं लहरै नाच्ने गरिन्छ जसलाई भूमे नाच भन्ने गरिन्छ । दाङमा पनि केही बर्ष यतादेखि भूमे पर्वलाई विशेष रौंनकताका साथ मनाउने गरिएको छ । खासमा आफ्नो जन्मथलो रोल्पा, रुकुमबाट दाङ बसाईसराई गरी आएका मगर समुदायले यस पर्वलाई भव्यताका मनाउने गरेकाछन् ।

मगर संघ दाङका सदस्य वीरमान बुढामगरका अनुसार भुमे पुजाको दिन बिहान बसपार्कको छेउमा रहेको भुमेथानमा सबै जम्मा हुन्छन र त्यहाँ पाँठो पुजा गरेर काट्छन र प्रसादका रुपमा सबैले जाँड,रक्सीसँगै ग्रहण गर्छन अनि नाँचगान शुरु गर्छन् । भुमे पुजापछिको नाँच पाँच दिनसम्म चल्ने वीरमानले बताउनु भयो । वीरमानका अनुसार पुजामा चढाइएको पाँठोको मासु प्रसादका रुपमा सबैका घरमा पु¥याउने चलन रहेको छ । उमेर पुगेका अधिकांस बुढापाकाहरुले भुमे पुजाको प्रसाद बाँचेकाले मात्र खान पाउने भन्दै अर्काे भुमे पुजासम्म बाँचिन्छ या बाँचिदैन भन्दै खाने र रमाउने गरिन्छ यहिनै यो पर्वको महत्व हो वीरमानले भन्नुभयो ।

बाजागाँजा सहित गाउँने र नाच्ने भूमे नाँचमा १२÷१३ ताल हुने मगर संघका अध्यक्ष सितला पुन मगर बताउनु हुन्छ । सोहि अनुसार ताल फेरि,फेरि नाच्ने गरिन्छ सितलाले भन्नुभयो । पहिले÷पहिले भुमे पुजामा कुनै केटीलाई कुनै केटाले मन पराए तानेर विवाह गर्ने चलन पनि थियो तर अहिले भने त्यो हटे्को अध्यक्ष सितला पुनले बताउनु भयो । गाउँमा घाँस,दाउँरा गर्दा आफ्ना दौतरीसँग बसेको प्रेमलाई युवतीले गीतमा उतारेर गाउँने चलन यस भूमे नाचमा हुन्छ सितलाले भन्नुभयो । जन्मथलो छोडेर टाढा गएका र आफन्त बाल सखासँग बिछुट्टिएकाहरु यस दिनमा जम्मा हुने प्रचलनले गर्दा पनि यो पर्व युवायुवती देखि बृद्धसम्मका लागि विशेष महत्वको रहन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *