बड्हराका स्थानीय टिप्परबाट पिडित

  
  प्रकाशित मितिः बुधबार, असार ६, २०७५       | 186 Views   ||

जनउभार दाङ । बिहान ८ बजे घोराही होलेरी सडक खण्डको बडहरा चोक टिप्परले खचाँखच भरिएको थियो ।गाडी चेकिङमा खटेका टूाफिक प्रहरीलाई त्यो व्यवस्थापनका लागि निकै हम्मेहम्मे नै परेको थियो ।
पहाड नै बोकेर आएका जस्ता देखिनेलाई टिप्परलाई सामान्य सोधपुछ गरी पठाउँने काम भएको प्रष्ट देखिन्थ्यो । यो दृश्य थियो रोल्पाबाट तुलसिपुर १८ दुधरास स्थित सोनापुर सिमेन्ट उद्योगमा चुन ढुङ्गा ल्याएर आउँने टिप्परको । दिनहु सडकमा गुड्ने यी टिप्पर कारण घोराही १३ का स्थानीय बासिन्दा आक्रन्त बनेका छन् । सिमेन्ट उद्योगमा संचालित टिप्परका कारण घरबास नै उठीबाँस लाग्ने अबस्था आएको घोराही १३ का स्थानीय टेमन वुढाले जानकारी दिनुभयो ।
सडकमा क्षमता भन्दा दोब्बर चुन ढुङ्गा बोकेर हिड्दा पनी कुनै निकायले यस तर्फ चासो नदिएको बुढाले जानकारी दिनुभयो । होलेरी,बडहरा, तेरौटे रतनपुरहुदै सोनापुर सिमेन्ट उद्योग सम्म पुग्ने टिप्पर नियन्त्रणका लागि कसैले चासो नदिएको वताउँनुभयो ।
जस्का कारण यस क्षेत्रमा बस्दै आएका सर्बसाधारणको दैनिकी समस्या ग्रस्त बनेको स्थानिय गाउँलेहरुले वताएका छन । टिप्परका कारण घरमा बसि सक्नु छैन राती घर भित्काउँने गरी सडकमा टिप्पर कुद्छन् । वडहराकी स्थानीय राधा केसीले बताउँनुभयो । राती घरमा सुतेको बेला पनि पलङ भाचिन्छकी भन्ने गरी सडकमा टिप्पर दैडिन्छन् केसीले भन्नुभयो ।
धुलोकै कारण स्थानीय र उद्योगबीच विवाद पनि बढ्न थालेको केसीले वताउँनुभयो उक्त सडक कालोपत्रे गर्ने विषयमा पटक पटक छलफल भएपनि अहिले सम्म त्यो कार्यान्वय हुन नसेको वडहराकै अर्का स्थानीयवासी घनश्याम शर्माले वताउँनुभयो ।
२०६८ देखि सञ्चालनमा आएको उद्योगले दैनिक १ हजार ५० टन क्लिङ्कर उत्पादन गर्दे आएको छ । यता अस्थायी प्रहरी पोष्ट वसपार्कका प्रहरी सहायक निरिक्षक मानबहादुर महराले दैनिक २० देखि ३० वटा टिप्परलाई कारवाही गर्दै आएको वताउँनुभयो । घोराही होलेरी सडक खण्डमा दैनिक ७० वटा टिप्पर दैनिक आउँने जाने गर्दछन् तर ती सबै टूाफिक नियम विपरित छन महराले भन्नुभयो । हामी संग लोड तौल गर्ने कुनै काँटा छैन नियम विपरित भए नभएको हेरेरै जरिमाना गर्छाै उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *