घोराहीको प्राथमिकता पूर्वाधार

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 315 Views   ||

पाण्डव शर्मा, घोराही ,

घोराही उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । उप–महानगरले भित्री चक्रथ निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

आगामी आ.व.का लागि नीति तथा कार्यक्रम प्रस्तुत गदैं उपमहानगरले प्रमुख खोलाहरुको दायाँबायाँ करिडोर सड्कको अवधारणा ल्याएको छ । ‘सडक सञ्जालको विकास बिना उप–महानगरको समुचित विकास हुन सक्दैन,’ मेयर नरुलाल चौधरीले भने, ‘आगामी आव पूर्वाधार निर्माणको बर्ष हुने छ ।’घोराही उप–महानगरले आगामी आ.व.का लागि एक अर्ब ४९ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ । उप–महानगरको आइबार घोराहीमा बसेको तेस्रो नगरसभाले आगामी आर्थिक बर्षका लागि चालू तर्फ ९१ करोड ५७ लाख ५ हजार बजेट विनियोजन गरेको हो । यो कूल बजेटको ६१ दशमलव ३५ प्रतिशत रकम हो । पूँजीगत तर्फ ५७ करोड ६ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ३८ दशमलव ६५ प्रतिशत हो ।

आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान ३२ करोड ४६ लाख रुपैयाँ उल्लेख गरिएको छ । उप–महानगरले राजश्व बाँडफाँड २१ करोड ६९ लाख ८५ हजार र शसर्त अनुदान ४४ करोड ८१ लाखको प्रक्षेपण गरेको छ । त्यसैगरी,प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानमा ७३ लाख १३ हजार राजश्व बाँडफाँडमा २ करोड ८९ लाख ८५ हजार र शसर्त अनुदानमा १ करोड ३३ लाख रुपैयाँ आएको उपप्रमुख सिता सिग्देल, न्यौपानेले सभामा जानकारी दिइन् ।
त्यसैगरी उपमहानगरपालिकाको आन्तरिक राजश्वमा १९ करोड,लागत सहभागीता ५ करोडको अनुमान गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम,सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आयको अनुमान गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन ।

तुलसीपुरमा गौरवका योजनालाई ३० करोड
तुलसीपुर उप–महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण गर्न नगर र वडास्तरीय गौरवका योजना सञ्चालन गर्ने भएको छ ।
ती योजना शुरु गर्न आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिने छ । उप–महानर स्वंय आफै र सबै वडामा गौरवका आयोजनाहरु सञ्चालन गरिने मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

‘अब टुक्रे बजेटले उप–महानगरको विकास हुन सक्दैन,हामी सबै वडामा देखिने गरि कुनै न कुनै ठूला आयोजनाहरु अघि बढाउँछौं,’ उनले भने, ‘ती योजनाहरु सम्पन्न गर्न उप–महानगरले आफै केन्द्र तथा स्थानीय सरकार र दातृनिकायसँग सहकार्य गर्ने छ ।’
उप–महानगरले तुलसीपुरमा निमार्णाधीन बसपार्कलाई आधुनिक, सुविधा सम्पन्न र प्रविधिमैत्री बनाउन आगामी आ.वका लागि १० करोड रुपैयाँ विनियोजन गरेकोछ । आधुनिक तुलसीपुर अटो भिलेज निर्माण गर्न थप एककरोड रुपैयाँ विनियोजन गरिएको पाण्डेले जानकारी दिए । उप–महानरका सबै वडाहरुलाई जोड्ने गरी चक्रपथ निर्माण गर्न थालिएको उनले जानकारी दिए । ‘आगामी आ.व.का लागि तुलसीपुर चक्रपथ निर्माणमा प्रदेश सरकारको तीन करोड र उप–महानगरको दुई करोड गरी पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।’
उप–महानगरमा आधुनिक बधशाला र मिटमार्ट निर्माणका लागि प्रदेश सरकारको दुई करोड र उपमहानगर, निजी क्षेत्र र सहकारीको साझेदारीमा दुई करोड गरी कुल चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगर पालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागी आइतबार एक अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । पूँजीगत विकास, नगर, वडास्तरीय पुर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागी रु १ अर्ब ४२ करोड ९२ लाख ७३ हजार २ सय ७ रुपैया र चालू खर्च अन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु १४ करोड १९ लाख १८ हजारको बजेट उप–प्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *