पेटबाट निकालियो २ सय ६३ सिक्का

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 186 Views   ||


भारतका मध्यप्रदेशका मक्सुद खान नामका एक व्यतिmको पेटबाट डाक्टरहरुले सयौं सिक्का र काँटी निकालिदिएकाछन् । ३५ बर्षे ति मान्छेले पेट निकै दुख्यो भनेपछि उनलाई मध्यप्रदेशकै सञ्जय गान्धी अस्पताल पु¥याइएको थियो । शल्यक्रिया मार्फत ती मानिसको पेटबाट सर्जनहरुले २ सय ६३ सिक्का, १०० काँटी र दर्जनौं ब्लेडका पत्ता निकालिदिएका छन । उनमा फलाम लगायत यस्तै अनौठा चिजबीज खाने बानी रहेको थियो ।
पेटको शल्यक्रियामा संलग्न प्रमुख डाक्टर प्रियंका शर्माका अनुसार ‘बिरामीले पेट दुख्यो भन्दै आएका थिए । हामीले उनलाई इन्डोस्कपी गरायौं । तर इन्डोस्कपी गर्दा उनको पेटमा सिक्का,काँटी र नट ब्वल्ड पाउँदा आत्तियौं ।ु उनले आफ्नो जीवनमै पहिलोपटक यस्तो देखेको बताए । खान परिवारले उनले डिप्रेसनका कारण फलामका वस्तु खान थालेको बताए पनि उनको यस्तो अनौठो बानी बारे कसैलाई भनेका थिएनन् ।
डूाइभिङ पेशा अंगाल्दै आएका खान ग्राहकले दिने पैशा खाँदै आएका थिए । उनले तीन महिनादेखि आफ्नो पेट दुख्न थालेको बताउँदैं आइरहेका थिए । यति हुँदाहुँदै पनि उनको भित्री अंगमा केही हानी नहुँदा उनी सकुशल रहेको डाक्टरहरुले वताएकाछन् । शल्यक्रियामा संलग्न एक डाक्टरले भने, ‘काँटीले घोचेको उनको पेटको शल्यक्रिया तुरुन्तै गर्नुपर्ने थियो । काँटीकै कारण रगत बग्दा उनको शरीरबाट हेमोग्लोविन कम भइरहेको थियो ।ु शल्यक्रिया पछि खानले अब आइन्दा आफूले फलाम नखाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *