रारादेखि बर्दिया निकुन्जसम्म

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 239 Views   ||

पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ । नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्टिूय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्सिंगा एकै साथ हेर्न सकिने स्थल शुक्लाफाँट राष्ट्रिय निकुन्ज यहाँ छन् ।

रारा ताल

रारा तालको सौन्दर्यबाट मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए रारा कि अप्सरा । हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरताबाट लन्छिन् ।
मुगु जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उचाईमा रहेको छ । जंगलको बीचमा रहेको रारा हेर्न आउने आन्तरिक पर्यटकहरु पछिल्ला दिनमा बढिरहेकाछन् । तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यहाँबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीयअरु बताउँछन् ।

यो तालमा विश्वमै अन्यत्र नपाइने स्नो टूाउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ । मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ । रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिन्छ । हिउँदमा यहाँ हिउँले ढाकिएको हुन्छ भने बैशाख,जेठमा फूलै फूलले सजाएको हुन्छ । साउन,भाद्र महिनामा भने हरियालीका कारण निकै मनमोहन देखिएको हुन्छ रारा ।
मानसरोवर जाने पर्यटकको समेत गन्तब्यस्थलमा रारालाई जोड्न सकियो भने पश्चिम नेपालकै पर्यटन क्षेत्रको कायापलट हुन सक्ने भिजिट कर्णालीका प्रवन्ध निर्देशक राजु कार्की बताउँछन् । उनी भन्छन ‘सिमीकोटमा नियमित हवाई उडान नहुँदा समस्या हुन्छ, यसलाई अलि सुधार गर्ने हो भने राराको मात्र नभएर समग्र पश्चिमकै पर्यटनमा क्षेत्रमा बहार आउने छ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज

तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो वर्दिया । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थान मानिन्छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको बीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो । निकुन्जको ७० प्रतिशन क्षेत्र साल र यसको सहायक प्रजातिका वनले ढाकिएको छ भने बाँकी ३० प्रतिशत घाँसे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने गर्दछ ।
वर्दिया राष्ट्रिय निकुन्जका लागि मात्र नभएर थारु संस्कृतिका लागि निकै प्रख्यात छ । बर्दियाको डल्लामा खोलिएको होमष्टे पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आर्कषण हो । बर्दिया राष्ट्रिय निकुन्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसावले निकै प्रख्यात रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *