पाचन प्रक्रियालाई चुस्त बनाउन के गर्ने ?

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 250 Views   ||

जीवनशैलीले पाचन प्रक्रियामा भूमिका खेल्छ । खाना,पानीको मात्रा, फाइबरयुक्त खाना, नियमित व्यायाम जस्ता कुराले पाचन प्रणालीमा सीधा प्रभाव पार्छ ।

फाइबरयुक्त खाना

पाचन प्रक्रियालाई बलियो बनाउन फाइबरयुक्त खाद्यपदार्थको प्रयोग अत्यावश्यक हुन्छ । त्यसका लागि अनाज,फलफूल, फाइबरयुक्त तरकारीको प्रयोग गर्नुपर्छ । फाइबरयुक्त खानाले पाचन प्रणालीलाई बलियो बनाउनुका साथै कब्जियतको समस्या पनि समाधान गर्न भूमिका खेल्छ ।

फ्याट

सामान्यतया बोसोयुक्त खानाले पाचन प्रणालीलाई ढिलो बनाउन भूमिका खेल्छ । यसले कब्जियतको समस्या पनि निम्तिन सक्छ । तर, फ्याटलाई खानामा थोरै(थोरै प्रयोग गर्न भने जरुरी हुन्छ । बोसो र फाइबरयुक्त खाद्यपदार्थ सँगसँगै प्रयोग गर्दा राम्रो हुन्छ ।

समयमा खाना

पाचन प्रणालीलाई बलियो बनाउन निश्चित समयमा खान पनि जरुरी हुन्छ । ब्रेकफास्ट,लन्च,स्न्याक्स, डिनर गर्ने सयम निश्चित भएमा पाचन प्रणालीमा सुधार आउँछ ।

पानी

शरीरका लागि पानी अत्यावश्यक हुन्छ । यसले पाचन प्रणालीलाई पनि चुस्त राख्ने काम गर्छ । शरीरमा पानीको मात्रा कम भएमा कैयौँ रोग लाग्ने गर्छ । त्यसैले आवश्यकता अनुसार नियमित पानीको प्रयोग गर्नुपर्छ ।

मदिराबाट टाढा
नशाको बानीले शरीरमा कैयौँ शारीरिक समस्या निम्त्याउने गर्छ । मदिरा, कफिन, धूम्रपान लगायतका पदार्थले पाचन प्रणालीमा सक्रियतालाई कम गर्छ । तनावले पाचन प्रणालीलाई पनि प्रभावित पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *