सामुदायीक भन्दा संस्थागत अब्बल

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 369 Views   ||

सन्तोष अधिकारी,दाङ

एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि कुन विद्यालयले कस्तो नतिजा ल्याए भन्ने चासोको विषय बनेको छ । माध्यामिक शिक्षा परिक्षाको परीक्षा शनिवार प्रकाशित भए लगत्तै जिल्लाका विद्यालयहरु आफ्नो विद्यालयको नतिजा हेर्नमै व्यस्त रहेकाछन् । अहिलेसम्मको नतिजा अनुसार सामुदायीक विद्यालय भन्दा संस्थागत विद्यालयको नतिजा राम्रो देखिएको छ ।
जिल्लामा रहेका संस्थागत तथा सामुदायीक विद्यालयले विगतको परीक्षाफलका आधारमा नाम कमाएका विद्यालयको यसबर्ष परीक्षाफल राम्रो आउँन सकेन । कतिपय विद्यालयको नतिजा भने सन्तोषजनक रहेको छ । संस्थागत विद्यालय तर्फ घोराहीको जनज्योति विद्यामन्दिरका सन्देश श्रेष्ठ र हिमांशु योगीले ३.९० जिपिए ल्याउन सफल भएका छन भने छात्रा तर्फ सेरिना विएम, समीक्षा थापा र श्रेया लोहनीले ३.८० जीपिए ल्याएको विद्यालयले जनाएको छ ।

एक सय २७ जना विद्यार्थीलाई एसईई परीक्षामा सामेल गराएको विद्यालयले २६ जनाले ए प्लस, ६५ जनाले ल्याएको विद्यालयका प्रिन्सिपल पिताम्वर शाहले जानकारी दिए । त्यसैगरी घोराहीकै माउन्ट भ्यु ई बोर्डिङ स्कुलका अनुपम अधिकारीले पनि ३.९० जीपिए ल्याएको विद्यालयका प्रिन्सिपल टेकनाथ अधिकारीले जानकारी दिए । त्यसैगरी छात्रा तर्फ विजेता रेग्मीले ३.८० जिपिए ल्याएकीछिन् । विद्यालयले ७६ जनालाई परीक्षामा सामेल गराएकोमा ११ जनाले ए प्लस तथा २१ जना ए श्रेणीमा उत्तिर्ण भएको अधिकारीले जानकारी दिए । अन्य विद्यालयको भने जिपिए कम रहेको छ ।
त्यस्तै घोराही गोरखा बोर्डिङ स्कुलका अस्मी मल्लले ३.९० जीपिए ल्याएको विद्यालयका प्रिन्सिपल मानसिङ पुन,मगरले जानकारी दिए । विद्यालयका अनुसार ए प्लस ल्याउनेमा ६ जना र ए ग्रेड ल्याउनेमा ३५ जना रहेकाछन् । उता तुलसीपुर क्षेत्रका संस्थागत विद्यालयको अहिलेको परीक्षाफल अनुसार स्थिति खस्किएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार तुलसीपुरको हिमाल एकेडेमीले ३.९० जीपिए ल्याएको विद्यालयले जानकारी दिएको छ । बिगतमा राम्रो नतिजा ल्याएका तुलसीपुरका संस्थागत विद्यालयहरुको नतिजा यसपटक भने खस्किएको छ ।
त्यसैगरी घोराही क्षेत्रका सामुदायीक विद्यालयमा धेरैको परीक्षाफल राम्रो नआएको बुझिएको छ । दाङकै जेठो पद्योदय पब्लिक नमुना माध्यामिक विद्यालयबाट अनु शर्मा र अमित यादवले समान ३.८० जीपिए ल्याएको विद्यालयका सहायक प्रधानध्यापक लोकबहादुर बस्नेतले जानकारी दिए । उता तुलसीपुरको माध्यामिक विद्यालय तुलसीपुरबाट असिम आचार्यले ३.८० जीपिए ल्याएकीछिन् ।

विद्यालयले दिएको जानकारी अनुसार १ सय ३५ जनाले परीक्षा दिएकोमा ३ जनाले एप्लस तथा १४ जनाले एग्रेड ल्याएको विद्यालयले जनाएको छ । त्यस्तै तुलसीपुरकै गुरुजजुर माध्यामिक बिद्यालय रक्षाचौरको परीक्षाफल गत वर्ष भन्दा खस्किएको विद्यालयले जनाएको छ । १ सय ५५ विद्यार्थी सम्मिलित परीक्षामा १ जनाले मात्र ए प्लस ल्याएका छन भने ३ जना ए ग्रेडमा पास भएकाछन् । गुरुजजुर माध्यामिक विद्यालयबाट ३.७ जिपिएका साथ स्वस्तिमा न्यौपाने अग्रस्थानमा रहेको गोपाल बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *