एक महिना भित्र चौबिसै घण्टा विद्युत

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 148 Views   ||

भुपेन्द्र वली, दाङ ÷ जिल्लाको बबई गाउँपालिकाको हापुरेस्थित सवस्टेशनमा खेर गइरहेको ३० मेगाभोल्ट विद्युत प्रसारण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
स्थानीयको अवरोधका कारण विगत १ बर्ष यता उक्त क्षमताको विद्युत स्टेशनमै डम्प भएर खेर गइरहेको थियो । स्थानीयले आफनो जग्गामा पोल गाड्न नदिएपछि विद्युत प्रसारणको काम अघि बढ्न सकेको थिएन । संवाद समूहको समन्वयमा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख मनोजकुमार सिंह,बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेल र शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी एवं विद्युत प्राधिकरणको तुलसीपुर र घोराही शाखाका प्रमुखहरुले स्थानीयसँगको छलफलपछि पोल गाड्ने तयारी शुरु गरिएको तुलसीपुर शाखाका प्रमुख दिपकजङ चौधरीले जानकारी दिए ।

हाल लमहीस्थित स्टेशनबाट आएको एउटा मात्र विद्युत प्रसारण लाईनका कारण अनौपचारिक रुपमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदै तुलसीपुर शाखाका प्रमुख चौधरीले डम्पिङ भइरहेको विद्युत वितरण हुन सके दाङ र आसपासका जिल्लामा २४ सै घण्टा विद्युत आपूर्ति हुन सक्ने वताइएको छ । ‘
तुलसीपुर स्टेशनको ९ मेगाभोल्टबाट हाल ३५ हजार घरधुरीलाई विद्युत आपूर्ति भइरहेको छ ।’ उनले भने ‘३० मेगाभोल्ट विद्युत लाईन सुचारm भएमा त्यसले लाखौ घरधुरीलाई २४ सै घण्टा विद्युत आपुर्ति गर्ने क्षमता राख्दछ । ’ उक्त विद्युत प्रसारण लाईन आसपासका स्थानीय एवं तुलसीपुर उपमहानगरपालिका, रोल्पा र सल्यानसम्म प्रदान गरिने चौधरीले जानकारी दिए ।

आगामी दिनमा स्थानीयले अवरोध नगरे करिब १ महिनामा ९० प्रतिशत काम सकिने विद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रमुख चौधरीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका दोघरेस्थित कृष्ण मन्दिरसम्म २०, २२ दिनमा पोल गाड्न सकिने र बचेको समयावधि भित्र काम सकेर करिब १ महिनामा विद्युत प्रसारण गर्न सकिने जानकारी उनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *