आयात विर्द्धिले विदेशी मुद्रा सञ्चितिको अवास्था दयनीय

काठमाडौं । आयात र व्यापारका लागि कर्जा नदिने शर्तमा स्थानीय तहको बैंक खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था सोमबारबाट लागू भएको छ । राष्ट्र बैंकका पछिल्ला नीतिहरु आयातमाथि तरबार बनेका छन् ।

चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको थियो । त्यसपछि १३ मंसिरमा विदेशी मुद्रा सटहीमा कडाइ गर्‍यो भने सुनचाँदी आयातमा पनि कडा नीति लियो । आयात निरुत्साहित गर्न ५ पुसमा राष्ट्र बैंक अझ कडा रुपमा प्रस्तुत भयो ।