सगरमाथा छोएको क्षण

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 623 Views   ||

नियात्रा
भेषराज रिजाल

कुदिरहेछौँ सुनकोशीको किनारै किनार ।
सुनकोशीको निलो पानीमा अडिँदैन नजर । नदी वारिपारिका बस्तीहरूमै पुग्छु म घरिघरि । तर, सुख्खा र रातो माटोका झुप्राहरूमा देखिँदैनन मानव आकृति । झुप्रे बस्तीमा चलमलाउँदैनन्
पशुपन्छी । अनि त, निर्जन पाखोको एकलासलाई छोडेर सुनकोशीमै हाम्फाल्न विवश छ मेरो नजर ।
बगरमा बैँस सुकाइरहेका महिला र बाल्यकाल पानीमै बगाइरहेका केटाकेटी देखिन्छन् सुनकोशी किनारमा । सुनकोशीको सुनौलो बगरमा रजाइँ गरिरहेछन् केही थान टिप्परहरू । प्राकृतिक वैभव भन्दा दयनीय मानवीय चहलपहल चस्किरहेछ आँखाभरि,मुटुभरि । र त, सुनकोसिसँग रत्तिभर रत्तिएको छैन मन ।
त्यत्रो नदी किनारमा एकछिन भुल्नमिल्ने सानो बेंसी छैन । सानो कुलो कुल्याएर लैजान मिल्ने खेतका एकाध गह्रा छैनन् । सोच्छु, अलिकति माछा किरा देखाएर लोभ्याउँदै नजिकका बस्तीहरूलाई सधैँ गरिबीमा भुलाउन चाहन्छ सुनकोशी ।
सुख्खा पाखो भत्काउँदै बाटो बनाइरहेछ एउटा डोजर । ढुंगामाटो निश्चित ठाउँमा फालेर प्रकृति संरक्षण गर्नुपर्ने सामाजिक दायित्व बिर्सेर जथाभावी भत्काइरहेछ त्यसले । निर्ममतापूर्वक चरचरी चिरिरहेको पहाड हेरेर सोच्छु, मुटु सुकेको सुख्खा पहाडसँग रूनलाई एकथोपा आँसु पनि छैन होला यतिखेर ।
खुर्कोटबाट छिरेर ग्वालटार, बलेनी, सुलिभञ्ज्याङ, कुखुरेटार,च्याकुटार हुँदै घुर्मी पुग्दासम्म मेरो मनभरि सुसाइरह्यो सुनकोशीको चिसो सिरेटो ।
सुनकोशी तरेर हर्कपुर पुगेपछि बल्ल एकचिम्टी हर्ष थपियो मनमा । सुनकोशी र दूधकोशीको संगम हेर्न आतुर मनमा पोतियो फागुको एकमुी रङ । दूधकोशीको मायालु स्पर्शले तरङ्गित सुनकोशी देखेर झङकृत भयो मेरो तन,मन । दूधकोशीको सुसेली सुनेर जागृत भयो हृदय(नयन । प्रकृतिसँग रमाएको क्षण मेरो खुसीमा संसारै नाचेझैँ लागिरहेथ्यो मलाई ।
उच्चा शिखर उनीएका महाभारत पहाडसँग धेरैचोटी हुन्छ हेराहेर र मौन सम्वाद । पहाडी थुम्कोमा जोगिएको झुप्पे वन हेरेर हामीले त्यसको नाम राखिदिएथ्यौँ टोपीडाँडा । आकास छुन उचालिएको त्यस्तै डाँडाहरूको भरिलो यौवन हेर्न लालायित भइरहेथे नजर ।
जब दुब्ला गाईवस्तु र बाख्रापाठाको रुञ्चे अनुहार देखिन्छ तब, रुखो पहाडप्रति रोष ओकल्न मन लाग्छ मलाई । सुख्खा भएर पनि कहिल्यै निरस नहुने पहाडको अटल स्वाभिमान देखेर भने तानिन्छु म त्यही बूढो पहाडतिरै । त्यसलाई हेरेर एउटा तर्कले गद्गद् हुन्छु( राष्टिूयताको स्वाभिमान सहित मातृभूमिको रक्षा गर्ने संघर्षशील जिन्दगी दिएको छ पहाडले आफ्ना सपुतहरूलाई ।
भूकम्पमा भत्केका घरहरूको भग्नावशेष देख्दा भत्केझैँ लागेथ्यो मेरो मन पनि । भूकम्पले चर्केमर्केको घरमा बसिरहेका गरिब दुःखीका चिसा रातसँग कचपल्टिएको पहाडी मनको पीडा चस्किन्छ मेरो छातीमा । पुनर्निर्माण भइरहेका एकाध घर हेरेर चित्त बुझाएथेँ, विपद् भोगेको दुनियाँले सिक्ला नि सजगताको पाठ अब त ।
जयरामघाट हुँदै हलेसी जाने बाटोलाई हिलेपानीको चौबाटोमै छोडेर हामी उक्लिरह्यौँ ।

मान ेभञ्ज्याङमा सुस्ताएर पूर्वी पहाडका अनुहार नियाल्दा छुट्टै हर्षले उचालिएथ्यो मन । डाँडैडाँडा उक्लेर हिउँदको चिसो छुन खोज्दा आइपुगेथ्यो केतुके । केतुकेको पाखोबाट एकछिन हिमाल नियालेथ्यौँ हामीले । अनि नियालेथ्यौँ नयाँ क्षितिज भएर हामीलाई पर्खिबसेको ओखलढुंगालाई ।गोरुमारे छोडिएपछि भेटिएथ्यो मिलनचोक । रमाइलोडाँडाबाट नजर घुमाएथेँ मैले । पूर्वेली क्षितिजमुन्तिर चिरिच्याँट्ट देखिएथ्यो रूम्जाटार उपत्यका । रामपुरलाई अर्को पाखोमा सजाएर ऐतिहासिक स्वाभिमानसँगै मुस्कुराइरहेथ्यो ओखलढुंगाबजार । काजी भीम मल्लले ओखल बनाएर धान कुटेको ढुंगोबाट जिल्लाको नामाकरण गरिएको इतिहास सम्झँदै युगकवि सिद्धिचरण श्रेष्ठको प्यारो ओखलढुंगासँग रमाउन चाहन्थेँ म । त्यसैले त, रोशी र तामाकोशी मिसिएको सुनकोशीको किनारदेखि नै कल्पिरहेथेँ ओखलढुंगे आकृति । खोजेथेँ, मृग सावकको क्रिडास्थल शीतल कविकुञ्ज । पुगेथेँ, युगकविको जन्मस्थानको सालिक र छेउको ओखलमा । मोलुङ्गखोला तरेर च्यानमसम्म पुगी नियालेथेँ ओखलढुंगे प्रकृति । अँधेरीको पाखोबाट चियाएथेँ उज्याला गाउँबस्ती ।

अस्मिता पन्थी, विपिन लम्साल, सुवास बस्नेत, तिलोचन रिमाल, ओमबहादुर कटुवाल, निवन्द श्रेष्ठ, मोहन केसी, विनोद ताम्राकार, पविन धिताल आदिका अनुहारमा नियालेथेँ ओखलढुङ्गे अपेक्षा । खोजेथेँ, पुसको ठिही भोगिरहेको पहाडको चम्किलो हँुलिया । जङ्विजय साहको मधुर स्वरका एकाध गीतमा पनि राम्ररी रमाउन सकिनँ म । मनले के के न खोजिरहेथ्यो दुइदिन सम्म ओखलढुंगामा । विप्ल्याटे, चित्रे हुँदै देउराली पुग्दा देखिएथे झन सुन्दर डाँडाथुम्का, घुम्ती, वनजंगल र मोहक क्षितिज । त्यो प्रकृति देख्दा लाग्थ्यो, वर्षौँ लगाएर बनाइएको स्वर्गभूमि हो त्यो । सङ्लो आकासको अंगालोमा बेरिँदा स्पर्शित भएथ्यो स्वर्गभूमिको स्वर्गीय आनन्द । हरिया जंगलको शीतल छाया टाँसिएथ्यो मन मथिङ्गलमा । खुला मन भएको चउरका स्वतन्त्र दृश्यसँग बुर्कुसिएथ्यौँ हामी ।

कथाकार गुरूप्रसाद मैनालीको वंशका दीर्घराज मैनाली र आयुषराज मैनाली तथा वरिष्ठ गीतकारद्वय प्रमोद ढुंगाना र भूषण खरेलको साथ पाएर झन् रमाइरहेथ्यो मेरो यात्रा । सारथिले जसरी यात्रालाई सहज बनाइरहनुभएथ्यो दङ्गाली टिठो जगतबहादुर खत्रीले । यस्तै गोरेटोमा निस्केर सुस्तरी सुन्न मन लाग्छ जीवन यात्राको पदचाप मलाई । ठाडेको उकालोमा नर्कटका झाडीलाई आँखीझ्याल बनाएर हेर्छु डाँडाको पानोरमा । बुकीको मगमग बास्नामा टहलिन मन लाग्छ मलाई । धुपीको वरपर छरिएको तुषारोको स्निग्धतामा नुहाउन मन लाग्छ मलाई । क्षितिजमा टाँगिएको निर्मल नीलिमा चलाउन मन लाग्छ मलाई । बुट्याने चउरको मखमली गलैँचामा लडिबुडी खेल्न मन लाग्छ मलाई । स्वच्छ पहाडको थुम्क्याइलो
उचाइसँगै भुलिरहन मन लाग्छ मलाई ।
गुराँसे चौतारोबाट देखिएको हिमाल चाँगेस्थानमा पुग्दा दिल खोलेर हाँसिरहेथ्यो । त्यो मोहनी हिमाली हाँसोमा मिसिन आतुर थिएँ म पनि ।
त्यहीँ बसेर सूर्योदय र सूर्यास्तको हिमाल हेर्न पाए सधैँ, शायदै चाह बाँकिरहँदो हो मेरो जीवनमा । जता जे हेरे पनि आँखा हिमालमै पुग्छन् । लाग्छ, नेपाली सभ्यताका साक्षी यी हिमाल हेरेर कहिल्यै थाक्दिनँ म । र त, हिमालसँग जोडिएका अनगिन्ती सम्पदाहरू नियाल्न मन लाग्छ सधैँसधैँ । पत्तालेमा धेरैबेर रोकिएर हिमाल हेरेथ्यौँ हामीले । आकासे रङका चिटिक्कका घरहरुको धर्तीरहेछ पत्ताले । मिहिन आलुबारीमा फिँजिएको बस्तिरहेछ पत्ताले ।
उज्याला हिमालको आँगन रहेछ पत्ताले । सफा मनका मान्छेहरूको सभ्यता रहेछ पत्ताले । सगरमै उचालिएर आकास छोइरहेको गाउँ कसरी भए
होला पत्ताले रु एउटा जिज्ञासासँग अल्मलिए पनि सोझो जवाफले चङ्गिएको छ मन, हिमाल हेर्ने योभन्दा सुन्दर अर्को ठाउँ कहीँ छैन संसारमा । क्षितिजमा उस्तैउस्तै चुचुराहरू मुस्कुराइरहेथे मुखामुख गर्दै । म फसादमा परेथेँ, कुन चाहिँ हो त सगरमाथा ?
‘सिपाही जसरी बसेका दुइटा शिखरले घेरेको चाहिँ हुनुपर्छ सगरमाथाु, प्रमोदजी बोल्नुभएथ्यो ।
‘हो, त्यही कल्साउँदो शिखर हो सगरमाथाु,केरुङ गाउँका बलबहादुर विकको इशारा बुझिएथ्यो ।
‘एउटै चित्रमा अटाएजस्तो हिमाल, डाँडाकाँडा र गाउँघरको सुन्दर दृश्यु, भूषण खरेलको खुसीमिश्रित वाणी थियो ।

‘बादलको धर्सोले स्पर्श गरिरहेछ सगरमाथालाईु, दीर्घराज मैनाली सरको उत्साहित स्वर सुनिएथ्यो ।
‘प्रायः अलिकति बादल उठिहाल्छ सगरमाथामाथिु, प्रमोदजीको हिमालप्रेमी अनुभूति थियो त्यो ।
‘बादलले पुछपाछ पारेर त यति सुन्दर हुँदो हो सगरमाथाु, म पनि मिसिएथेँ सहयात्रीसँगको हिमाल सम्वादमा ।
‘हेर्नुस् त हिमालु, क्यामराको लेन्समै तानेर देखाउँदै हुनुहुन्थ्यो आयुषजी ।
आहा, आयुषको गोरो अनुहारमा हाँसेको हिमाल देखेर झन अचम्मित भएथेँ म । थाहा पाएथेँ, सबभन्दा सुन्दर हुँदोरहेछ( सगरमाथा सिउरेको शीर, हिमाल हाँसेको अनुहार र हिमाली स्वच्छता फक्रेको छाती ।
हो, चिनेँ मैले, हिमालराज सगरमाथालाई । अनि चिनेँ, त्यसलाई घेरिरहेका नुप्से, लोत्से, आमदब्लम, पुमोरी र मकालुलाई । आहा मैले पहिलोपटक राम्ररी चिन्न पाएँ संसारको अग्लो धुरी सगरमाथालाई । वर्षौँदेखि मनले खोजिरहेथेँ, आँखाले र हातले पनि छुन पाएँ सगरमाथालाई । मेरो प्रेमिल कामना बुझेरै सगरमाथाले पनि छोयो मलाई ।
थाहा पाएँ, सधैँ सुन्दर दृश्यमा टल्किँदोरहेछ सगरमाथा । सधैँ स्पष्ट आवाज बोल्दोरहेछ सगरमाथा । संसारको सबैभन्दा सुन्दर चित्र भएर उभिएको रहेछ सगरमाथा । सगरमाथासँग छ त केबल( सुन्दरता, स्वाभिमान र सर्वोच्चता ।
सगरमाथाको सामुन्ने पर्दा कठ्याङ्ग्रिएर धुलीसात हुँदो हो कुरुपता, स्वार्थ र कुटिलता पनि ।
सगरमाथाको देशको स्वाधिन नागरिक म, झन गर्वले ठडियो मेरो शीर । अक्षुण स्वतन्त्रताले फैलियो मेरो छाती । सर्वोच्च स्वाभिमानले टेकियो कसिलो पाइलो । खरेल, खत्री, मैनाली र ढुङ्गानाको अनुहारमा पनि देख्छु उस्तै प्रफुल्लता र उस्तै उत्साहको उज्यालो । सबैका क्यामरामा भरियो सगरमाथा । सबैका आँखाको नानीमा सजियो माउण्ट एभरेष्ट । सबैको मनको मझेरीमा अटायो झोमोलोङ्मा ।
अझै नपुगेर, हिमालयन भ्यू होटलमा बसेर बुङको आलु, टिम्मुरको चटनी र सुचिया खाँदै हेरिरह्यौँ हिमाली सौन्दर्य । पोलेको माटोको थुप्रोमा फल्दोरहेछ बुङको आलु ।
‘महिनाभरमा खाने आलु एकैदिनमा खाइयो त १ु २०७४ साल पुसको ६ गते अर्थात् अघाउञ्जरी हिमाल हेर्दाको दिन लेकाली भोजनप्रतिको सहयात्री सन्तुष्टि थियो त्यो । ‘सुगर लागेकाले पनि खान हुन्छ बुङको आलुु, हिमाल हेर्दै सुनेथेँ शेर्पिनी दिदीको सान्त्वना । छातीभरि उचालेर, मुटुभरि सजाएर र मनभरि अङ्गालेर हेरिरहेँ सगरमाथालाई । लेकाली जीवनमा घोलिएको त्यसको रूपले बनाइरहेथ्यो विछट्टै मुग्ध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *