मान्छेको टाउकामा जिउँदो साङ्लो

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 260 Views   ||

भारतीय शहर चेन्नइकी एउटी महिलाको टाउको भित्रबाट जिउँदो साङ्लो निकालिएको छ । डाक्टरहरूले टाउकोको शल्यक्रिया गरी साङ्लोलाई जिउँदै बाहिर निकालेका हुन् ।
चेन्नईस्थित स्टान्ली मेडिकल कलेज हस्पिटलको ईएनटी (नाक(कान(घाँटी) डिर्पामेन्टका चिकित्सकले ती महिलाको टाउकोबाट साङ्ला निकालेका हुन् । डिपार्टमेन्ट प्रमुख एमएन शंकरले भने, ‘म चिकित्सा क्षेत्रमा लागेको ३० वर्ष भयो । यस बीचमा पहिलो पटक यस्तो केस ह्यान्डल गर्नुप¥यो ।ु

ती महिला सुतिरहेको बेला उनको नाकबाट साङ्लोभित्र छिरेको थियो । डाक्टरका अनुसार यदि साङ्लो भित्र पुगेर मरेको भए महिलाको ज्यान नै तल माथि हुन सक्थ्यो, किनकि मरेको साङ्लोले महिलाको दिमागमा ‘इन्फेक्सनु गराउन सक्थ्यो । साङ्लो महिलाको नाक र मुखको बीचमा पुगेर बसेको थियो । ‘साङ्लोभित्र पसेर असहज भएपछि उनी अस्पताल आइन् । सही समयमै आएकाले साङ्लोलाई बाहिर निकाल्न सकियो,ु डिपार्टमेन्ट प्रमुख शंकरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *