योग किन गर्ने ?

  
  प्रकाशित मितिः बुधबार, असार १३, २०७५       | 184 Views   ||

पछिल्लो समय योग लोकप्रिय हुँदै गइरहेको छ । बिहान उठेर मर्निङवाक जाने, योग ध्यान गर्ने मानिसको संख्या बढ्दो छ । धेरैले योगलाई स्वस्थ जीवनको प्रमुख आधारका रूपमा स्विर्काछन् । पछिल्लो समय योगलाई विभिन्न रोगको उपचार माध्यम बनाउने गरिएको छ । विभिन्न अध्ययन अनुसन्धानले पनि योगलाई स्वस्थ जीवनको प्रमुख आधार मानेका छन ।
योगले आत्मपहिचान गराउँछ । नियमित योग गर्दा म को हुँ, मेरो जिम्मेवारी के हो भन्ने कुराको भावना जगाउँछ । जसले गर्दा सकारात्मक समाज र राष्टूको परिकल्पना गर्न प्रेरित गर्छ ।
योग भनेको प्राकृतिक जीवन जिउने अचुक माध्यम हो । प्राकृतिक भन्दा पनि कृत्रिम जीवनशैली तर्फ उन्मुख भइरहेको अवस्थामा योगका माध्यामले हामी प्राकृतिक जीवन शैलीमा फर्कन सक्छौँ । स्वस्थ जीवनशैलीका लागि पनि योग महत्वपूर्ण छ । नियमित योगले हाम्रो शरीरलाई पूर्ण स्वस्थ बनाउन सक्छौँ । योगलाई स्वस्थ जीवनको प्रमुख आधार मानिएकाले यो हाम्रो जीवनमा अत्यन्तै महत्वपूर्ण छ । पछिल्लो समय हाम्रै अव्यवस्थित जीवनशैली र खानपिनले मौलाउँदै गएको नसर्ने रोगहरूको नियन्त्रण र निराकरणमा योग महत्वपूर्ण छ ।
योगले स्वास्थ्य, शिक्षा, जीवनशैली, खानपिन सबैमा महत्वपूर्ण भूमिका खेल्छ । नियमित हुने योगले सकारात्मक सोच ल्याउँछ । योगले हाम्रो शरीरमा उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने हर्मोनलाई शिथिल बनाउने गर्छ । यस्तो अवस्थामा हाम्रो शरीरमा सकारात्मक सोच मात्र आउने गर्छ । त्यसैले हरेक उमेर समूहका मानिसका लागि योग अभ्यास अत्यन्तै उपयोगी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *