दाङवासीमा वर्षाको पीडा, अस्तव्यस्त सडक र पुल

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 206 Views   ||

 

पाण्डव शर्मा, घोराही÷   वर्षा शुरु भएसँगै दाङमा निर्माणाधीन पुल र सड्कका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । दाङका प्रमुख बजारहरु घोराही र तुलसीपुरमा सडक विस्तार अभियान शुरु भएको चार वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारणले निकै सास्ती व्यहोर्नुपरेको छ । सडकमा ठूला खाल्डा परेकाछन भने विजुलीका पोल तथा टेलिफोनका तारहरु अस्तव्यस्त अवस्थामा रहेकाछन् । ‘वर्षा शुरु भएसँगै हिलोले निकै दुःख दिएको छ,’ घोराही तुलसीपुर चोकमा पसल गर्दै आएका हेमलाल अधिकारहेको छ । अस्थायी प्रकृतिको डाइभर्सनले खोलामा गहिरो खाल्डो पारेको छ । सोमवार दिनभर जसो मुख्य खोलाहरुमा सवारी आवागमन रोकिएको थियो । सडक अवरुद्ध हुँदा विरामी बोकेका एम्वुलेन्सहरु समेत रोकिएका थिए ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रिप्रसाद शर्माले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेदा गरिएको वताए । ‘हामी सडक विस्तार तथा सबै खोलाहरुको पुल निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘अहिले ग्वारखोलाको पुल निर्माणमा भने राम्रो प्रगति भएको देखिन्छ ।’

टेलिफोन सेवा अवरुद्ध

घोराहीको कटुवा खोलामा रहेको अप्टिकल फाइवर काटिदा मंगलबार दाङ लगायत साविकको राप्ती अञ्चलका जिल्लाहरुमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
मंगलवारदेखि नेपाल टेलिकमका ल्याण्डलाईन, पोष्टपेड, प्रिपेड, ईस्काई सहित नीजि कम्पनीका फोन सेवा पनि अवरुद्ध भएको नेपाल टेलिकम घोराहीका प्रमुख सुनिलकुमार शर्माले जानकारी दिए । कटुवा खोलाको डाईभर्सन मर्मत गर्ने क्रममा डोजरले टेलिफोनका अप्टिकल तार चुडाएका कारण फोन सेवा अवरुद्ध भएको उनले जानकारी दिए ।
टेलिफोन सेवा अवरुद्ध हुँदा यसक्षेत्रका सर्वसाधारणले कष्ट व्यहोर्नु परको छ । सडक विभागको चरम लापरवाहीका कारण अप्टिकल फाइवर काटिएको स्थानीयहरुले वताएकाछन् ।

जोखिमका वस्तीलाई सुरक्षित ठाउँमा राख्न प्रजिअको निर्देशन

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले सबै स्थानीय तहहरुलाई बाढि प्रभावित क्षेत्रमा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तर गर्न स्थानीय तहलाई निर्देशन दिएकाछन् ।
प्रजिअ श्रेष्ठले प्रभावित क्षेत्रमा तयारी खानाको व्यवस्था गर्न आग्रह गरेकाछन् । प्रजिअले खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायलाई निर्देशन समेत दिएकाछन् । उनले रेडक्रस लगायत सबै संघ,संस्थालाई सर्तक अवस्थामा रहन आग्रह समेत गरेकाछन् । जिल्ला प्रशासन कार्यालयले नदी आसपास क्षेत्रमा बस्ने आम सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न अपिल गरेको छ ।
प्रजिअ श्रेष्ठले केही दिन यताको वर्षाले जिल्लाका ववई, राप्ती तथा अन्य सहायक नदीहरुमा पानीको वहाव बढिरहेको जानकारी दिए । ‘मौसम पूर्वानुमान महाशाखाका अनुसार अझैं केही दिन पानी पर्ने देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामी सबै सचेत हुन जरुरी छ ।’
उपमहानगरले प्रमुख खोलाहरुको दायाँबायाँ करिडोर सड्कको अवधारणा ल्याएको छ । ‘सडक सञ्जालको विकास बिना उप–महानगरको समुचित विकास हुन सक्दैन,’ मेयर नरुलाल चौधरीले भने, ‘आगामी आव लाख १३ हजार राजश्व बाँडफाँडमा २ करोड ८९ लाख ८५ हजार र शसर्त अनुदानमा १ करोड ३३ लाख रुपैयाँ आएको उपप्रमुख सिता सिग्देल, न्यौपानेले सभामा जानकारी दिइन् ।
त्यसैगरी उपमहानगरपालिकाको आन्तरिक राजश्वमा १९ करोड,लागत सहभागीता ५ करोडको अनुमान गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम,सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आयको अनुमान गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन ।

पहिरोमा परि रोल्पामा तीनको मृत्यु

अविरल बर्षाका कारण घर भत्किदा रोल्पामा एक शिसु सहित तीन जनाको मृत्यु भएको छ । पहिरोमा परि रुन्टीगढी गाउँपालिका वडा नं ५ सैवाङ गाउँमा १८ दिनकी सुत्केरी आमा छोरीसहित अर्की एकजना किशोरीको मृत्यु भएको होलेरीबाट पत्रकार सन्तोष शर्माले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फूँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११  बजेतिर घर भत्किएको थियो । घर भत्किदा २२ बर्षीया  आमा कमला विक, उनकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो । आयूसा र चित्राको घटनास्थलमै मृत्यु भएको र  १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो  । सुत्केरी आमा छोरी भान्सा घरमा  आगो तापेर बसेको सयमा ढुङ्गाको गारा युक्त घर  भत्कादा उनीहरुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *