जबसम्म संसारमा न्याय र समानता व्यवहारमा स्थापित हुँदैन तबसम्म मुलुक भित्र र बाहिर अन्याय, हेपाहापन कायमै रहन्छ । मुलुक भित्र बलियाले निर्धा माथि प्रभुत्व जमाउन खोजेझैं अन्र्तराष्टिूय सम्बन्धमा पनि बलिया, शक्ति सम्पन्न मुलुकहरुले साना र कमजोर मुलुक माथि आफ्नो प्रभुत्व लाद्ने प्रयास गर्दछन् । हुन त संसारका धेरै मुलुकका संविधानहरुमा जनताको कुनै पनि वर्ग, समूदाय माथि अर्को कुनैपनि वर्ग वा समुदायको प्रभुत्वलाई संवैधानिक रुपमा अस्विकार गरिएको छ । तर, पनि अधिकांश मुलुकमा हुने र नहुने बीच, गरिव र धनी बीच, शोषक र शोषित बीच प्रभुत्व, शोषण र उत्पीडन जारी छ । भिन्ना, भिन्नै मुलुकका आन्तरिक परिदृष्यमा देखिने यी प्रवृति मुलुक, मुलुक बीच अर्थात अन्र्तराष्टिूयसम्बन्धहरु पनि टड्कारो रुपमा देख्न सकिन्छ ।
संयुक्त राष्टूसंघको वडापत्र लगायत प्रायः सबैजसो अन्र्तराष्टिूय सम्बन्धका दस्तावेजहरु त्यहाँ उल्लेखित मान्यतामा मुलुक सानो भएपनि ठूलो भएपनि, गरिव भएपनि धनी भएपनि, वलियो भएपनि कमजोर भएपनि सबै उत्तिकै समान र सार्वभौम सम्पन्न छन् भनिएको छ । तर,अन्र्तराष्टिूय सम्बन्धमा पनि सिद्धान्त र व्यवहार बीच डरलाग्दो खाडल छ । शक्ति सम्पन्न मुलुकहरुले कमजोर मुलुकको सार्वभौम सत्ता माथि परोक्ष, प्रत्यक्ष कब्जा जमाउने, उनीहरुका आन्तरिक र बाहिरी नीतिहरुमा हस्तक्षेप गर्ने, सधै ती मुलुक गरिव र कमजोर हुन भन्ने चाहना राख्ने र सोहि अनुसार व्यवहार गर्ने आम प्रवृत्ति देखिन्छ । खासगरी प्रभुत्ववादी, विस्तारवादी एवं साम्राज्यवादी मुलुकहरुले सधैं साना, कमजोर उनीहरुसँग पृथक दृष्टिकोण राख्ने मुलकहरु माथि थिचोमिचो, अनुचित दवाव र प्रभुत्व स्थापना गर्ने क्रियाकलाप गरिरहेका हुन्छन् । संयुक्त राष्टूसंघको वडापत्र, अन्र्तराष्टिूय सम्बन्धका सबै मान्यता, अन्र्तराष्टिूय सन्धि, सम्झांैता लगायतका दस्तावेजहरुको घोर अवहेलना गरि हुने त्यस्ता कृयाकलापले साना राष्टूलाई झुकाउने, तिनको प्राकृतिक स्रोत, साधनको दोहन गर्ने, आत्मनिर्णयको अधिकारबाट वञ्चित गर्ने वा सिमित गर्ने कार्य गर्दै आएको छ । हाम्रो भोगाइलाई उदाहरण दिने हो भने भारत नेपाललाई त्यस्तै व्यवहार गरिरहेकोछ । त्यस्तै व्यवहार अन्य प्रभुत्ववादी र साम्राज्यवादी शक्तिहरुले विशेष गरेर एसिया, अफ्रिका र लेटिन अमेरिकाका साना र कमजोर मुलुकहरु माथि गरिरहेकाछन् ।
उत्तर कोरिया
प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले झण्डै एक शताव्दी भन्दा बढि देखि त्यस्तै वैदेशिक हस्तक्षेप र थिचोमिचोको शिकार भएको छ । इतिहासका विभिन्न कालखण्डमा विभिन्न औपनिवेशिक शोषण र उत्पीदनको शिकार भएको कोरिया यसै क्रममै साम्राज्यवादीको षड्यन्त्रको पीडा भोगेर उत्तर र दक्षिण कोरिया दुई मुलुकका रुपमा विभाजनको शिकारसम्म भए । दुई कोरिया मध्ये उत्तरले आफ्नै सामाजिक, आर्थिक नीति र व्यवस्था अगिंकार ग¥यो । संयुक्त राष्टूसंघको सदस्य समेत रहेको सार्वभांैम मुलुकका हैसियतले उत्तर कोरियाली अर्थात प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई आफ्नो आन्तरिक र वाह्य नीति निर्धारण गर्ने आफ्नो भाग्य र भविष्य बारे आत्मनिर्णय गर्ने अधिकार लियो । यहि सार्वभांैम अधिकारको प्रयोग गरी उत्तर कोरियाले साम्यवादी नीति अख्तियार ग¥यो । उसले सबैखाले बाहिरी शोषण उत्पीडनको विरोध गरी आफ्नो मुलुकको सर्वोच्च हित हुनेगरी अन्र्तराष्टिूय सम्बन्ध स्थापित ग¥यो । यसले विश्व साम्राज्यवादी अमेरिकी साम्राज्यवादको स्वार्थ माथि अधिक रुपमा धक्का पुग्न गयो । फलस्वरुप उसले उत्तर कोरियाको आर्थिक प्रगति रोक्ने, उसको अन्र्तराष्टिूय सम्बन्धलाई कमजोर पार्ने देखि त्यहाँका नेताहरुलाई षड्यन्त्रपूर्वक हत्या गर्ने सम्मका योजना बनाउने काम गर्न थाल्यो । जसले त्यस मुलुकको विकास र समृद्धिलाई समेत अवरोध सृजना ग¥यो ।
टूम्पको आगमनपछि
साम्राज्यवादी मुलुक अमेरिकाको सत्तामा को व्यक्ति पुग्छ त्यसले अमेरिकाको अन्र्तराष्टिूय नीतिमा खासै फरक पार्दैन् । किनकी ह्वाइटहाउसमा जो पुगे पनि अन्तः लागू गर्ने भनेकै साम्राज्यवादी र प्रभुत्वादी नीति हो । वैकल्पिक विचार र प्रवृत्तिलाई विश्वव्यापी रुपमा दमन गर्ने नीति नै हो । यसै क्रममा अमेरिकामा शासनसत्ता जसको हातमा भएपनि उत्तर कोरियालाई धम्काउने, थर्काउने नीतिले निरन्तरता पाउँदैं आएको छ । तर, अहिलेका अमेरिकी राष्टूपति टूम्पको आगमनको लगत्तै उत्तरकोरिया माथि शत्रुतापूर्ण व्यवहार झन बढेर गयो । अमर्यादित र गैर कुटनीतिक गालीगलोज देखि उत्तर कोरिया माथी थप प्रतिबन्ध लगाउदैं उत्तर कोरियालाई झुकाउन उनले कठोर राजनीति अख्तियार गरे ।
इट्टाको जवाफ पत्थरबाट
तर, अनेक कठिनाईहरु भोग्दा भोग्दै पनि साम्राज्यवादीसँग आत्मसर्मपण नगरेको उत्तर कोरियाले अमेरिकी शासकसँग झुक्ने होइन बरु इट्टाको जवाफ पत्थर (ढुंगा) बाट दिने नीति ल्यायो । उसले साम्राज्यवादी अमेरिकालाई वचन र कर्म दुबैले जस्तालाई तस्तैंको नीति अख्तियार ग¥यो । यसका लागि उसले आफनो आन्तरिक क्षमतामा ठूलो वृद्धि गरी शक्तिशाली आणविक बमको सफल परिक्षण ग¥यो । यसका साथै उसले आफ्ना मिसाइलहरुको आधुनिकीकरण गर्ने नीति अख्तियार ग¥यो । फलस्वरुप उसले अमेरिकासम्म हान्ने अन्तर महादेशीय क्षेप्यास्त्रको परिक्षण गर्न सफल भयो ।
सफल राजनीति
यदि उत्तर कोरियाले अमेरिकी धम्कीको अगाडी झुकेको भए उसको अस्तित्वनै संकटमा पर्ने थियो । तर, यसको बदलामा आफूले शक्तिआर्जन गर्ने र शत्रुसँगको बार्गेनिङ पावर बढाउने सफल रणनीति लियो । आणविक बमको परिक्षणबाट अत्तालिएको अमेरिका र उत्तर कोरियाले अमेरिकी भूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहार गर्ने क्षमता हासिल गरे पछि झन अत्तालियो । फलस्वरुप उत्तर कोरियालाई सार्वभौम मुलुक नै नमान्ने त्यहाँको सरकारलाई ‘शैतान’ को संज्ञा दिने र बल प्रयोग गरेर ध्वस्त पारिदिनेसम्मको धम्की दिने अमेरिका समानस्तरमा उत्तर कोरियासँग वार्ता गर्न उत्सुक भयो । अन्ततः उत्तर कोरियाली राष्टूपति किम र अमेरिकी राष्टूपति टूम्प बीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता हुन सम्भव भयो । जुन उत्तर कोरियाको ठूलो सफलताको रुपमा विश्वव्यापी रुपमा स्विकार गरिएको छ ।
विश्वलाई पाठ
उत्तर कोरियाले अमेरिकासँग अख्तियार गरेको रणनीति विश्वका कमजोर तर, साम्राज्यवादी एवं प्रभुत्ववादीसँग झुक्न इन्कार गर्ने मुलुकहरुका लागि महत्वपूर्ण पाठ हो । साम्राज्यवाद, प्रभुत्ववाद एवं सबैखाले नव उपनिवेशवादसँग याचना गरेर होइन आफ्नो मोलतोल गर्ने शक्ति बढाएर मात्र सम्भव छ भन्ने कुरा उत्तर कोरियाले आणविक वम र अमेरिकासम्म प्रहार गर्ने क्षेप्यास्त्र परिक्षणपछि प्राप्त शक्तिले देखाएको छ । यो समसामयिक विश्वका लागि गतिलो शिक्षा हो ।