नीतिगत रुपमै शिक्षाको सुधारमा ध्यान देऊ

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 159 Views   ||

यो बर्षको एसईईमा विद्यार्थीले प्राप्त गरेको ग्रेड सन्तोषजनक देखिदैन् । शिक्षा नीतिमा अभैm सुधार आउँन नसक्दा लगानीले पनि त्यति आशातित उपलब्धि हासिल गर्न सकेको छैन । जुन कुरा राज्य, विद्यालय र अभिभावक सबैका लागि गम्भिर हो । यस बर्षको नतिजालाई हेर्ने हो भने झन्डै एक लाख विद्यार्थी माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने देखिन्छ । सोचेको जस्तो ग्रेड नल्याउँदा विद्यार्थीले चाहेको विषय रोज्न पाउँदैनन् । कुनै एक विषयमा कम अंक पाउँदा ग्रेडिङ घटेकै कारण रुचिको विषय अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था कति ठिक ? ग्रेडिङ प्रणालीमा गइसकेपछि शैक्षिक गुणस्तर बढ्ने अपेक्षा राखिएको थियो तर सोचे जस्तो परिणाम देखिएन् ।
कुरा शिक्षा गुणस्तरको मात्र होइन परीक्षाफल प्रकाशित गर्दा देखिएको त्रुटिले पनि यस बारेको संवेदनसिलतालाई झल्काउँछ  । विद्यार्थीको भविष्य माथि खेलवाड गदैं परीक्षा फलमा अंकनै छुट्टाउनुले नतिजाको विश्वसनीयता माथिनै प्रश्न उठेको छ । यसरी प्राविधिक त्रुटि हुनुमा परीक्षा नियन्त्रण कार्यालयको कमजोरीनै प्रमुख कारण मानिन्छ । त्यस्तै गे्रडिङको कुरा गर्ने हो भने कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसईईमा डी प्सल ल्याउनेले पनि भर्ना हुन पाउने भएपछि विद्यार्थीको गुणस्तर खस्किन पुगेको छ । नयाँ मुल्यांकन पद्धतिले शिक्षामा समग्र परिवर्तन खोजेको थियो । यसको सुधार र गतिलो नतिजाको जुन आशा राखिएको थियो त्यो देखिएन् । एसईईको नतिजाले नयाँ प्रणालीको मर्मलाई आत्मसात गर्न सकेन् । नतिजा खस्किनुमा शिक्षा नीतिमा स्थिरता नहुनु, प्रभावकारी अनुमगन संयन्त्र नहुनु, नयाँ प्रणालीलाई बुझ्न र बुझाउनु नसक्नु, गे्रडिङ प्रणालीको उद्देश्य अनुसार अध्ययन, अध्यापनको वातावरण निर्माण हुन नसक्नु जस्ता कारण प्रमुख हुन् । शिक्षामा राज्यले गरेको लगानीका हिसाबले प्रतिफल खस्कदो छ । यसको नीति र प्रणालीगत सुधारका लागि सिङ्गो राज्यको ध्यान पुग्न जरुरी छ ।
ग्रामीण विद्यालयहरूमा रहेका बहुसंख्यक शिक्षकहरूमा तालिम र आवश्यक सीपको अभाव रहेको देखिन्छ । पर्याप्त तालिम प्राप्त शिक्षकहरु नहुँदा पनि शिक्षण सिकाई विधि कमजोर र गुणस्तरहिन बन्न गएको छ । शिक्षाको गुणस्तर बढाउन शिक्षक तालिममा लगानी बढाउन पनि आवश्यक छ । अहिले माध्यामिक तहसम्मको शिक्षा स्थानीय तह मातहतमा आएको छ । विभिन्न जातजाति, धर्म,वर्ग र आर्थिक अवस्था कमजोर भएको समुदायका वालवच्चा अथवा छोराछोरीलाई शिक्षामा पहँुच पु¥याउने कुरालाई नै पहिलो प्राथमिकतामा राख्न जरुरी छ । त्यस्तै नैतिक आचरणको शिक्षामा जोड् दिएर यसको नीतिगत र पद्धतिगत सुधारमा राज्यको सम्पूर्ण शतिm र सामथ्र्य लगाउन आवश्यक छ । किनकि सही शिक्षा विना देशको भविष्य उज्यालो बन्न सक्दैन् ।
नेपालको शिक्षाप्रणाली मुलतः वेरोजगारहरु उत्पादन गर्ने खालको छ । हामीले विद्यार्थीलाई डिग्रीको सर्टिफिकेट दिएर मात्रै हुदैन । अब एउटा विद्यार्थी उच्च शिक्षा हासिल गर्दा सम्म जिन्दगी जिउने कला सिकिसकेको हुनुपर्छ । विद्यार्थीलाई हामीले परनिर्भर मुखी र जागिरे मानसिकता राखेर पढाईरहेका छौं । यसले मुलुकको समग्र शिक्षा सुधार हुनै सक्दैन । शिक्षा मुलुक समृद्धिको प्रमुख आधार हो । शिक्षा नीति नै सुधार हुन सकेन भने मुलुकको राजनीति, अर्थनीति र समाज सहि ढंगले अगाडी बढ्न सक्दैन । अहिलेको युग प्रविधिको हो । प्राविधिक शिक्षा विनाको शिक्षाले कुनै हालतमा सहि ठाउँमा पु¥याउदैन । यसका लागि साना साना सुधारले पुग्दैन । अब सरकारले नीतिगत रुपमै शिक्षाको आमुल परिवर्तन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *