जमराको जुस,उत्तम प्राकृतिक उपचार

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 532 Views   ||

घोराही÷दाङको घोराहीमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौंको जोरपाटी माकलवारीस्थित सिता अर्गानिक एग्रो प्रालीले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो ।

अहिले जमराको जुस खान आउनेको संख्या प्रतिदिन बढिरहेको प्रा.ली.दाङ शाखा प्रमुख वालिका लामिछानेले बताइन् । उहाँका अनुसार अहिले दैनिक करिव ३० गिलास जुस बिक्री भइरहेको छ । ‘हामीले दाङमा उत्पादन गरेर बिक्री शुरु गरेको एक महिना पनि भएको छैन तर दिन प्रतिदिन यसको माग धेरै नै बढेको छ,’ लामिछानेले भनिन् ।
प्रति गिलास एक सय २५ रुपैयाँमा जुस बिक्री भइरहेको उनको भनाई छ । यो जुसबाट क्यान्सरका बिरामीलाई समेत फाइदा गर्ने उनले बताइन् । ‘क्यान्सरको उपचार अहिले संसारमै सम्भव छैन तर यसको न्यूनीकरण गर्न सकिन्छ, यसका लागि अर्गानिक जमराको जुसले निकै फाइदा गर्छ,’ लामिछानेले भनिन् । त्यसैगरी मुटु,प्रेसर, सुगर, थाइराइड, अल्सर,ग्याष्टिूक लगायतका विरामीलाई पनि फाइदा गर्ने उनले जानकारी दिइन् ।

बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक उर्जा प्रदान गर्नुृका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिन्छ । जमराको जुस बनाउनका लागि उच्च पहाडको जंगलबाट कहिले पनि रासायनिक मल प्रयोग नगरिएको माटो र गाईको गोवर ल्याइएको छ । त्यसमा गाईको पिसाव मिसाएर प्रशोधन गरिन्छ र उक्त माटोमा गहुँ र जहुँको जमरा राख्ने गरिन्छ ।
सामान्यतया जमरा राखेको ९ दिनमा जुस बनाउन लायक हुन्छ तर अहिले गर्मी मौसम भएकाले सात दिनमैं जमरा जुस बनाउन लायक हुने लामिछाने बताउछिन्  । जथाभावी रासायनीक मल प्रयोग गरेर जमरा उत्पादन गरेर जुस बनाएमा यसले खासै फाइदा नदिने लामिछानेको भनाई छ । ‘रासायनिक मलको प्रयोग गरेर उमारिएको जमराको जुस खानु भनेको सामान्य सागपात खाए जस्तै हो,त्यसले अन्य काम गर्दैन,’लामिछानेले भनिन् ।

अहिले बजारमा जमराको जुस भनेर विधि नपु¥याइएको जुस सस्तो मुल्यमा बिक्री हुँदै आएकोले त्यस्तो जुसले फाइदा नगर्ने हुँदा प्रयोग नगर्न लामिछानेले सुझाव दिएकीछिन् । यस प्रकारको जुसमा १७ प्रकारको एमिनो एसिडका साथै एकसय ५० प्रकारको इन्जाइम प्राप्त हुने उनले जानकारी दिइन् । लामिछानेका अनुसार यो जुसबाट १४ किसिमको भिटामिन पाइन्छ । “हाम्रो शरिरमा पाइने रगतको ४० प्रतिशत तत्व यो जुसमा हुन्छ, यसलाई विभिन्न प्रकारका रोगी र निरोगीले पनि खान सकिन्छ” लामिछानेले भनिन् ।
उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेहरुको घुईचो लाग्न थालेको छ तर जमरा उत्पादनका लागि आवश्यक तापक्रम मिलाउन नसक्दा उत्पादन कम भइरहेको लामिछानेले बताइन् । जुस पिउनका लागि आउने ग्राहकहरुलाई एकसाता पर्खनुपर्ने बाध्यता रहेको लामिछानेको भनाई छ । धेरै उत्पादन गरेर जुस विक्री नभएमा जमरा खेर जाने भएकाले अर्डर आएमा मात्रै उत्पादन गर्ने लामिछानेले बताइन् ।

थाईराइडका विरामीले नियमित रुपमा जमराको जुस पिउदा कम हुने र औषधी प्रयोग गर्नु नपर्ने लामिछानेको दावी छ । प्रालिको शाखा भएकाले काठमाण्डौं र दाङको मुल्यमा एक रुपता राखेको उनले वताइन् । उनी कहाँ जुस पिउन आउनेहरु सबै विरामी भने होइनन् । विरामी भएकाहरु जो नियमित औषधी सेवन गरिरहेकाछन, उनीहरुले भने फाइदा गरेको प्रतिकृया दिएकाछन् । विरामी नभएकाहरुले जमराको जुस पिउँदा शरीर फूतिलो हुने गरेको बताउँछन् ।

के पाइन्छ गहुँको जमरामा ?
जमरा राम्रो आहार पनि हो । खास गरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषकतत्व पाइन्छ, जस मध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन,फाइबर, क्याल्सियम र कार्बोहाइडेट्को राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धी समस्या हटाउन,रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचनयन्त्र बलियो बनाउन,कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?
१. आठदेखि दशवटा गहुँको जमरा जरामैं काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्ने र रस गिलासमा राख्ने ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस र त्यसपछि जुस पिउनुहोस् ।

कति पिउने ?

१ यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीस देखि पचास एम.एल. जुस पिउनुहोस, दिनमा दुई पटकसम्म ।
२ शुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
३ एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।
४ कसरी उमार्ने गहुँको जमरा ?

अर्गानिक वीजको प्रयोग गर्नुपर्छ ।

५ सबैभन्दा पहिला गहुँको वीजलाई एक भाँडामा आठदेखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
६ अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यतिनै वीज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
७ अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।
८ एक हप्तासम्म एक÷एक वटा गमलामा यसरीनै वीज रोप्नुहोस् ।
९ सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।
१० खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुनः वीज रोप्नुहोस् ।
११ गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
१२ गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *