एसईईको नतिजालाई कसरी हेर्नु भएको छ ?

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 228 Views   ||

नेपालको शिक्षा प्रणाली उल्टो छ
शोभाकान्त अधिकारी, प्रिन्सिपल दीपशिखा उमावि घोराही

यस बर्षको एसईईको नतिजा समग्रमा कमजोर देखिएको छ । नतिजानै दुईपटक प्रकाशित भयो । परिक्षाफल प्रकाशित गर्दा निकै लापरवाही भएको देखिन्छ । पहिले प्रकासित नतिजामा प्रयोगात्मक नतिजानै जोडिएको रहेन छ । पहिले एसएलसीलाई आइरन गेटको रुपमा बुझ्ने गरिन्थ्यो । पहिले विद्यार्थीहरु फिल्टर भएर मात्रै उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउँथे । फिल्टर भएर मात्रै उच्च शिक्षा पढ्न पाउने बाध्यताले विद्यार्थीहरुले धेरै मेहनत पनि गर्थे । अहिले ग्रेडिङको आधारमा विद्यार्थीको मूल्यांकन गरिन्छ । यसबारेमा विद्यार्थी तथा अभिभावकहरु अहिले पनि अन्योलमै रहेको देखिन्छ । आम जनतालाई यो विषयमा प्रष्ट पार्नुपथ्र्याे । पास हुने नाममा सबै पास हुने होइन । राम्रो ग्रेड नल्याउने विद्यार्थीले सबै विषय पढ्न पाउँदैनन् । त्यसैले हामीले ग्रेडिङ सिष्टमको बारेमा आम विद्यार्थीलाई जानकारी दिन जरुरी छ । नेपालको शिक्षा प्रणालीनै उल्टो छ । यहाँ राम्रो नतिजा ल्याउने विद्यार्थी उच्च शिक्षा हासिल गर्दा प्राविधिक तथा सिप मुलुक बिषय पढ्छन् । जो कमजोर छ । उसले शिक्षा संकाय पढेर उच्चतहमा जान खोज्छ । कमजोर विद्यार्थीहरुकै बीचबाट शिक्षा संकायमा उच्च शिक्षा हासिल हुन्छ । त्यस्ता विद्यार्थीले फेरी समग्र शिक्षाको नेतृत्व गर्नुपर्छ । बरु कमजोर विद्यार्थीलाई प्राविधिक क्षेत्रमा लगाएर राम्रो विद्यार्थीलाई शिक्षा संकायतर्फ उच्च शिक्षा पढ्ने वातावरण तयार हुनुपथ्यो । कमजोर शिक्षा हुँदा हाम्रो मुलुकको शैक्षिक धरातल झन कमजोर बन्छ । यसले भविष्यमा हाम्रो शिक्षामा सुधार ल्याउन सक्दैन् । अब सरकारले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई शिक्षा संकायबाट माथिल्लो तहसम्म अध्ययन गर्ने वातावरण तयार गर्नुपर्छ । विद्यालय तहदेखिनै विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसारको विषयगत शिक्षा प्रदान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *