माछाको बर्षा !

  
  प्रकाशित मितिः बुधबार, असार २०, २०७५       | 178 Views   ||


संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन । यस्ता घटनाले मान्छेलाई अचम्मित तुल्याउँछ भने वैज्ञानिकलाई सोच्न बाध्य पार्छ ।

अमेरिका,जापान, भारत आदि देशमा बेला(बेला माछाको वर्षा हुने गर्छ । केही ठाउँमा त गोहीको समेत बर्षा हुने गर्छ । यस बिषयलाई लिएर स्थानीय मानिसमा भ्रम र भय रहेको छ । केही समयअघि थाइल्यान्ड र सन् २०१५ मा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा भएको थियो । यो कुनै चमत्कार, प्रलयको संकेत या विज्ञानले हल गर्न नसकेको बिषय भने होइन । वैज्ञानिकहरूले यस माथि विस्तृत अध्ययन गरेका छन् ।
यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ । जब आँधी समुद्र हुँदै गुज्रिन्छ, त्यो पानी भिषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा,भ्यागुता, कछुवा र गोहीसम्म लिएर जाने गर्छ ।

यी जीव आँधीसँग उडिरहेका हुन्छन् । तिनीहरू तबसम्म आकाशमा रहन्छन,जबसम्म हावाको गति कम हुँदैन् । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ, त्यस क्षेत्रमा यी जीव वर्षाको पानीसँग खस्न थाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *